Hot News
सातवटै प्रदेशसभामा पद तथा गोपनीयताको शपथ, मातृभाषामा लिए शपथ ; आइतबार दिउँसो प्रदेश सांसदहरुको सपथ ; सरकारले १४ नम्बरको जुत्ता भिरायो ! ; रानीपोखरीलाई पैसा कमाउने पार्क नबनाऊ ; संसदीय दलमा देउवासँग भिड्दै प्रकाशमान
Home > News > News

हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन

Wednesday, 04.19.2017, 08:15pm (GMT+6.5)    | Comment | Print | Tell friend

-मगेन्द्र राई

"हाईक फर हेल्थ एन्ड हेल्प" अर्थात "स्वास्थ संगै सहयोग" भन्ने स्लोगन सहित हङकङ कि साहित्यकार, ब्लगर तथा समाजसेवि जुनु रानाको अगुवाईमा गत आईतवार हाईकिङको आयोजना गरि एक लाख छ हजार छ सय रुपैया सङ्कल्न गरिएको छ।नेपालकि समाजसेवि महिला जुनु पुन द्वारा संचालित एकिकृत सृजनशिल समाजमा आश्रीत अभिभावक बिहिन बालबालिका हरुको लालनपालन र शिक्षा दिक्षाको निमित्त खर्च गर्न उक्त सहयोग जुटाई रकम समेत जुनु पुनलाई पठाई सकेको कुरा जुनु रानाले बताईन।
युङलोङको ताईतोङ भिलेजबाट सुरु गरि ताईतोङ बिबिक्यु स्पटसम्म ३ घन्टा सम्म गरिएको हाईकमा टीका रानाको नेतृत्वमा सन्चालित ईथ्निक माईनोरोटी हेल्थ एन्ड एजुकेसन सर्बिस हङकङले निशुल्क स्वस्थ परिक्षण समेत गरिएको थियो।
बिगतमा समेत आपद बिपदमा परेकाहरुलाई सहयोग जुटाईरहेकि जुनु रानाले मानविय धर्म र आफ्नो आत्मसन्तुष्टिको लागि यस्तो कार्य गरिरहेकी बताईन। यसै सन्दर्भ मा तिनले भनिन "हामी आफ्नोलागि त सधैं गरिरहन्छौं नि।तर कहिलेकाही असाय गरिब रोगी दिन दुखीको लागि पनि सक्दो सहयोग गरौं भन्ने भावना हो।यस च्यारिटी हाईकिङको उद्देश्य पनि अनाथ बालबालिकाको लागि सहयोग नै हो।" तीनले थपिन "
हाम्रो देशमा लाखौ रोगीहरु होलान्, लाखौको संख्यामा गरिबहरु अनाथ बालबालिकाहरु होलान, ती सबैलाई हामीले सहयोग गर्न नसकेपनी केहीलाई हामीले सहयोग गर्न कोसिस गर्नु मानविय धर्म हो भन्ने मेरो सोच हो, यो सन्सारमा त्यति विशाल काम त गर्न नसकिएला तर सानै काम भए पनि ठूलो प्रेमका साथ गर्न सकिन्छ", 
सामाजिक तथा मानविय कार्यको मुल्यांकन गरिदै जुनु रानालाई केही महिना अघि चाईनीज युनिभर्सिटीले कदर पत्र प्रदान गरेको थियो भने अन्तर्राष्ट्रिय महिला दिवसमा साहित्य तर्फ सम्मानित समेत भै सकेकी छिन।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top