Hot News
चिकित्सा शिक्षा अध्यादेश पारित ; ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज
Home > News > News

सुरक्षा प्रबन्ध सुरक्षा निकायका प्रमुखहरुलाई प्रधानमन्त्रीको निर्देशन

Tuesday, 04.18.2017, 12:30pm (GMT+6.5)    | Comment | Print | Tell friend

५  वैशाख २०७४

काठमाडौ

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले चार वटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर चुनावी सुरक्षा तयारीवारे जानकारी समेत लिएका छन् । 

निजि सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले निर्धारित मितिमै स्थानीय तह निर्वाचन सम्पन्न हुने भन्दै चुस्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । उनको सचिवालयका अनुसार  सुरक्षा अङ्गका प्रमुखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षा तयारी गरिरहेको प्रधानमन्त्री दाहाललाई जानकारी गराएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न प्रधान सेनापति रवीन्द्र क्षत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मी बालुवाटार पुगेका थिए । सरकारले यही बैशाख ३१ मा स्थानीय तह निर्वाचन गर्ने गरी तयारी गरिरहेको छ । तर, संविधानप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने आफ्नो माग पूरा नभएको भन्दै निर्वाचन विथोल्ने उद्देश्यले आन्दोलन घोषणा गरेको छ । मोर्चाले आज मंगलबार देखिनै आन्दोलन थाल्ने जनाएको छ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top