Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : July 21, 2009 | Author : आई बि राई
Category : Story / कथा | Views : 1437 | Rating :

  
आई बि राई

त्यति बेला मैले त्यस घटनालाई बुझ्नैसकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइना । घटना (घटना नै भनुँ) यस्तो भएको थियो :

 

हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट पढिसकेको लेखिसकेको भए पनि साँच्चै टिस्टाले बहँदै कराएको मैले धीत मारेर सुन्नपाएको थिइनँ । मध्यदिन र मध्यरातमा स्वाँ.......लामो ढाक्दो आवाज गरेर टिस्टा खोला बास्छ भनेर पनि बर्खा र हिउँदोमा त्यसको बगरतिर काम गर्न जानेहरूबाट सुनेको छु । तर कालिम्पोङ-गान्तोक जाँदा-आउँदाको हतारमा गाडीदेखि एक छिन उत्रेर पुलमा पुगेको, पानीमा मास्तिर तल्तिर हेरिपठाएको, त्यतिले टिस्टाको आवाज सुन्ने मेरो तृष्णा र भोक अतृप्त नै रहेको थियो । महान् भन्न मनलाग्ने हरियो नीलो जलराशीको बग्दो फैलावट माथिका सुप्तझैं बालुवाहरूमा अनेकौं विगतका करङहरू कोरिएर रहेको, हावाको वेगले पंखा लागेर वरपरका जम्मै झारजंगलहरू हल्लिरहेको कल्पनाबीच टिस्टाको हरररभित्र कतै छुट्टै छलललको आवाज, कतै भिन्दै भुरूरूरूहरू पनि भएको र बजेको याद आउँथ्यो.....

 

गान्तोकबाट फर्किएको त्यस दिन त्यसैर त्यहीं टिस्टामा मैले बास पारेको थिएँ ।

 

डाकबंगलाको कोठाहरू मरमत गरिंदै रहेछ र मलाई दिइएको को पनि हालै चुना पोतिएको आलो गन्धको र चहकिलो सेतो असजिलो थियो । छेवैको सटेको कोठामा जम्मै डाकबंगला मरमत गर्ने बढाइ, राज, रंगवाला र कुल्लीहरूले डेरा बनाएका रहेछन् र तिनीहरू नै हुन् यस कथाका घटना । विषेष दिन बनाएर आज तिनीहरू कोठाभरि थुप्रेका थिए, उछिनीउछिनी कुरा गरिरहेका थिए, केही पकाइरहेका थिए र बात त्यैमाथि भइरहेको थियो, तिनीहरूले खीर पकाइरहेका थिए ।

 

खानेकुरोको कुरा गरेको मन पर्दैन मलाई । तरै पनि केही नलागेर सुनिरहें । दैलोदेखि बाहिर मध्यदिन बितिसकेको चकमन्नको उज्यालो थियो । पलंगमाथि बेडिंग फैलिएपछि फेरि फर्केर बाहिर हेर्दा एक्कासि बढ्ता बेलुका पसिहालेको अर्कै रंगको उज्यालो रूखका पात र हाँगाका अभेक ठाउँहरूलाई पनि छोइराख्न पुगेको थियो ।

 

'खीर खानु नै हो भने, एक पावा चामललाई दुइ सेर दूध चाहिन्छ,' ��"ढार परेका चंकाला आँखाको चित्र दिने एउटा शोरले किटान गरी गरी भनिरहेको थियो- 'यति हाम्रो चामललाई दश सेर दूध चाहिन्छ । कति सेर हाल्यो ?'

'कति सेर हाल्यो र ? चार सेर त हाल्यो ।'

'टिस्टा जस्तो जग्गामा चार सेर नाथु दूधको खीर खाएको, थुक्क ?' त्यही अघिको शोरले भन्यो ।

'चार सेर दूध हालेको !' पनि भन्योः यस्तरी भन्यो जस्तो कि त्यो कुरा कुनै कालो फाटेको टालो हो र उचालेर सबलाई उसले देखाइरहेछ ।

'खीर खानु नै हो भने, धेरै चिज चाहियो,' एउटा बूढोबूढो शोर माथि चढ्यो-'पहिले त तिमीहरूको चामलै भएन । नुनिया चामल ल्याउनुपर्छ, मसिनो सलसल परेको...'

