स्वतन्त्रताको पराकाष्ठ

Author : नरेश ठूले
Published on : June 08, 2016


  
नरेश ठूले
  

के थियो हाम्रो घरमा ?


मेरो बाबुले स्वतन्त्रताको घेरालाई तन्काएर


धेरैधेरै परसम्म पुर्याउनु भो


कुरिति र  कुसंस्कारलाई


कुनाकानी र खोपाबाट निकालेर मिल्काई दिनु भो


लैङगिक अधिकारको खिल काडालाई निकालेर फलिदिनु भो


त्यसैले नै हो


कलोरानी बगे, मेसेल्मी बगे, थानि बगे, कातज्ञामी बगे, दसज्ञामी बगे


यि हाम्रा पितृ अग्रज पूर्खाको रूपमा दराईएका छन स्त्रीहरू,


 


के थिएन हाम्रो घरमा ?


पुरूष प्रधानता थिएन


आमाले बाद्यतावस बाबुलाई खाना कुर्नु पर्ने थिएन


आमाले हरेक निर्णय बाबुलाई सोधेर गर्नु परेको थिएन


छोरा र छोरीमा बिभेद थिएन


छोरी र बुहारीमा बिभेद थिएन


छोरी र ज्वाईमा बिभेद थिएन


साँच्चै भन्ने हो भने स्वतन्त्र स्वर्ग थियो मेरो घर,


 


तर त्यही स्वतन्त्रतामा जन्मेर


त्यही स्वतन्त्रतामा हुर्केर


त्यही स्वतन्त्रताबाट शिक्षा ज्ञान आर्जन गरेर


ठूली भई मेरि चेली


सामार्थ्यवान बनि मेरी चेली


तर, अनायस आँखामा पट्टी बाँधेर


आफ्नै कुललाई सराप्दै


हाम फालिन निरङकुस्ताको झोर जंगलमा


र हराईन कतै नेपथ्यमा,


 


सुन्दैछु आजकाल


उनि- त्यही स्वतन्त्रताको खोजिमा भौतारिएकि छिन रे


र नारि मुक्तिको ठूल्ठूलो स्वर उराल्छिन रे


कठै बरा मन अमिलो हुन्छ कताकता ।