गजल
तिमी साह्रै लजाउदा म केही धकाएथेँ सानु
लजालु ति मुहार हेर्दै हात समाएथेँ सानु
मनको कुरा भन्न तिम्लाई कति गाह्रो भा' थियो
तर मेरा चाहाहरू सबै बताएथेँ सानु
सानु भनि बोलाउदा सर्माएर मुख छोप थियौ
फेरी मैले जिस्काएर साह्रै सताउथेँ सानु
तिम्ले मलाई बिश्वास गरी यति धेरै माया दियौ
तेहि भएर मैले चाँडै भगाएथेँ सानु । |