म एउटा कलम हुँ

Author : टेकबहादुर सुनुवार (जोहन)
Published on : September 17, 2016


  
टेकबहादुर सुनुवार (जोहन)

म एउटा सन्दर्भ हुँ

मलाई पटकपटक फेर्न सक्छौ

म एउटा माध्यम हुँ

मलाई पटकपटक फेर्न सक्छौ

म एउटा दृश्य हुँ

मलाई पहिरेर दूरदुर हेर्न सक्छौ

म एउटा खुसी हुँ

मलाई सम्झी सम्झी हाँस्न सक्छौ

 

म एउटा छहारी हुँ

म सँग थकित मन बिसाउन सक्छौ

म एउटा बसन्त ऋतु  हुँ

मलाई पखेरा बनाएर नियाल्न सक्छौ

म एउटा अदृश्य तस्बिर हुँ

मलाई तिम्रो दिलमा न्यानोसँग सजाउन सक्छौ

म एउटा यात्री हुँ

मसँग जुनिजुनि सगै गन्तव्यको यात्रा गर्न सक्छौं

म तिम्रो निम्ति बाटो हुँ

डोर्‍याउन नछोड तिम्रो भाबी सन्ततीलाई,

 

म तिम्रो पहिचान हुँ

मलाई खुल्ला मन्चमा प्रदर्शनी गर्न सक्छौ

म एउटा पुर्खाको इतिहास हुँ

मलाई तिम्रो मनको किताबमा कोर्न सक्छौ

म एउटा आकाशको तारा हुँ

तिमी यो दुनियाँ सारा संसार हेर्न सक्छौ

म उच्च सँगरमाथा हुँ

मलाई तिम्रो शिर सम्झेर सिर्जना सक्छौ

म तिम्रो भूमि हुँ

तिमी म माथी पाइला राख्न सक्छौ,

 

म एउटा तिम्रो बिश्वास हुँ

तिमि आफुलाई अपहेलनाबाट बचाउन सक्छौ

म एउटा सच्चा कलम हुँ

म द्वारा तिम्रो पहिचानको महान-महान कुरा लेख्न सक्छौ

म एउटा पद्धति हुँ

मलाई निमयको बुदा-बुदामा समेट्ना सक्छौ

म एउटा सहास हुँ

मेरो पङ्तिमा रहेर हिम्मत गर्न सक्छौ

 

प्रीति ४ रामेछाप, हाल मलेशिया