Hot News
चौतिस बर्ष पछि हङकङ र नेपाल बिच भलिबल प्रतियोगिता हुने ; महानायक राजेश हमाल हङकङ आउदै ; हङकङमा नेपाली चलचित्र “तारेभीर” को सफल प्रदर्शन ; ‘मोष्ट वान्टेड’ रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने ? ; १६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी
Home > News > News

२ नम्बर प्रदेशको चुनाव स्थगित, राजपा र सरकारबीच वार्ता सुरु

Thursday, 06.15.2017, 01:49pm (GMT+6.5)    | Comment | Print | Tell friend

१ असार २०७४

काठमाडौं

सत्तारुढ दलले दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय गरेका छन्। माओवादी केन्द्रका नेता एवं गृहमन्त्री जनार्दन शर्माले असार १४ गतेको चुनाव दुई नम्बरमा प्रदेशमा स्थगित गरिएको जानकारी दिए। बाँकी १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै चुनाव हुने उनले बताए।

आन्दोलनरत राष्ट्रिय जनता पार्टी र सरकारबिच सिंहदरबारमा वार्ता सुरु भएको छ। वार्तामा सत्तापक्षबाट प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेताहरु सहाभागी छन् भने राजपाका तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव लगायतका नेताहरु सहभागी छन्। हिजो पनि प्रमुख प्रतिपक्षी एमालेसहित सरकारले राजपासँग वार्ता गरेको थियो। असार १४ को निर्वाचनमा आफूहरु सहभागी हुने वातावरण नभएको भन्दै राजपाले चुनावको मिति सार्नुपर्ने बताउँदै आएको छ। मिति सार्ने बारेमा आजै सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेको थियो। छलफलमा निर्वाचन आयोगका पदाधिकारीले कुनै पनि हालतमा मिति सार्न नहुने बताएका थिए। स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि भोलि २ गते मनोनयन दर्ता तोकिएको छ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top