नक्कली परिचयपत्र (ID) प्रयोग गरेको आरोपमा दुई महिला पक्राउ

बगैंच डटकम हङकङ ।

२२ डिसेम्बर २०२१, बुधबार बिहान चिम शा सुई होटलमा चेकजाँच गर्दा होटलका कर्मचारीले एउटै परिचयपत्र नम्बर भएको फेला पारेपछि दुई नेपाली महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

दुबै जनाले बुधबार बिहान करिब १२ बजे चिम शा सुईको सालिबरी रोडमा रहेको एउटा होटलमा चेक इन गरेका थिए। जब उनीहरूले कर्मचारीहरूलाई आफ्नो परिचय कागजात देखाए, उनीहरूले ती दुई महिलाको ठ्याक्कै एउटै आईडी नम्बर भएको पाए।

शंका लागेपछि कर्मचारीले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरेका थिए ।

प्रारम्भिक अनुसन्धानपछि ३६ वर्षीया महिलाले अर्कै व्यक्तिको परिचयपत्र प्रयोग गरेको र ४१ वर्षीया महिलाले नक्कली परिचय पत्र प्रयोग गरेको आशंका गरिएको थियो । त्यसपछि ती जोडीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछका लागि म्याद थपेको थियो ।

अहिले यो मुद्दा जिल्ला अपराध अनुसन्धान टोलीले हेरेको छ । (एचके पोर्टल)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार