Hot News
सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै
Home > News > News

किरात याक्खा छुम्मा हङकङको देउसीमा डोकेनी लाक

Tuesday, 11.14.2017, 08:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
    १२ नोभेम्बर, हङकङ– किरात याक्खा छुम्मा हङकङद्धारा बलिहाङ तङनामको उपलक्ष्यमा डोकेनी लाक सहित मंकहिलमा “देउसी भैलो तथा शुभकामना आदनप्रदान कार्यक्रम–२०१७” सम्पन्न गर्यो । 
     छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ रहेकी थिइन । त्यस्तै गरि विशेष अतिथिहरूमा अन्य ३ किराती संस्थाका अध्यक्षहरु क्रमशः किरात राई यायोक्खा हङकङका अध्यक्ष रजिन राई, किरात याक्थुम चुम्लुङ हङकङका अध्यक्ष त्रिभुवन लुङफुङवा र सुनुवार समाज हङकङका अध्यक्ष एल.बि.मुखिया रहेका थिए भने अन्य अतिथिहरुमा किरात राई साम्पाङ जुम्लेखा हङकङका अध्यक्ष तेज कुमार राई, छुम्माका सल्लाहकारहरुः किसन देवान, माया लिंखा, गंगा प्रसाद याक्खा, बगैचा डटकमका प्रधान सम्पादक बगैचा लिमिटेडका अध्यक्ष नरेश सुनुवार, नेपाल फाइनान्सका डाइरेक्टर धिरज कुमार राई लगायतका सामाजिक, धार्मिक तथा व्यावसायिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु रहेका थिए ।
     छुम्माकी उपाध्यक्ष लिला देवानद्धारा श्वागत मन्तब्य राखेसंगै कार्यक्रमका सभापति पूर्ण प्रसाद देवान र प्रमुख अतिथि रिता गुरुङद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएको छोटो औपचारिक कार्यक्रममा छुम्माका सल्लाहकार किसन देवान, यायोक्खाका अध्यक्ष रजिन राई, सुनुवार समाजका अध्यक्ष एल.बि.मुखिया, याक्थुम चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफुङवा र महासंघकी अध्यक्ष रिता गुरुङद्धारा बलिहाङ तङनाम तथा देउसी भैलोको महत्व माथि प्रकाश पार्दै शुभकामना मन्तव्य राखेका थिए ।  
      छुम्माका सचिव टोपबहादुर याक्खाले सन्चालन गरेको छाटो औपचारिक कार्यक्रममा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवानले याक्खा जातीहरुले मात्रै नाँच्ने लोपउन्मुख डोकनी लाक बारेको मिथक सहित शुभकामना मन्तब्य राख्दै कार्यक्रम सफल बनाउँन उपस्थित सम्पूर्ण अतिथि तथा याक्खा परिवारहरु प्रति आभार प्रकट गरेका थिए ।
       छोटो औपचारिक कार्यक्रमको समापनसंगै याक्खा गीत तथा लाक (च्याब्रुङ) को साथमा खेमाहाङ जिमि, लोकराज याक्खा, विज्ञान याक्खा, मनु याक्खा लगायतको केइलाक (च्याब्रुङ नाँच) टिमद्धारा केइलाक तथा डोकेनी लाकको प्रदर्शन गरिएको थियो ।
      त्यस लगत्तै देउसी भैलो, एकल तथा सामुहिक नाँचगान लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरुको साथमा सम्पन्न भएको उक्त कार्यक्रममा उत्कृष्ट याक्खा पहिरनमा पुरुष तर्फ संजय याक्खा र महिला तर्फ प्रमिता याक्खा पुस्कृत भएका थिए । कार्यक्रममा बि.बि.क्यू, बंगुरको भुटुवा, सेल रोटी लगायत विविध याक्खा परिकारहरुको समेत व्यवस्था रहेको थियो ।





Hot News

 

SEARCH

Newsletter

Top