'अलुवा नै किनिसक्नु छैन रैछ यहाँ ।' गम्म परेको मान्छेको जस्तो बोल्यो -'रंगुने अलुवालाई पहाडे चामलसँग झुक्याएर के ।'

'ठिक्क पहाडे बएर्नी जस्तै हुन्छ त्यो मुर्दा ।' अर्कोले सघायो तत्कालै ।

'चिज पाइयो र खीर खाने नै हो भनेदेखि भनेको,' उसले नहारी भन्दैगयो- 'नुनिया चामल पुरानो, कालो नुनिया अझ राम्रो, मग्मग् बासना आउँछ, दश बाह्र सेर खाँट्टी दूधमा पकाउनू । दूध त पन्द्रह सेर लाग्छ । पाँच सेर पानी सुकाउनुलाई पकाउँदा-पकाउँदा चामल जति फुटेर सब लिटो भइसक्छ, खोले । मुट्ठी पारेको जस्तो बाक्लो दूध छ भने सिता सग्लो सग्लै बसेको ठर्रो खीर हुन्छ । खोले खीर त मुनि डढिसक्छ, भरै जम्मै डढेको गन्हाउँछ, मुनिको पर्नेलाई...'

 

'दाँत माझेको जस्तो हुन्छ', भन्यो कि के भन्यो अर्कोले मैले राम्रो सुनिनँ ।

 

एक छिनपछि अकैं एक स्वर एक छेवदेखि उम्ल्यो-'दूध मात्रै ��"इराएर हुन्छ ? पेश्ता चाहिन्छ, किसमिस, हाडे बदाम, दालचिनी, नरिवल, तेजपात, ल्वाङ जुटाउनुपर्छ । ठिक्कको धीमा आँचमा पकाउनुपर्छ । किसमिस पच्छि छोड्नु पर्छ । अघाडि छोड्दा फुट्छ ।'

 

'त्यो सब हालेर के हुन्छ ?' एउटा उत्सुक सुरिलो स्वरले सोध्यो ।

 

'स्वादको लागि ।'-'बासनाको लागि ।' -'तागतको लागि ।' -झ्याउँ-झ्याउँती त्यसलाई सबले कराए ।

 

'पल्केलास् ।' अझै त्यही भत्सर्नाको रहलपहल जस्तो कसैले भन्दै थियो- 'सपनातिर खीर खोजिहिँड्लास । त्यसरी मन बुझँउलास् ।'

 

'त्यसरी खीर पकाएको छ भने बासना उः पर बाटोमा हिँड्नेको नाकमा लाग्छ,' अर्कोले भन्यो ।

 

याद गरेर यति बेला मैले तिनीहरूको खीरको बासना सुँघ्ने बल गरेँ, पटक्कै पाएको जस्तो लागेन ।

 

'तेरो खीर, यहीं बसेको हामीलाई त बासना आउँदैन ।' बूढाले भनि पनि हाल्यो ।

 

'क्यै नहेरी, गज्जबकै खीर खाऊभन्दा तिमी नै पैसा निकाल्नु मान्दैनौ, ' प्रतिवादमा आयो उत्तर- 'चोरेर होस्, कमाएर होस्, अर्काको रिन नतिरेरै होस् जसरी पनि खाइहालेर बाँच्दै गर्नुपर्छ, बाँचिरहनु सक्नुपर्छ ।'

सबजना सामसुम भए ।

 

त्यहीं सामसुमलाई म पनि रूङी रहेको रहेछु । विरोधमा उठेर म आहट दिंदै यता कोठामा टहल्नु थालें । फेरि मेरो उपस्थितिको यो घोषणाले ठूलो ढुंगा लडेर आएकोले झैं उनीहरूको बातचीतको खोलालाई अलि अर्कैतिर फर्काइदियो ।

 

'सब चिज जुक्ताएर मात्रै कहाँ हुन्छ, पकाउने सिप हुनुपर्छ' एउटाले थाल्यो, सेतो वाफ जस्तो ।

'जैलेसुकै खीर खाएर पनि त भएन, समय पारेर, आफूलाई विचारेर खानुपर्यो,' अर्कोले थप्यो ।

 

'उसो भए मुश्किल रैछ खीर खानु ' तेस्राले तीतो करायो- 'असम्भव रैछ ।'

 

