Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > News

एच.के.एन.एफ.बी.एफ.को चौथो वार्षिकोत्सव सम्पन्न

Tuesday, 05.09.2017, 11:57pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
     ७ अप्रिल, हङकङ– हिमालयन किङडम नेप्लिज फेड्रेशन अफ बडिबिल्डिङ एण्ड फिटनेश (एच.के.एन.एफ.बी.एफ.) को चौंथो वार्षिक उत्सव फिजिकल फिटनेस, श्वास्थ्य, सेल्फ डिफेन्स लगायतका विभिन्न जानकारीहरु सहित सम्पन्न भयो ।
    याउ मा तेई कम्युनिटी हलमा सम्पन्न उक्त वार्षिक उत्सव कार्यक्रमको अध्यक्षता संस्थाका पे्रसिडेन्ट लोकेद्र परियारले गरेका थिए भने नेपाली वाणिज्यदुतावासका महावाणिज्यदुत कमल प्रसाद भटृराई प्रमुख अतिथि रहेका थिए । त्यस्तै गरि मकाउ (एम.एन.एफ.बी.एफ.) प्रतिनिधीका रुपमा आई.एफ.बी.बी.का ईन्टनरनेशनल जज बाबा भाइ(सृजन), धरान १७ समाज हङकङका अध्यक्ष तथा बडिबिङडर मधु कुमार राई लगायत अतिथि रहेका थिए ।
    एच.के.एन.एफ.बी.एफ. का फाउण्डर मेम्बर तथा भाइस चेयर पर्सन आपुन के (किसोर) बाट संस्थाको छाटो परिचय सहितको श्वागत मन्तब्य राखे संगै अर्का सदस्य विश्व थापाले जिम गर्दा ध्यान दिनु पर्ने टिप्स तथा खानाहरुको बारेमा बताएका थिए ।
     त्यस्तै गरि लामो समय पर्सनल ट्रेनर सि.पि.टि. तथा व्यायम वेलनेसको प्रशिक्षकको रुपमा रहेकी एच.के.एन.एफ.बी.एफ. महिला चेयर पर्सन मन्जु श्रेष्ठले फिजिकल फिटनेश जोइन गर्नुको अर्थ चौडा छात्ति र ठूला–ठूला हात पाखुरा बनाउँनु हो भन्ने बुझाई गलत रहेको बताउँदै फिजिकल फिटनेश गर्दा ध्यान दिनु पर्ने तथा सुरक्षाका उपायहरु प्राटिकल्ली बताएकी थिइन ।
हेल्थ कनेक्सन भन्ने संस्थाका को फाउण्डर तथा कनेक्र इन चिफ डक्टर धिरज गुरुङले श्वास्थ्य सम्बन्धि विभिन्न जानकारीहरु दिएका थिए भने लामो समय बडिगार्डमा कार्यरत पूर्ब बृटिश गोर्खा आर्मी प्रमोद सेट्लिङले सेल्फ डिफेन्स सम्बन्धि ज्ञानहरु प्राक्टिकल्ली रुपमा सिकाएका थिए ।
     आई.एफ.बी.बी. अन्तर्गत २०१३ मा स्थापित एच.के.एन.एफ.बी.एफ. ले मकाउ, यू.के., नेपाल लगातका देशहरुमा शाखाहरु विस्तार गर्नुका साथै हङकङका मात्रै नभएर विश्व भरि रहेका नेपाली खेलाडीहरुलाई मिस्टर ओलम्पिया लगायतका विभिन्न अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा सहभागि गराउँदै तथा आधा दर्जन बढि अन्तराष्ट्रिय जजहरु समेत उत्पादन गरिसकेको संस्थाका प्रसिडेन्ट लोकेन्द्र परियारले बताए ।






Hot News

 

SEARCH

Newsletter

Top