Hot News
चौतिस बर्ष पछि हङकङ र नेपाल बिच भलिबल प्रतियोगिता हुने ; महानायक राजेश हमाल हङकङ आउदै ; हङकङमा नेपाली चलचित्र “तारेभीर” को सफल प्रदर्शन ; ‘मोष्ट वान्टेड’ रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने ? ; १६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी
Home > News > Political

सत्तारुढदलले आफूखुशी चुनाव सार्यो : राजपा, असोज २ लाई पनि अस्वीकार

Saturday, 06.17.2017, 10:25am (GMT+6.5)    | Comment | Print | Tell friend

३ असार २०७४ 
काठमाडौ
राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर २ मा चुनावको मिति सार्ने विषयमा सरकारले एकपक्षीय निर्णय गरेको भन्दै आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ । राजपाका अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले मधेशलाई खण्डित गर्ने षडयन्त्र स्वरुप सत्तारुढ दलका नेताहरुले आफूखुशी चुनावको मिति सारेको आरोप लगाए। सत्तारुढ दलसँग भएको छलफलमा आफूले चुनावको मिति सार्ने विषयमा छलफल गरे पनि निर्णय भने एकलौटी भएको उनको भनाइ छ । सरकारले राजपालाई चुनावमा ल्याउने भन्दै बिहीबार प्रदेश नं. २ को निर्वाचन सारेर असोज २ मा गर्ने र १, ५ र ७ को उम्मेदवार मनोनयन दर्ता दुई दिन पछि सार्ने निर्णय गरेको थियो। राजपाले भने असार १४ मा हुने प्रदेश नं. १, ५ र ७ को स्थानीय तह निर्वाचनमा पनि भाग नलिने र असोज २ लाई पनि अस्वीकार गर्ने निर्णय गरेको छ। राजपाले असार १४ मा हुने प्रदेश नं. १, ५ र ७ को स्थानीय तह निर्वाचनमा पनि भाग नलिने र असोज २ लाई पनि अस्वीकार गर्ने निर्णय गरेको छ। राजपा अध्यक्ष मण्डलका सदस्यको शुक्रबार बसेको बैठकले असार १४ को चुनावमा भाग नलिने निर्णय यथावत् रहेको निर्णय गरेको छ। बैठकपछि संयोजक महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा राजपाले अघि सारेका माग सम्बोधन नभएसम्म चुनावमा नजाने उल्लेख छ। राजपाले यसअघि घोषणा गरेको आन्दोलनका सबै कार्यक्रम यथावत् रहेको पनि विज्ञप्तिमा जनाइएको छ। बैठकले असार ३ र ४ गतेका लागि आन्दोलनको कार्यक्रम थप गरेको छ। २ गते लाठी जुलुस निकाल्ने र ४ गते मधेस तथा थरुहट क्षेत्र बन्द गर्ने विज्ञप्तिमा जनाइएको छ। सरकारले उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन दुई दिन सारेर असार ४ गते पुर्याोएपछि राजपाले पनि कार्यक्रम थप गरेको हो। उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन असार ४ गते राजपाले थरुहट मधेस बन्द कार्यक्रम राखेको हो। राजपाले यसअघि नै असार १० गतेदेखि मधेस थरुहट क्षेत्रमा अनिश्चितकालीन बन्द कार्यक्रम राखेको छ। संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण, मधेश आन्दोलनका क्रममा पक्राउ परेकाको रिहाई, मुद्दा फिर्ता लगायतका विषयमा राजपाले अडान कायमै राखेको छ । 


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top