Hot News
सातवटै प्रदेशसभामा पद तथा गोपनीयताको शपथ, मातृभाषामा लिए शपथ ; आइतबार दिउँसो प्रदेश सांसदहरुको सपथ ; सरकारले १४ नम्बरको जुत्ता भिरायो ! ; रानीपोखरीलाई पैसा कमाउने पार्क नबनाऊ ; संसदीय दलमा देउवासँग भिड्दै प्रकाशमान
Home > News > National

गणतन्त्रपछि पहिलोपटक मनाइयो पृथ्वीजयन्ति

Thursday, 01.11.2018, 03:24pm (GMT+6.5)    | Comment | Print | Tell friend

२७ पुस  २०७४

काठमाडौं


नेपालमा राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापना भएपछि पहिलोपटक पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ । विहीवार राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरवारको मुख्य प्रवेशद्धार अगाडि रहेको पृथ्वीको शालिकमा माल्यार्पण गर्नु भएकाे छ । नेपालका राष्ट्रपतिले राजतन्त्रका संस्थापकको शालिकमा माल्यार्पण गरेको पनि यो पहिलोपटक हो । नेपाल एकीकरणपछि शाहबंशीय राजतन्त्रका संस्थापक बडामहाराजाधिराजका नामले इतिहासमा चर्चित पृथ्वीनारायण शाहको जन्मदिनलाई राज्यले नै एकता दिवसका रुपमा पुनः मनाउन थालेको हो । सो अवसरमा प्रधानमन्त्री शेरवहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्री लगायत सर्वसाधारणले समेत पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए । नेपाली सेनाले पृथ्वीनारायण शाहलाई आफ्नो फौजको संस्थापकका रुपमा सम्मान गर्दै आएको छ । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top