काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) खोकनामा अड्कियो…..

काठमाडौँ — नेपाली सेनाको निर्माण व्यवस्थापन रहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा ६४.४७७ किमिमा ठेक्का व्यवस्थापन भए पनि ललितपुरको खोकना खण्डको विवाद अझै टुंगिएको छैन, जसले गर्दा यो खण्डको ६.५ किमि क्षेत्रमा ठेक्का व्यवस्थापनको काम भएको छैन । खोकना–बुङमती खण्डको २ सय ११ रोपनी जग्गा अझै अधिग्रहण हुन सकेको छैन । खोकना इलाकामा रहेका विभिन्न प्रकृतिका गुठी र केही व्यक्तिगत जग्गाहरूको ...

ठगी प्रकरण गुरुङ पुर्पक्षका लागि थुनामा, पुनसहित ६ लाई धरौटीमा छाड्ने आदेश…..

भैरहवा — बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम अपचलन आरोपित ६ जनालाई जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गर्न आदेश गरेको छ । शुक्रबार मध्याह्न थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ भने पूर्वपदाधिकारीसमेत रहेका दीपेश पुनलाई भने चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश भएको छ । ठग...

नेपालमा वामपन्थी सरकार स्थिर भएको हेर्न चाहन्छौँ…..

बेइजिङ -  चीनले नेपालमा वामपन्थीहरूबिचको एकतामा जोड दिएको छ । चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा चीनको इन्टरनेशन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले वामपन्थी एकीकरणमा जोड दिएका हुन् । आफ्नो कार्यकक्षमा बिहीबार भएको भेटका क्रममा चियानचाओले नेपालमा एमाले र माओवादी केन्द्रसहितको वामपन्थी पार्टी...

सांसद खड्काले १५ वर्षदेखि कब्जा गरेको स्काउटको जग्गा प्रशासनको नियन्त्रणमा…..

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति सिल गरी नियन्त्रणमा लिएको छ । स्वयंसेवी संस्था स्काउटसँग ३ रोपनी जग्गा भाडामा लिई आसपासमा थप ९ रोपनी जग्गा १५ वर्षदेखि नेपाल संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद खड्काले हडपेका थिए । उनी सञ्चालक रहेको श्री खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटको जग्...

युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि…..

काठमाडौँ — युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि भएको बीबीसीले दाबी गरेको छ । बीबीसी रुसी सेवा र रुसी स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना र केही स्वयंसेवकहरूको तथ्यांक संकलन र विश्लेषणबाट उक्त संख्यामा रुसी सेनाको मृत्यु पुष्टि भएको दाबी गरिएको हो । बीबीसीका अनुसार फेब्रुअरी २०२२ देखि तथ्यांक संकलनको काम भइरहेको थियो । युद्ध सुरु भएदेखि नै बीबीसी र मिडियाजोनका लागि काम गर्ने स्वयंसेवक...

खाडीमा भीषण वर्षा, नेपालमा सयौं यात्रु अलपत्र…..

काठमाडौँ — यूएईलगायत खाडी क्षेत्रमा सोमबार राति भएको भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् । पोखराका चिरञ्जीवी धिताल, सुनसरीका आजाद अन्सारी लगायतका यात्रु मंगलबार राति १ बजे एफजेट–५७४ नम्बरको उडानबाट दुबई पुग्नुपर्ने थियो । तर, मंगलबार फ्लाई दुबईले राखेका तीनमध्ये दुबई–काठमाडौं–दुबईका दुइटा उडान भएन । ‘मौसमको कारण देखाउँदै उडान रद्द भएको भ...

सरकार आगामी चुनावसम्म चल्छ, राजनीतिक अस्थिरताको डर नलिनु…..

काठमाडौँ -   प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आगामी चुनावसम्म सरकार नफेरिने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसङ्घको २१औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले अर्को चुनावसम्म सरकार परिवर्तन नहुने दाबी गरेका हुन् ।पछिल्लो चुनाव सकिएयता मैले ३ पटक विश्वासको मत लिइसकेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अझै म नै प्रधानमन्त्री छु ।’ उनले सञ्चार माध्यममा आउने समाचारबाट सरकार फे...

बचतकर्ता सडकमा, गैरकानुनी ऋण लिने लामिछाने सत्तामा…..

भैरहवा र कपिलवस्तु — बुटवलस्थित सुप्रिम सहकारीका बचतकर्ताहरूले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न र उनका व्यापारिक साझेदार तथा सहकारी ठगीका मुख्य नाइके गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले राई र लामिछानेसहितले ‘प्रक्रिया पूरा नगरी’ करिब १४ करोड गोर्खा मिडियामा सारेको किटान ...

कतारी अमिरको भ्रमणमा नयाँ श्रम सम्झौता गर्न नेपालको प्रस्ताव…..

काठमाडौँ — नेपालले कतारका अमिर शेख तमिम बिन हमाद अल–थानीको आसन्न भ्रमणमा नयाँ श्रम सम्झौता गर्न कतारसँग प्रस्ताव राखेको छ । नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको हो । वैशाख १२–१३ मा नेपालमा हुन गइरहेको कतारी अमिर अल-थानीको नेपाल भ्रमणको अवसरमा कतारसँग नयाँ श्रम सम्झौता गर्न नेपालले प्रस्ताव राखेको हो । श्रम सम्झौता गर्न नेपाली पक्ष तयारी अवस्थामा पुगिसकेको छ । कतारको अमिरको भ्रमणबारे परराष...

सुप्रिम सहकारीबाट गृहमन्त्री लामिछानेले गैरकानूनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको पुष्टि…..

भैरहवा — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएको छ । रुपन्देही जिल्ला प्रहरी कार्यलयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको उल्लेख छ । गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा बुटवलमा खुलेको सुप्रिम ब...

सुप्रिम सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी…..

भैरहवा — रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । बचतकर्ताले आफ्नो रकम हिनामिना भएको जनाउँदै उजुरी दर्ता गराएपछि प्रहरीले एक महिनाभन्दा लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले प्रहरीले रकम हिनामिनामा संलग्नको आरोपमा २८ जनालाई प्रत...

इरानद्वारा इजरायलमाथि आक्रमण, पश्चिम एसिया थप तनावमा…..

काठमाडौँ — इजरायलको जेरुसेलमस्थित मोहिनमा कार्यरत बाँकेका कुमार बुढा क्षेत्रीलाई शनिबार राति इरानले इजरायलमाथि आक्रमण गर्दै छ भन्ने पूर्वसूचना थियो । तर, त्यो आक्रमण कति भयानक हुन्छ भन्ने क्षेत्रीलाई आकलन थिएन । इजरायलमाथि आक्रमण हुँदै छ भन्ने हल्ला एक सातादेखि नै व्यापक थियो । यहाँको सरकारले शनिबार राति आक्रमण हुँदै छ भन्ने पूर्वसूचना दिएको थियो । त्यसअनुसार हामी सुरक्षित अवस्थामा बसेका थियौं,’ क...