Hot News
सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै
Home > News > News

प्रधानमन्त्रीद्वारा खड्कालाई कारबाही प्रस्ताव ल्याउन निर्देशन

Wednesday, 09.13.2017, 12:56pm (GMT+6.5)    | Comment | Print | Tell friend

२८ भदौ २०७४

काठमाडौं

नेपाल आयल निगम जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटालाका बारे प्रधामन्त्री शेरबहादुर देउवाले निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्ने प्रस्ताव ल्याउन आपूर्ति मन्त्रीलाई निर्देशन दिएका छन्। इन्धन भण्डारणका लागि खरिद जग्गामा भ्रष्टाचार हुँदा सरकार चुप बसेको आरोप लागिरहेका बेला प्रधानमन्त्री देउवाले खड्कालाई कारबाही गर्ने अग्रसरता देखाएका हुन्। सोमबार मन्त्रिपरिषद्को बैठकमा खड्कालाई कारबाही गर्ने प्रस्ताव तयार गर्न प्रधानमन्त्री देउवाले मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई निर्देशन दिएका थिए । क्षेत्रीले सम्बन्धित मन्त्रालयबाटै प्रस्ताव आउनुपर्ने बताएपछि प्रधामन्त्री देउवाले आपूर्ति मन्त्रीलाई प्रस्ताव ल्याउन निर्देशन दिएका थिए । संसदीय समितिहरूले जग्गा खरिदमा अनियमितता गरेको ठहर गरिसकेकाले अब कारबाही गर्ने प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रेस संयोजक गोविन्द परियारले बताए । प्रधानमन्त्रीको निर्देशनपछि आपूर्ति मन्त्रालयले पनि घोटालाका आरोपित खड्कामाथि कारबाही प्रक्रिया अघि बढाएको छ । मन्त्रालयको प्रारम्भिक छानबिनबाट खड्काले अनियमितता गरेको खुलेको छ । खड्का मन्त्रिपरिषद्बाट नियुक्त भएकाले मन्त्रिपरिषद्ले नै उनलाई हटाउन सक्छ । सरकारी स्वामित्वको निगमका कार्यकारी निर्देशक खड्काले चितवन, भैरहवा, झापा र सर्लाहीमा इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता भएको ठहर गर्दै लेखा समिति र उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले कारबाहीका लागि निर्देशन दिइसकेका छन् ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top