Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > News

साब्लाबुङ लोकार्पण तथा पुस्तकालय अभियानको घोषणा

Wednesday, 07.12.2017, 11:03pm (GMT+6.5)    | Comment | Print | Tell friend


९ जुलाई आईतबार अपरान्ह याउमा तेई स्थित कम्युनिटी हलमा साब्लाबुङ प्रकाशनको साहित्यिक पत्रिका साब्लाबुङको ७औं अंक लोकार्पण गरिनुको साथै साब्लाबुङ प्रकाशनको अर्को योजना 'पुस्तकालय अभियान' घोषणा गरिएको थियो।

प्रकाशनका प्रमुख तथा पुस्तकालय अभियानका अभियन्ता राजकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समिक्षा समाज हङकङका अध्यक्ष हेमकुमार लावती प्रमुख अतिथ्य र बिभिन्न साहित्यिक ब्यक्तित्वहरूले आतिथ्य आसन ग्रहण गरेका थिए।

कार्यक्रममा सब्लाबुङको सातौं संस्करण लोकार्पण गर्नुका साथै नेपाल अधिराज्यभरी पुस्तकालय स्थापना गर्ने उदेश्य सहित ‘पुस्तकालय अभियान घोषणा पत्र प्रस्तुत गरिएको थियो । पुस्तकालय अभियान समन्वय समितीका सदस्य हर्क रानाले घोषणापत्र प्रस्तुत गर्दै ‘एक व्यक्ति एक पुस्त, अन्तर्गत- घरमा पुस्तकालय, गाउँटोलमा पुस्तकालय, शैक्षिक संस्थामा पुस्तकालय निर्माण अभियान तिव्रताकासाथ अगाडी बढाउने योजना रहेको जानकारी गराएका थिए । 

कार्यक्रममा साब्लाबुंग प्रकाशनका आजीवन सदस्यहरुलाई मायाको चिनोस्वरुप करुवा प्रदान गर्नुकासाथै हङकङमा पुस्तकालय सञ्चालक गरि रहेका ब्यक्तिहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै साब्लाबुङ पत्रीकाका सम्पादक तथा प्रकाशक राज कुमार राईले- अध्ययनले चेतना जगाउछ, आत्म निर्भर बनाउछ र त्यसैबाट सुन्दर समाज निर्माण, देश बिकास हुन्छ, त्यसैले अध्ययनका निम्ति पुस्तकको खाचो हुन्छ र पुस्तक उपलब्ध गर्न पुस्तकालयको खाचो छ । यसर्थ हामिले घर घरमा बिदेशी रक्सी सजाउने ठाउँमा किताब सजाउनु पर्छ । किताब नभएको शैक्षिक संस्थाहरुलाई किताबहरु राख्न लगाउनु पर्छ । कृषि प्रधान देश भनिन्छ कृषि संम्बन्धी कति राम्रो किताबहरु छन । त्यस्तै पशुपालन, जडिबुटी सम्बन्धि राम्रा पुस्तकहरू छन। तर पुस्तक पाठकहरूसम्म उपलब्ध हुन सकेको छैन । यसैले हाम्रो पुस्तकालय अभियानले यिनै कुरालाई ध्यानमा राखेर तत्काल २० वटा जिल्लाको केही स्थानहरुबाट शुरूवात गर्न गइरहेका छौ भन्दै यस अभियानलाई नेपालबाट र बिदेशहरुबाट पनि सहयोग प्राप्त भएको जानकारी गराउनुको साथै यो अभियानमा सबैलाई सहयोग गर्न अनुरोध गरेका थिए।

साब्लाबुङ ब्यवस्थापक नरेन्द्र गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई साब्लाबुङका सह सम्पादक डिवी पालुङ्वाले सञ्चालन गरेका थिए ।

 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top