Hot News
सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै
Home > News > National

देउवाले बनाए इतिहासकै जम्बो मन्त्रिमण्डल

Monday, 09.11.2017, 01:48pm (GMT+6.5)    | Comment | Print | Tell friend

२६ भदौ २०७४

काठमाडौ

प्रधानमन्त्री देउवालले पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट ३ जना मन्त्री थपेका हुन् । नवगठित मन्त्रिमण्डलमा राप्रपाबाट संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र सांसद् सुनिलबहादुर थापा मन्त्री भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण समेत गराएका छन् । सपथ स‌ँगै मन्त्रीहरुको संख्या ५४ पुगेको छ । नवनियुक्त मन्त्री दीपक बोहराले विज्ञान तथा प्रविधि, मन्त्री विक्रम पाण्डेले वन तथा भू संरक्षण र मन्त्री सुनिल थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् । देउवा सरकारमा ३ उपप्रधानमन्त्री, २६ मन्त्री, २४ राज्य मन्त्रीहरू छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई दशकअघि ठूलो आकारको मन्त्रिपरिषद् गठन गरेर आफैंले कायम गरेको कीर्तिमान तोड्का छन् । गत जेठ २४ गते प्रधानमन्त्री भएका देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकतर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री थपेका छन् । यसअघि देउवाले भदौ ४ गते मन्त्रिपरिषद् विस्तार गर्दै ५० सदस्यीय बताएका थिए । देउवाले २०५२ सालमा प्रधानमन्त्री हुँदा ४९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । नेपालको संविधानले २५ सदस्यीय समावेशी मन्त्रिपरिषद्को व्यवस्था गरे पनि संविधान जारी भएपछि गठित तीनवटा सरकारले संक्रमणकालीन व्यवस्थाको छिद्र प्रयोग गर्दै जम्बो आकारको मन्त्रिपरिषद् निर्माण गर्दै आएका छन् । ५४ सदस्यीय मन्त्रिपरिषद् भएपछि सबैभन्दा पहिला कार्यालयको व्यवस्थापनको समस्या देखिनेछ । भूकम्पपछि सिंहदरबारको मुख्य भवन भत्केको छ । प्रधानमन्त्रीको कार्यालय पहिलो स्थानीय विकास मन्त्रालय भएको स्थानमा सारिएको छ । दुईतीनवटा मन्त्रालयलाई एउटै भवनमा राखिएको छ ।


 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top