आमा मलाई के हुन्छ के हुन्छ
बनको चरी कराउदा मन रुन्छ
रानी वनमा न्याउली चरी रोई रन्छ
सम्झेर ल्याछु आमा विरह त्यसै चलिदिन्छ
भिरालो पहरामा सुनखरी फुल्छ नटिपी नै ओईलिन्छ
वर्तमानलाई धोका दिंदै आमा भुतकाल त्यसै रोईदिन्छ
चैत वैशाखको खडेडीले पाखा त्यसै उराठ छ
छाती पोल्छ मुटु दुख्छ यो मन के गरी बुझाउ त
सल्ला घारी हावा चल्छ सल्ला त्यसै सुसाउछ
हुरी बताससरी छ जिन्दगी कसो गरी जोगाउ त
वारीपारी हरियाली बन बिचमा धेरै बगर छ
चोटहरु बल्झी रहे पनी आमा बाँच्ने रहर अझै छ
मिरमिरेमा उदाँउछ बिहानीको लाली मर्दै बाँच्दै गर्दैछु आमा संसार हेर्नको लागी |