Hot News
उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिको राजीनामा, महाअभियोगप्रति असन्तुष्टी ; प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग, कामुमा गोपाल पराजुलीलार्इ नियुक्त गर्ने तया ; बगैचा लिमिटेड हङकङको नेतृत्वमा नरेश सुनुवार ; बक्स अफिस लागू गर्ने तयारी ; संरक्षकको शानदर जीत, ईराको उदय,
Home > News > News

भारतीय भू.पू.गोर्खाहरुले सांगितिक साँझद्धारा महाविर पुनलाई सहयोग गर्ने

Monday, 04.17.2017, 08:42pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
    १५ अप्रिल, हङकङ–  नेपाली कलाकार र चलचित्रको राम्रो बजार रहेको हङकङमा महाबीर पुनको अगुवाईमा अगाडी बढिरहेको नेपाल राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ भारतीय गोर्खा भू.पू. साँझ–२०१७ हुने भएको छ ।
     २० मे २०१७ आइतबार साँझ युन लङ थिएटरमा आयोजना हुने उक्त कार्यक्रमका लागि नेपालबाट आउँने ९ जना कलाकारहरु क्रमशः गायक तथा गायिकाहरु शिव परियार, मिलन लामा, सरला राई, शर्मिला गुरुङ, शान्ति गुरुङ, सुजन तिगेला लिम्बु, तृष्ण घर्तीमगर, डम प्रकाश पुन र डान्सर आरुसी मगरका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने छ । जोर्डन स्थित एक्स गोर्खा रेष्टुरेण्ट एण्ड बारमा जानकारी सभा राख्दै आयोजक भारतीय भू.पू.सैनिक संघका अध्यक्ष जजिन चाम्लिङ राईले उक्त जानकारी दिएका थिए ।
    साथै उक्त साँझका लागि हङकङ डलर २ सय, ३ सय र भी.आई.पी. टिकट बिक्रिका लागि रहेकोमा धेरै संघसंस्था तथा समाजसेवीहरुले सहयोग गर्ने क्रम रहेको र त्यसमा पनि किरात राई चाम्लिङ खाम्बातिम र बगैचा लिमिटेड हङकङले सबै भन्दै धेरै टिकट विक्रि वितरण गरेर सहयोग गरेको खुलाउँदै सबैलाई सहयोगका लागि अपिल समेत गररेका थिए ।
    संघ उपाध्यक्ष मन प्रसाद गुरुङ्गले स्वागत मन्तब्यसंगै शुरु भएको उक्त सभालाई संघका सचिव दूर्योधन लिम्बूले संचालन गरेका थिए ।





Hot News

 

SEARCH

Newsletter

Top