Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > News

नेपाल फाइनान्समा धिरज कुमार राई, ११ लाख हङकङ डलर खुद मुनाफा

Tuesday, 05.09.2017, 10:23pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
    ७ अप्रिल, हङकङ– धिराज कुमार राई (साम्पाङ) को अध्यक्षतामा १३ सदस्सीय कार्य समितिको चयन गर्दै हङकङकै इतिहासमा नेपालीहरुद्धारा खोलिएको पहिलो आधिकारिक वित्तिय संस्था नेपाल पाइनान्स लिमिटेडको चौथो वार्षिक साधारण सभासंगै दोस्रो अधिवेशनसन सम्पन्न भयो ।
     नेपाल फाइनान्सका अध्यक्ष धिरज कुमार राईको अध्यक्षतामा सम्पन्न प्रथम चरणको बन्दसत्र कार्यक्रम मार्फत पुरानो समिति भंग भएसंगै नरजित राईको अध्यक्षतामा ३ सदस्यीय निर्वाचन मण्डलद्धारा निर्विरोध निर्वाचित भएका संचालक समितिका सदस्यहरुमा क्रमशः अध्यक्षमा धिरज कुमार राई, प्रथम उपाध्यक्षमा हरिचन्द्र राई, द्धितिय उपाध्यक्षमा मोहनराज राई, सचिवमा मगेन्द्र राई, सह–सचिवमा जितकर्ण राई, कोषाध्यक्षमा शशीमदन राई, सह–कोषाध्यक्ष दिल कुमारी लिम्बु र सदस्यहरुमाः गंगाराम राई, संजिव राई, तेज कुमार राई, मैत्र कुमार राई, दुर्गाकान्त राई र चन्द्र कुमार राई रहेका छन् ।
     नेपाली वाणिज्यदुतावासका महावाणिज्यदुत कमल प्रसाद भटृराईको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो चरणको खुल्लासत्र कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल चेम्बसर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली रहेका थिए भने अन्य अतिथिहरुमा एन.आर.एन. हङकङका अध्यक्ष ललित सुब्बा तथा बगैचा लिमिटेडका अध्यक्ष नरेश सुनुवार रहेका थिए ।
      ड्यासमा आसिन कार्यक्रमका अध्यक्ष तथा अतिथिहरुद्धारा स्याम्पेन फोडेर उद्धघाटन गरिएको कार्यक्रममा फाइनान्सका महाप्रबन्धक शशीमदन राईले नेपाल फाइनान्सबारे जानकारी सहितको मन्तब्य राखेका थिए । मन्तब्यकै क्रममा अन्य अतिथिहरुले नेपालीहरु केबल सेक्युरिटी गार्ड र कन्स्ट्रक्सनमा लेबर काम मात्रै गर्दैनन् ब्यापार क्षेत्रमा पनि उत्तिकै अगाडी बढिरहेका छन् भन्ने एउटा गतिलो उदाहरण नेपाल फाइनान्स रहेको भन्दै सम्पूर्ण टिमको प्रशंसा सहित बधाई दिएका थिए ।
     कार्यक्रममा फाइनान्सका अध्यक्ष धिरज कुमार राई तथा महाप्रबन्धक शशीमदन राईद्धारा जानकारी गराइए अनुसार नेपाल फाइनान्स २००७ बाटै स्थापित भएता पनि २०११ बाट सक्रिय भई अगाडी बढेको र २०१३ बाट आधिकारिक रुपमा लाइसेन्स प्राप्त गर्ने नेपालीहरुको पहिलो वित्तिय संस्था हो । हाल सेयर क्यापिटल करिब ९ मिलियन हङकङ डलर र फाइनान्सियर ११ मिलियन हङकङ डलर गरी २० मिलियन हङकङ डलर फाइनान्सको क्यापिटल रहेको छ । करिब १९ मिलियन हङकङ डलर लोनमा इन्भेष्टमेण्ट गरेको फाइनान्सको २ वटा नयाँ फ्लाट समेत किनेर भाडामा दिदै आएको छ । 
    आकर्षक व्याजदरमा वचत तथा सहुलियत तवरले ऋण प्रवाह गर्दै आएको फाइनान्सले २०१६/२०१७ मा सम्पूर्ण खर्च कटाएर करिब ११ लाख हङकङ डलर खुद मुनाफा गर्दै सेयर होल्डरहरुलाई लगानीको १५ प्रतिशत लाभांस वितरण गरेको फाइनान्सका अध्यक्ष धिरज कुमार राईले बताए ।

 





Hot News

 

SEARCH

Newsletter

Top