Hot News
सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै
Home > News > News

सुरज मादेनको म्यूजिक भिडियो किन हो किन तिम्रो यादले, सार्वजनिक

Tuesday, 07.11.2017, 10:28pm (GMT+6.5)    | Comment | Print | Tell friend

२७ आषाढ काठमाडौ ।
पुर्वेली गायक सुरज मादेन लिम्बुद्धारा स्वरवद्ध आधुनिक पप सेन्टीमेन्टल म्यूजिक भिडियो आज मंगलवार म्युजिक नेपालको युट्यूवमार्फत सार्वजनिक भएको छ । 
किन हो किन तिम्रो यादले, यति धेरै सताउछ 
तिमी विना मेरो संसार सुन्य सुन्य लाग्छ ।।।।

आधुनिक गीतलाई पप संगीतसंग रिमिक्स गरिएको गीतलाई दिनेश माङमुको निर्देशन, शब्द सुरज मादेन, संगीत सुरज मादेन/भक्त सुनुवार, भिडियो निर्माणमा दक्ष प्राविधिकहरु अर्जुन तिवारीको छायााकन, सम्पादक निशान घिमिरेले म्युजिक भिडियोलाई अन्तिम रुप दिएका छन् । 
भर्खरै रिलिज भएको नेपाली चलचित्र 'तारेभिर' मा अभिनय गरिसकेका दिपेश श्रेष्ठ  र लिम्बु भाषाको सिरापधाङ् म्यूजिक भिडियोका मुख्य भूमिका निर्वाह गरेकी सिर्जना तवेवुङ्कोको अभिनय देख्न सकिन्छ । यसका साथै सुक तुम्रोक र डेनिल लिम्बुले चरित्र अभिनेताको भूमिका निर्वाह गरेका छन् । सरु ढाका उधोगको पहिरन र सिंगार समरा लामाको रहेको छ ।
रहरै रहरका गायक संगीतप्रति अपार रुचि भएका सुरजले आधा दर्जन भन्दा वढि गीतहरु रेकर्ड गराईसकेको भए पनि दक्ष जनशक्ति उपयोग गरेर म्यूजिक भिडियो तयार गरेको यो दोस्रो भएकाले दर्शक र स्रोताहरुले मन पराउने दावी समेत गरेका छन् ।


सुक माया राई

Hot News

 

SEARCH

Newsletter

Top