Hot News
चिकित्सा शिक्षा अध्यादेश पारित ; ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज
Home > News > Political

दमकमा चुनावी रौनक, फोरम नेपाल र नयाँ शक्तिको संयुक्त उम्मेदबारी दर्ता

Sunday, 06.18.2017, 04:51pm (GMT+6.5)    | Comment | Print | Tell friend

४ असार २०७४

झापा दमक


झापाको दमकमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले संयुक्त मनोनयन दर्ता गराएका छन् । दुवै पार्टीले आज संयुक्त उम्मेद्वारी दर्ता गराएको फोरम नेपालका लिम्बुवान प्रदेश सचिवालय सदस्य कमन देवानले जानकारी दिनुभयो । दमक नगरपालिकाको मेयरमा सतिश साह र उपमेयरमा गंगा सागर शेर्माको उम्मेद्वारी परेको हो । साह नयाँ शक्ति र शेर्मा फोरम नेपालका उम्मेद्वार हुन् ।त्यस्तै, दमक वडा नम्बर १ मा फोरम नेपालको सेट उम्मेद्वार छन् । वडा अध्यक्षमा ओममाया आङ्देम्बे, महिला सदस्य कृश्नकुमारी अधिकारी, महिला दलित सदस्य कल्पना विक, खुल्ला सदस्यमा कुमार राई र पन्चमाया लिम्बू छन् । वडा ३ मा डम्बरबहादुर तिम्सिना अध्यक्ष नयाँ शक्तिबाट र खुला सदस्यहरु गंगाप्रसाद दुलाल र नरेन कुमार शेर्मा फोरम नेपालबाट उम्मेद्वार बनेका छन् । वडा ५ बाट अध्यक्षमा राजु खड्का र दलित महिला सदस्यमा सीता परियार नयाँ शक्तिबाट उम्मेद्वार छन् भने महिला सदस्यमा उमा लिम्बू र खुल्ला सदस्यमा पुष्कर पोख्रेल ससफोबाट उम्मेद्वार बनेका हुन् । वडा ६ बाट सेटमै नयाँ शक्तिले उम्मेद्वारी दिएका छन् । अध्यक्षमा पुष्पराम न्यौपाने, महिला सदस्यमा सुनिता पौदार, दलित महिला सदस्यमा सुनिता राम मोची, खुल्ला सदस्यमा गुड्डुकुमार जजैसवालले उम्मेद्वारी दिएका छन् । वडा ७ मा फोरम नेपालको सेट उम्मेद्वार उठेका छन् । अध्यक्ष्यमा गजेन लावती, महिला सदस्य विश्नुकुमारी चेम्जोङ, दलित सदस्य लक्ष्मी सार्की र खुला सदस्य महेन कुमार सुब्बाको मनोनयन परेको छ । वडा ८ मा नयाँ शक्तिको अध्यक्ष उम्मेद्वार उमेश गजमेरको उम्मेद्वारी परेको छ । वडा ९ मा फोरम नेपालबाट अध्यक्षमा मिनकुमार लिम्बू, महिला सदस्यमा धनकुमारी कार्की , खुला सदस्यमा रणबहदुर राईको उम्मेद्वारी दर्ता भएको छ । वडा १० मा नयाँ शक्तिबाट अध्यक्षमा खगेन्ऽ न्यौपानेको उम्मेद्वारी परेको छ । वडा २ र ४ मा कुनै उम्मेद्वारी नौठाइएको बताइएको छ । दमकको चुनावी माहोलमा ससफोले निक्कै तरंग ल्याएको संयोजक देवानले बताउनुभयो ।

झापाको सबै १५ वटै गाउा तथा नगर पालिकामा उम्मेद्वारी दर्ता कार्य जारी रहेको ससफो झापाका सचिव सुशील राईले बताउनुभयो । ससफोले नयाँ शक्ती लगायत अन्य  दलहरुसाग पनि तालमेल गरेर उम्मेद्वारी दिएको बताइएको छ । पहिचान विरोधी एमाले र गणतन्त्र विरोधी राप्रपासाग भने जिल्लाको कुनै पनि स्थानीय तहमा तालमेल नगरिएको बताइएको छ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top