प्रकृति हो नारी

Author : भावना परिष्कृत सुनुवार
Published on : March 26, 2017


  
भावना परिष्कृत सुनुवार

वृक्ष जस्तै छ नारी

गालामा स्याउ फल्छ ओठमा सुन्तला

शिरबाट खस्छ झरना आँखामा शान्ता ताल

मुस्कानमा कोपिला फक्रिन्छ तनमा बशन्त हरियाली

प्रकृति रुप हो नारी, वृक्ष जस्तै छ नारी

वृक्ष हो नारी  फुल्दै र फल्दै सौन्दर्य छर्छ, स्वाद दिन्छ

जलको थोपा हो उसको आँसु र पसिना

प्यास मेट्छ जीवात्मालाई जीवन दिन्छ

सुर्यको आभा हो उसको खुशी र ममता

अम्मर र धराबिच इन्द्रधनुष खिच्छ

बक्षस्थलमा अमृत कुण्ड छ जीवन दायिनी हो नारी

प्रकृति रुप हो नारी, वृक्ष जस्तै छ नारी वृक्ष हो नारी

अटल पर्वत हो नारी धर्यता र सहनशिलाताले बनेको

भारि भन्दा भारि बोझहरु बोक्न सक्ने

अतुलनीय शक्तिको महा स्रोत हो, जगलाई चकित तुलाउने

महा सागर हो नारी आंधी र हुण्डरिमा पनि सन्तुलित रहने

प्रकृतिको उत्कृष्ट रचना हो नारी, खडेरीमा पनि साहसले फुल्न सक्ने

सम्मान र समर्थनमा हरित पृथ्वी जस्तै, आनन्द प्रदायक प्रकृति हो नारी

अपमान र अधिक हस्तक्षेपमा, महाप्रलय विद्रोहको रौद्र रुप पनि हो नारी

प्रकृति हो नारी, वृक्ष जस्तै छ नारी वृक्ष हो नारी