Hot News
चिकित्सा शिक्षा अध्यादेश पारित ; ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज
Home > News > Articles

बहादुरी ब्वाईफ्रेन्ड सङ्ग बिहे गर्ने बाचा

Thursday, 08.10.2017, 07:00pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई


आजकलको जमानामा सच्चा प्रेम गर्नेहरु कमै पाईन्छन।आज ब्याईफ्रेन्ड गर्लफ्रेन्ड भै सङ्गै नारिएर हिडेको जोडि भोलि अर्कै सङ्ग मस्ती गरिरहेको भेटिन्छन।कि त ब्रेक अप भएर बिरही बनिरहेको हुन्छ्न। कोहि भने आँखा र मनको लोभी भए पछि जनम जनम साथ रहने कसम खाएर पनि अर्कै सङ्ग सल्किए थालेपछि क्षणभर मै सम्बन्ध छुट्दछन। अझ हङकङमा रहेका महिलाहरु त केही हेन्सी र पैसावाला देख्न बित्तिकै हुदाछदाको ब्वाईफ्रेन्ड छोडेर अर्कै सङ्ग हाम फाल्छन भने केटाहरु चाहिँ राम्री केटि देख्न बित्तिकै आफ्ना गर्ल फ्रेन्डलाई बिर्सन्छन।


तर मुख्यभुमि चीनका एक जोडि प्रेमीले भने आफ्नो प्रेमिकालाई फिल्मी शैलीमा ज्यान बचाएर केटिको दिल जितेका छन। घटना चीनको हो।पर्यटकहरुको हुलमा एक नवजोडि चीनको सिचुवानबाट छुट्टि मनाएर जिउज्हैगोउ नेसनल पार्क तिर फर्किरहेको थिए ।गत मंगलबार राती आएको ७ रेक्टर स्केलको भुकम्पले त्यो क्षेत्र थङ्थिलो बनाएको थियो। सानोतिनो पराकम्पनहरु छुटिरहेको थियो।पहाडी सडकमा गुडिरहेको उनिहरुको टुरिस्ट बसमा माथी बाट खसेको ढुङ्गाले झ्यालका सिसाहरु फुटाउन थाल्यो।त्यो आपदकालमा उक्त केटोले आफ्नी केटिलाई अङ्गालो बाधेर पुरै सरिरले कभर गर्यो। केटोले भने हत्तपत्त आफुले लगाएको बाक्लो ज्याकेट आफुलाई कभर गर्यो। यो घटनाको स्मरण गर्दै केटोले भनेका छन " सिसाको टुक्राहरु बेजोडले हामी तर्फ आईरहेको थियो।मेरो मनमा तिनलाई चोटपटक बाट बचाउनु भन्दा अर्को कुराको कुनै सोचै आएन। भाग्यबस ज्याकेट केही बाक्लो थियो, त्यसले हामीलाई सिसाबाट चोट लाग्न बचायो।"

दुर्घटना पछि सुरक्षीत भएकि जेङ याजिङ नामको ती केटिले घटनाको बारे बताउदै भनिन " अचानक माथीबाट खसेको ढुङ्गाले बसको पछाडीको सिसा फुटायो। मलाई मेरो ब्याईफ्रेन्डले समाईरहेको अनुभव गरे। जब मैले आँखा खोले तब सिटमुनि मेरो खुट्टा छेउमा फुटेको सिसाहरु र मुट्ठी जत्रो चार वटा ढुङ्गाहरु थियो।"

भरखरै प्रेम जालमा परेकी जेङले आफ्नो ब्याईफ्रेन्डको समर्पित भावना र बहादुरी देखे पछि उनी सित बिबाह गर्न आतुर भएकी छिन। प्रसन्न मुद्रामा तिनले भनिन "घर पर्कन हामीले टिकट किनि सकेका छौ। भोलि घर पुग्न बित्तिकै बिबाह गर्नेछौ"

हाम्रा हङकङका नया पुस्ताका जवानहरुले पनि आफ्ना प्रेमिकालाई ती चिनियाँ युबकले झै माया जताए बिहे गर्न पुर्बै लिभिङ टुगेदारको अवस्थामै छुट्नु पर्दैनथ्यो कि? वा बिबाहितहरुले पार्पाचुके गर्नु पर्ने अवस्था आउने थिएन कि?


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top