Hot News
आइसीसीमा नेपालको चौथो जित तर छनोट हुने भने गाह्रो ; कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए
Home > News > News

मतदाता नामावली संकलन भोलिदेखि

Saturday, 07.15.2017, 12:34pm (GMT+6.5)    | Comment | Print | Tell friend

१ असार २०७४

 काठमाडौं

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य भोलिदेखि सञ्चालन गर्ने भएको छ । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलार्इ मध्यनजर गर्दै आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो । आयोगले साउन १ गतेदेखि १५ गतेसम्मका लागि मतदाता नामावली दर्ताको समय तोकेको छ । यसअघि सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि आयोगले यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको ह आयोगले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई नागरिकको प्रमाणपत्र लिई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्ने छ यस्तै  यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन समेत सक्नेछन् । साउन १ देखि १५ गतेसम्म नामावली दर्ताको समय दिएको आयोगले १६ देखि २० गतेसम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने जनाएको छ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top