Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
Home > News > Sports

घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने,

Wednesday, 04.19.2017, 08:46pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
आगामी अप्रिल २२-२३ तारिक काउलुन पार्क स्पोर्ट्स हलमा हङकङ तेक्वान्दो एसोसिएसनले आयोजना गर्न गैरहेको "२१औ एशियन सिटिज तेक्वान्दो च्याम्पियनसिप" मा एभरेस्ट तेक्वान्दो एकाडेमीका महिला खेलाडी योलेन्दा तबोएनाले प्रबेश पाएको छ। फिलिपिन्सकि घरेलु कामदारको रुपमा काम गर्दै आएकी तिनी हङकङ नेसनल ब्लाकबेल्ट तेक्वान्दो च्याम्पियनसिपमा पदक जिते पछि तिनी उक्त प्रतियोगितामा छनौट भएकी हुन। एशियाका अधिकाम्स देशहरुका खेलाडीहरु सम्मिलित उक्त प्रतियोगितामा कुनै पनि घरेलु कामदार हङकङको राष्ट्रिय झन्डा बोकेर हङकङको प्रतिनिधित्व गर्दै रिङमा उत्रने तिनी पहिलो खेलाडी हुन भने नेपाली तेक्वान्दो क्लबहरु मध्ये उक्त प्रतियोगितामा आफ्नो खेलाडी सामेल भएको पहिलो क्लब एभरेस्ट तेक्वान्दो एकाडेमीका भएको भनी प्रेसिडेन्ट तथा चिफ ईन्टक्टर रबिन कुमार नाल्बो बताउछन। तिनले पुम्से बिधामा प्रतिस्पर्धा गर्नेछिन।
हिजो अपरान्ह काउलुन स्पोर्ट्स रुममा जानकारी कार्यक्रम मार्फत तीनलाई खादा ओढाएर शुभकामना दिईयो। हर्षाश्रु हुदै तीनले भनिन " जीवनमा पहिलोपटक यति न्यानो शुभकामना पाएको छु,म खुशीको आँसु बहाउन चाहन्छु, क्लबको ईज्यत बढाउदै उन्नतिको लागि दिलोज्यान दिनेछु"।
पाचौ डन ब्लाक बेल्ट नाल्बोले सन २००७ बाट सन्चालन गरेको उक्त क्लबले अन्तर क्लब , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेख्य बर्चश्व जमाईरहेको छ भने ३ जना अन्तर्राष्ट्रिय प्रशिक्षक, ४ हङकङका सर्टिफाईड रेफ्री र ७ जना सर्टिफाईड प्रशिक्षकहरु कार्यरत छ्न। अहिले सम्म ८०० जतिलाई तेक्वान्दो सिकाईसकेको तथा २०० भन्दा बढि चालू प्रशिक्षार्थीहरु रहेको मास्टर नाल्बो बताउछन।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top