ह्याप्पी होली

Author : प्रेम ओली
Published on : March 27, 2016


  
प्रेम ओली

भाङको लड्डु भाङकै गोली

बेलुन हैन सिलेन्डरले हान

हे पि एम ओली

सिलेन्डरले हानेन भने पनि बुरा नमान

ह्याप्पी होली,

 

बत्ती छैन सोलार छैन

जेनेटर चलाऊ भने पेट्रोल छैन

संबिधान भन्दा त

हाइड्रो पावर पो चाहिएको छ

बिदेसीसँग लत्ता कपडा मागेकै छौ

धन पैसो पनि मागेकै हो  

अब बत्ती पनि मागौ न पिएम  ओली 

दिएनन भने पनि बुरा नमान

ह्याप्पी होली,

 

मोदिबाबालाई भेट्न् गाकै हो

ठुलै जम्बो टोली

खै के के दिए मोदी बाबाले

देखाउदैनन झोली

फेरी निजी बिमान चढेर उत्तर

गयो जम्बो टोली

यसपाली पेट्रोलको ट्यान्कर नै चढेर

आउछन कि ओली

आएनन भने पनि बुरा नमान

ह्याप्पी होली,

 

चाइनाले स्वागत गर्छ की

झ्याल ढोकै खोली

त्यहा पनि केपी दाइले  

चलाऊछन कि

उखानको पिचकारी टुक्काको गोली

आउँदा

रेलै चढी पो आउछन कि ओली

आएनन भने पनि बुरा नमान

ह्याप्पी होली ,

  

गगन र सिटौला सिलौटा भए

बिचरा रामचन्द्र पनि लिखौटा भए

खड्का साथ पाए पछी

भाग्गी मानि त रहेछन  देउबा

कहिले प्रचन्डलाई

कहिले ओलीलाई भन्दैछन

अब प्रधानमन्त्री मलाइ देऊ बा

तर सरकार छोड्ने वाला छैनन ओली

छोडेनछन भने पनि बुरा नमान

ह्याप्पी होली , 

 

अरुमा हुन नसके देशलाइ

माग्नेमा एक नम्बर पार्नु पर्छ

के के छ माथि नेपाल

अब सब तलतल झार्नु पर्छ

देने दाताहरु छदैछन दिल खोली 

हामीले त मजाले मनाउने होली

दिएनन भने पनि बुरा नमान

ह्याप्पी होली ।