पेट सफा राख्ने यी हुन् प्राकृतिक तरिका

कहिले कहिँ खाना खाइरहेको बेला हामीलाई थाहा हुँदैन कि, हामीले कति खायौं, के खायौं ? रोगको कारण यही नै हो । भनिन्छ, विश्वमा खान नपाएर होइन, खान नजानेर धेरै मानिसले ज्यान गुमाउँछन् । खान नजानेरै हो, रोगी भएको पनि ।

के भनिन्छ भने, तमाम रोग पेटबाट सुरु हुन्छ ।

यदि पेट स्वस्थ्य भयो भने समग्र रुपमा हामी स्वस्थ्य र तन्दुरुस्त हुन सक्छौ । अतः पेटलाई स्वस्थ्य राख्नका लागि अतिरिक्त औषधी खाइरहनु पर्दैन, न उपचारकै आवश्यक छ । सहि एवं समुचित खानपान र सहि खाने तालिकाले पेट सफा हुन्छ । त्यसबाहेक केहि प्राकृतिक उपाय छ, जसले पेटलाई स्वस्थ्य राख्न मद्दत गर्छ ।

– बिहान उठ्नसाथ खाली पेटमा मनतातो पानी पिउनुपर्छ । दुई वा तीन गिलास पानी पिइसकेपछि शौंच क्रिया गर्नुपर्छ ।

– खानामा हरियो सागपात सामेल गर्नुपर्छ, जसमा उच्च फाइबर छ । यस किसिमको खानाले पाचन यन्त्र बलियो हुन्छ ।

– एकसाथ धेरै खाना खानु हुँदैन, जो पचाउन गाह्रो हुन्छ ।

– चिल्लो, तारेको, मसलेदार खानेकुरा पचाउन गाह्रो हुन्छ ।

– खाना खाइसकेपछि सलादको रुपमा गोलभेडा सेवन गर्नु लाभदायक हुन्छ । अझ त्यसमाथि वीरे नुन छर्कनुपर्छ, राम्रो हुन्छ ।

– संभव भएसम्म मासुजन्य परिकार त्याग्नुपर्छ वा कम सेवन गर्नुपर्छ ।

– पुदिना पाचन क्षमता बढाउन उपयोगी हुन्छ । त्यस्तै मेवाले पनि पेट तन्दुरुस्त राख्न मद्दत गर्छ ।

– अदुवाको टुक्रामा नुन छर्किएर दिनमा केहि पटक सेवन गर्नुपर्छ, पेट सफा हुन्छ ।

पाचन क्षमता बढाउने फल

पाचन क्षमताका लागि कतिपय फल उपयोगी हुन्छ । यदि तपाईको पाचन क्षमता राम्रो छ भने प्रतिरक्षा प्रणाली पनि बलियो हुन्छ । त्यसले गर्दा शरीरमा अन्य रोग लाग्न पाउँदैन ।

स्याउ- दिनमा कम्तिमा एउटा स्याउ सेवन गर्नु पेटका लागि अति लाभदायक हुन्छ । यसमा रहेको भिटामिन सि, भिटामिन ए, फोलेट, खनिज, पोटाशियम र फोस्फोरसले पाचनमा राम्रो फाइदा पुग्छ ।

केरा- मल त्यागका लागि केरा एकदमै लाभदायक फल हो । फाइबरले भरपुर केराले पाचन यन्त्रमा राम्रो सघाउ पुर्‍याउँछ । पखला लागिरहेको अवस्थामा केरा अझ बढी उपयोगी हुन्छ । त्यस्तो अवस्थामा यसको इलेक्ट्रोलाइट्स र पोटायिशमले फाइदा पुर्‍याउँछ ।

एभोकाडो-भिटामिन सिले भरपुर एभोकाडो फाइबरको पनि राम्रो स्रोत हो । यो फल सेवन गर्दा पाचन यन्त्र बलियो हुन्छ ।

मेवा- मेवामा भिटामिन, ए, बि र सी पाइन्छ । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ ।

आरु- पोटाशियम, फाइबर, आइरन, क्याल्सियम र भिटामिन सिले भरपुर आरु पौष्टिक हुनका साथै स्वादिलो पनि हुन्छ । यस फलको सेवनले पाचन यन्त्र तन्दुरुस्त हुन्छ ।

किवी- जसलाई पाचन सम्बन्धी समस्या छ, उनीहरुले किवी फल सेवन गर्नु फाइदाजनक हुन्छ । यसमा भिटामिन सि, भिटामिन इ, लिोनालेनिक एसिड, एक्टिनिडिन, पोटाशियम, म्याग्नेशियम र अन्य फ्याडी एसिड हुन्छ, जसले पचाउनमा सहयोग गर्छ । यसका साथै किवीमा पेप्सिन पाइन्छ । पाचन यन्त्रले राम्ररी काम गर्नका लागि पेप्सिनको एकदमै आवश्यक हुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार