Hot News
चिकित्सा शिक्षा अध्यादेश पारित ; ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज
Home > News > National

प्रथम थोले देम्बा महोत्सव २०७४ सम्पन्न

Wednesday, 04.19.2017, 12:59pm (GMT+6.5)    | Comment | Print | Tell friend

६ बैशाख २०७४

ओखलढुङ्गा

प्रथम थोले देम्बा महोत्सव २०७४ सम्पन्न भएको छ । ओखलढुङ्गाको सबैभन्दा अग्लो डाँडा थोले देम्बामा यहि बैशाख १,२ र ३ गते भएको महोत्सवको समुद्घान सम्माननीय राष्ट्रपति विद्दादेवी भण्डारीले गर्नु भएको थियो ।  कार्यक्रममा स्थानिय बासिन्दा तथा विभिन्न स्थानका सर्वसाधारणको उपस्थिती रहेको थियो । पहिलो दिन औपचारीक कार्यक्रम भएको थियो । कार्यक्रममा सम्माननीय राष्ट्रपति विद्दादेवी भण्डारीका साथमा नेकपा एमालेका महासचिव र्इश्वार पोखरेल, नेपाली कांग्रेकी नेता सुजता कोइराला लगायतका नेताहरू हेलिकप्टरबाट उद्घाटका लागि पुगेका थिए । यस्तैओखलढुङ्गाका सभासदहरू यज्ञराज सुनुवार, रामहरी खतिवाडा, हर्कबोल रार्इ, सकुन्तला राजभण्डारी, तानका अध्यक्ष चन्द्र रिजाल तथा स्थानीय सुनुवार समुदाय, शेर्पागुरूङ, बाह्रमण तथा तमाङहरूले सांस्कृतिक झाकिले राष्ट्रपतिलार्इ स्वागत गरेका थिए ।

कार्यक्रममा राष्ट्रपति विद्दादेवी भण्डारीले थोले देम्बा महोत्सवले विकासका बाटोहरू खुल्ने विश्वास ब्यक्त गर्नु भयो साथै राज्यले विकासलागि ध्यान दिने समेत बताउनु भयो । यस्तै र्इश्वार पोखरेलले गुरू योजना अनुरूप अर्को थोले देम्बा महोत्सव हुनु अगावै भ्यू टावर बनाइने बचान बद्दता ब्यक्त गर्नु भयो । यस्तै अन्य नेताहरूले सुभकामनाका साथ थोले देम्बा लगातका अन्य स्थानका लागि विकासका लागि बचन तथा विश्वास ब्यक्त गरे ।

कार्यक्रममा सुनुवार महिला समाजले सम्माननीय राष्ट्रपति विद्दादेवी भण्डारीलार्इ मायाको चिनो दिदै राष्ट्रपति भण्डारीलार्इ विधार्इ गरेका थिए ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top