Hot News
चौतिस बर्ष पछि हङकङ र नेपाल बिच भलिबल प्रतियोगिता हुने ; महानायक राजेश हमाल हङकङ आउदै ; हङकङमा नेपाली चलचित्र “तारेभीर” को सफल प्रदर्शन ; ‘मोष्ट वान्टेड’ रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने ? ; १६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी
Home > News > National

चुनावपछि देशमा समाजवाद उन्मुख अर्थतन्त्रः राष्ट्रपति

Thursday, 12.07.2017, 08:09am (GMT+6.5)    | Comment | Print | Tell friend


२१ मंसिर, काठमाडौं ।

         राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा निर्विघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न सबैलाई आह्वान गरेकी छन् । उत्साह, उमंग तथा उल्लासमय रुपमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउन उनले आह्वान गरेकी हुन् । बिहीबार एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यो चुनावपछि देश समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् । पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्मरण गर्दै राष्ट्रपतिले भनेकी छन्, ‘निर्वाचनपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरी संवैधानिक प्रावधानबमोजिम सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्नेछ भन्ने मलाई विश्वास लागेको छ । सन्देशमा थप लेखिएको छ, ‘निर्वाचनमा सहभागी हुनु केबल संविधानले दिएको जनप्रतिनिधि छान्ने हक र जनतामा निहित सार्वभौम अधिकारको प्रयोग मात्र नभइ आर्थिक सामाजिक रुपले समृद्ध नेपाल निर्माणको दिशामा ठोस योगदान गर्नुसमेत हो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top