Hot News
सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै
Home > News > News

गोपाल खड्कालाई कारवाही गर्न आपूर्ति सचिवको सिफारिस

Tuesday, 09.12.2017, 01:27pm (GMT+6.5)    | Comment | Print | Tell friend

२७ भदौ २०७४
काठमाडौ
करिब डेढ अर्ब रुपैयाँ घोटालाका आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले सिफारिस गरेका छन् । निगमको इन्धन भण्डारण गर्न चितवन, रुपन्देही, झापा र सर्लाहीमा जग्गा खरिद गर्दा बिचौलियासँगको मिलेमतोमा घोटला गरेको खड्कालाई राखिरहँदा निगमलाई थप क्षति पुग्ने निष्कर्ष निकाल्दै कारबाहीको लागि आपूर्तिमन्त्री शिवकुमार मण्डललाई सिफारिस गर्ने सहमति गरेको हो। रिपोर्ट बुझाएर सचिव देवकोटा सोमबार साँझै चीन भ्रमणमा निस्किएका छन् । आपूर्ति सचिवसमेत रहेका निगम सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटा एक साताअघि मात्र सरुवा भएर आएका हुन्।
संसदीय समितिहरुले समेत जग्गा खरिदमा अनियमिता भएको ठहर गर्दै दोषीलाई कारबाही गर्न निर्देशन दिइरहेका बेला मन्त्रालयकै सचिवले कारवाही सिफारिस गरेपछि आपूर्तिमन्त्री मण्डल नैतिक दबावमा परेका छन् । खड्कालाई मन्त्रिपरिषदले नियुक्त गरेकाले कारवाही गर्ने अधिकार पनि उसकै हुन्छ । सोमबार संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले जग्गा खरिदमा प्रचलित ऐन कानुन मिचेर निगमलाई चर्को व्ययभार पर्नेगरी चार गुणा महँगो जग्गा खरिद गरेर अनियमितता गरेको ठहरसहित प्रतिवेदन पास गरेको थियो। सार्वजनिक लेखा समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै करिब एक महिना अगाडि कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र  आपूर्ति मन्त्रालयलाई सिफारिस गरिसकेको छ। मन्त्री मण्डलले कारबाहीको लागि अग्रसरता नदेखाएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ। 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top