Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > News

पुनर्निर्माणका लागि आगामी वर्ष १ खर्ब ४५ अर्ब बजेट स्वीकृत

Wednesday, 07.12.2017, 04:22pm (GMT+6.5)    | Comment | Print | Tell friend

२८ असार २०७४

काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले आगामी आर्थिक वर्षको लागि खर्ब ४५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले प्राधिकरणबाट प्रस्तुत उक्त बजेट तथा कार्ययोजना प्रस्ताव पारित गरेको । प्राधिकरणको निर्देशक समितिमा प्रधानमन्त्री अध्यक्ष र प्रमुख प्रतिपक्षी दलबाट उपाध्यक्ष रहेका छन् । देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक निर्देशक समितिको बैठक बसेको हो ।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले प्राधिकरणले विभिन्न निकायमार्फत पुनर्निर्माण र पुनस्र्थापना कार्यमा उक्त बजेट खर्च गर्ने जानकारी दिए ।पोखरेलले एक लाख ५० हजारभन्दा बढी घरधनी दशैंभन्दा अगाडि छानामुनी जाने बताए । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि पुनर्निर्माणले अझ बढी गति लिएको उनको भनाइ छ । पुनर्निर्माणको काम केही सुस्त भए पनि गुजरात, पाकिस्तान, इन्डोनेसिया लगायतलाई हेर्दा यो प्रगति सन्तोष मान्न लायक रहेको पोखरेलले दाबी गरे । पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन कम प्रभावित १७ जिल्लामा अति प्रभावित १४ जिल्लाकै मोडलमा काम गर्ने तयारीमा रहेको उनले जानकारी दिए । भूकम्प पीडितलाई राहत दिने र पुनर्निर्माणलाई तीव्रता दिने सबैको साझा कर्तव्य भएकाले गल्ती, कमीकमजोरी सच्याएर अगाडि बढ्न सुझावसहित बजेट तथा कार्ययोजना पारित गरिएको उनले बताए । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top