Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
Home > News > News

संखुवासभा समाज हङकङको २१ औं वार्षिक उत्सव सम्पन्न

Tuesday, 04.18.2017, 10:59am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
    १६ अप्रिल, हङकङ–  नयाँ वर्ष २०७४ सालको अवसरमा संखुवासभा समाज हङकङद्धारा मंकिहिलमा जिल्लाबासीहरु बीच एक–आपसमा शुभकामना आदानप्रदान गर्दै समाजको २१ औं वार्षिक उत्सव भव्यताका साथ मनाए ।
     समाजका अध्यक्ष कर्ण कोरङ्गीको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ प्रमुख अतिथि रहेकी थिइन भने अन्य अतिथिहरुमा दिदीबहिनी समुह संखुवासभा हङकङकी अध्यक्ष पवित्रा गुरुङ, गुरुङ (तमु) समाज संखुवासभा हङकङका उपाध्यक्ष उर्मिला गुरुङ, प्रदेश नम्बर एक गुरुङ समाजका वरिष्ट उपाध्यक्ष नरेन्द्र गुरुङ, किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान, लोहोरुङ याखावा युयोङ हङकङबाट धर्म राई लगायत समाजका सल्लाहकारहरु राज कुमार राई, लालबहादुर गुरुङ, लव कुमार गुरुङ, उपेन्द्र कोरङ्गी, खड्ग माङमाली आदी रहेका थिए ।
     समाजका उपाध्यक्ष टोपबहादुर याक्खाको छोटो श्वागत मन्तव्यसंगै सभापति, प्रमुख अतिथि र अतिथिहरुद्धारा एकसाथ पटेका पड्काएर कार्यक्रम उद्धघाटन गरिएको कार्यक्रममा समाजको मुख–पत्र “हाम्रो संखुवासभा” वर्ष–११, अंक–१० को विमोचन समेत गरिएको थियो ।  सोहि क्रममा समाजको आजीवन सदस्यद्धय झुमा गुरुङ र गजेन्द्र थाक्लुङ लिम्बुलाई अध्यक्षको हातबाट सम्मानपत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै गरि समाजको मुखपत्र “हाम्रो संखुवासभा” को कभरपेजका लागि आर्ट दिनुहुने चित्रकार दिपेन्द्र राईलाई समेत खदा ओढाएर सम्मान गर्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
      समाजका सचिव लिलाबहादुर गुरुङद्धारा संचालन गरिएको प्रथम चरणको औपचारिक कार्यक्रममा विभिन्न अतिथिहरुले नव वर्ष २०७४ सालको अवसरमा शुभकामना मन्तव्य राखेका थिए भने समाजका सल्लाहकार प्रेम कुमार कोरङ्गीद्धारा संचालन गरिएको दोस्रो चरणको मनोरञ्जनात्मक कार्यक्रममा लक्की ड्र, दिदी बहिनीहरु बीच म्यजिकल चेयर लगायतका खेलहरु समेत खेलाइएको थियो ।
      जिल्लाबासीहरुको बाकुलो उपस्थिति बीच बेलुकीको १० बजे सम्म विभिन्न एकल तथा सामुहिक नाँच गान गरेर सम्पन्न भएको उक्त कार्यक्रममा बि.बि.क्यू. लगायत विभिन्न नेपाली परिकारहरुको सःशुल्क व्यवस्था समेत रहेको थियो ।
     त्यस्तै गरि धरान मञ्च हङकङले समेत केलाङ, साकेला नृत्य लगायत विभिन्न जातजातीहरुको झाँकी तथा प्रदर्शनीहरुको साथमा मंकिहिलमै धरान महोत्सव २०१७ को आयोजना गरेको थियो ।





Hot News

 

SEARCH

Newsletter

Top