Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
Home > News > News

प्रवासमा रहने प्रतिभाहरूको' प्रतिभा भाग १ विमोचन सम्पन्न

Thursday, 08.10.2017, 11:53pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं । प्रवासमा रहने प्रतिभाहरूको स्वस्फुर्त समूहको पहिलो प्रस्तुति 'प्रतिभा भाग १' निवर्तमान कुलपति वैरागी काईलाज्यूको बाहुलीबाट विहिबार विमोचन भएको छ ।
बागबजारस्थीत सिटी म्याक्सको हलमा भएको विमोचन कार्यक्रममा प्रमुख अतिथि काईलाले अहिले नेपाली युवाहरू प्रायः वैदेशिक रोजगारमा गएका हुनाले नेपाली संगीत तथा साहित्यको भण्डार थप भरिदै गरेको बताए । त्यसैगरी समिक्षकसमेत रहेका साहित्यकार सुरेश हाचेकालीले प्रवासमा नेपालीहरू नोष्टाल्जिक हुने गरेकाले यस्ता सिर्जनाहरू आइरहेको कुरालाई जोडे । 
गायक, संगीतकार तथा साहित्यकार खगेन्द्र पन्धाकले आफू पनि प्रवासम रहेकोले प्रवासको वस्तुस्थिति बुझेको बताएका थिए । प्रवासमा थोरै उब्रिएको  समयलाई सिर्जनामा सामेल गराएर यस्ता कृति निकाल्न सकेको सर्जकहरूलाई स्याबासी दिनुपर्ने बताएका थिए । 
प्रतिभा परिवारका संयोजक राजरोवर्ट अजनवी वैदेशिक रोजगारमा रहेकाले उपस्थित हुन नसकेको जनाएको सन्देश पत्र पत्रकार ईन्द्र जिजीविषाले पढेर सुनाएका थिए । "हामीलाई पनि रहर नभएको कहाँ हो र ? नेपालको को कुनै रिसोर्ट मा गएर चिकेन रोस्ट र बार्बिक्युको डिनर लिदै रोमान्टिक मुडमा गीत लेख्ने ? म्युजिक इन्स्ट्रुमेन्टले सु-सज्जित भब्य महलको सुबिधा सम्पन्न कोठाभित्र बसेर गीत कम्पोज गर्ने ? हाम्रो लागि त यी सब केबल आकाशको फल सरह हुन्, बेल्चा हान्दा हान्दै गीतको एउटा स्थाइ फुर्छ अनि बेल्चा त्यही फालेर मालिकको आाखा छलेर लुक्दै अथबा शौचालय जाने निहु पारी शौचालयभित्र पसेर त्यो शब्द मोबाइलमा कैद गर्छौ त्यस्तै प्रकार अर्को कुनै दिन अन्तरा फुर्छ । त्यसलाई नि त्यसै गर्छौ, नवनिर्मित भवन को नौ तला माथी इटा ओसार्दै गर्दा गीतको लय फुर्छ मालिकको आँखा छोपी मोबाइलमा रेकर्ड गरिराख्छौ । त्यसलाई हामी टाढै रहेर पनि यसरी सार्वजानिक गर्न पाएकोमा आनन्दानुभूति बाडन चाहन्छौ ।" सन्देशपत्रको सार यो थियो । 
स्वागत मन्तव्य राख्दै प्रतिभा परिवारका सदस्य तथा गायिका अन्जना राईले पछिल्लो समयमा एल्बमको जमाना सकिएर सिङ्गल ट्रयाकमा झरिसकेता पनि समूहगत रूपमा निकालिएको कृतिलाई एकीकृत रूपमा सार्वजानिक गरिएको कुरा बताएकी थिइन् । 
कार्यक्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अशोक लोहरूङ, संगीतकार गणेश गुरुङले पनि मन्तव्य राख्नुभएको थियो । 
नेपाल आयल निगमका एडमिन अफिसर हिरा प्रधान, साहित्यकार राज्यशोभा श्रेष्ठ, कविता राई गाउाले, चन्द्र रोनोहोछाको पनि उपस्थिति रहेको थियो । 
पछिल्लो समयमा सामाजिक सञ्जाललाई प्रयोग गरेर आˆना प्रतिभा प्रस्फुटन गर्ने क्रम बढेको छ । प्रतिभा परिवारमा कतार, साउदी अरब, मलेसिया, बेलायत र नेपालमा रहेका प्रतिभाहरूको परिवार हो । 




Hot News

 

SEARCH

Newsletter

Top