हाँसो अलिअलि रोक्न नसकी मैले बाहिर हेरेँ । सब सामान्यजस्तै थियो । साँझका काला रूखहरू नहल्ली उभिरहेका थिए ।

 

'चलाउ-चलाउ ऐले डढ्छ यै पनि,'

'पाक्यो होला, अब त,'

'पाक्यो, पाक्यो,'

'त्यतिको पाकेकै हो,'

'पाकेछ-पाकेछ,' भएर भाँडा उतारियो । अलि परपर सबैजना हटेको र एकदुइले ठाउँ रोजेर ��"गटेको अनुमान आयो ।

 

खाँदा खाँदै एकजनाले सोध्योः 'के-के गन्हाएको जस्तो लाग्छ ?'

'त्यस्तै लाग्छ ।'

'दाउरा हो दाउरा, अग्गिदेखि म खुब याद गर्दैछु ।' कुन्नि कसले भन्यो ।

शंका मर्दै बौरादै गरिरह्यो ।

'चिनी लागेनछ ।' भनेर एकजनाले एक-दुइ कदम हिँडी चिनी ल्याई आफ्नो भागमा छर्यो ।

'खीरमा खानु नै हो भने,' फेरि त्यही शुरूमा कुरा पकाउने मान्छे खाँदै बोल्दै थियो-'चिनी होइन, खीरमा गुँड हाल्नुपर्छ रंग निस्किन्छ ।'

'गुँड पनि कालो गुँड होइन, खजुरको पाना-पाना परेको सफा गुँड हालेको मात्रै रसिलो हुन्छ ।' दोस्राले लगत्तै सुधार्यो- 'कालो गुँड हालेको त कसरी खानु, छ्याः ।'

'छ्याः है, कति खानुको कुरा गरेको ? कति दिनमा के खीर खाएको हो होइन, बडे-बडे बुरा हाँकेर....मलाई त कुरीकुरी लागिसक्यो ।' यो भन्नेले यता मलाई सुनाएर ग्लानि कम गर्न खोजेको थियो मैले बुझें ।

एक-दुइ गाँसमा तिनीहरू व्यस्त भए ।

'चिनी हालेको गुलियो दूध-भात जस्तो मात्रै भएछ ।' मोटो शोरले भन्दा जम्मै तिनीहरू एक्कासि हाँसिनिस्के । पकाउनु सिपालु शोर सबभन्दा लामो हाँसिरह्यो । उसले रोकिदै हाँस्दै गर्दा सँगै अरूहरू फेरि हाँसे ।

 ..............................

 

आज चार वर्षपछि म त्यो घटनाको अर्थ बुझिरहेछु । तिनीहरूले पकाएको खीर हाम्रो 'जीवन' जस्तो रहेछः जीवनलाई यसरी पो बाँच्नुपर्ने, जीवनलाई उसरी पो काममा लगाउनुपर्ने, प्रयोग गर्नुपर्ने भन्ने थुप्रै-थुप्रै आदर्शहरू हाम्रा मनभरि छन् तर साँच्चैमा बाँच्दाका भूल अपुग र भत्कोसहरूले नछोड्ने हाम्रो यो यथार्थ जीवन तिनीहरूकै खीर जस्तो भइरहन्छ जुन तिनीहरूले कुरा गरेको आदर्श खीरको व्यंग्य जस्तो मात्र थियो ।

 

जीवन के टिस्टा जस्तो नहोला जुन जहाँ जसरी बगे पनि आदर्श नै छ ?




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Story / कथा category

बाटुलीको बैँश
अन्धा जनता
'क्याफे वान'
लाहुरे विरासत
लाहुरे विरासत
अभियान
सल्लाह
विकास
छायाँसँग एकरात
कोठा खोज्नुको पीडा र छाँया
सिपाहीको सपना
आइमाई
खीर
पापी समय र निष्ठूरी मायालु
वास्तविकता
बाजेको कथा
छरपस्ट तन्नेरीहरू
मृग तृष्णा

    Links
Column / स्तम्भ

    Random Pick
भो म त लिन्न त्यो ढाल र तरवार
लडि्दन अब देशका लागि
भो म त बन्दिन यो देशको शहिद
चाहिदैन मलाइ मरे पछिको सलामी
शहिद बनेर के भो र ?
फगत क्षण भरको लागि

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
673283
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com