Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : August 16, 2009 | Author : अशोक राई
Category : Review / समिक्षा | Views : 1014 | Unrated

  
अशोक राई

परिचयः

टंक सम्बाहाम्फे हङकङमा एक लोकपृय तथा कृयाशील साहित्यकर्मी हुन् । उनी कवि मात्र होइनन् राम्रा गितकार पनि हुन् । उनको आफ्ना गीतहरूको दूईवटा गीति संगालो 'मनोभाव' र 'सार' बजारमा आईसकेका छन् । हङकङमा सम्बाहाम्फेले गरेका वैचारीक, साँस्कृतिक, राजनैतीक एबं सामाजिक प्रयत्नहरू नीकै महत्वपूर्ण छन् । नेपाली साहित्य प्रतिष्ठान हङकङका वर्तंमान अध्यक्ष तथा अनेसास हङकङ च्याप्टरका महासचिव सम्बाहाम्फेले प्रतिष्ठानको स्थापनार्थ सुरुदेखि नै अटुट सांगठानीक प्रयासहरू गर्नुका साथै हङकङमा नेपाली साहित्यको उत्थानका लागि महत्वपूर्ण योगदान दिदै आएका छन् । बिगतमा प्रतिष्ठानको प्रयासमा बिविध साहित्यिक प्रकाशनका कामहरू  हुनुका साथै www.srasta.blogspot.com Pa+ www.kavitakusum.blogspot.com h:tf  साहित्यिक लिंकहरू संचालन भएकाछन् । त्यसै गरेर सम्बाहाम्फेको नीजी प्रयासमा लिम्बूवान श्रष्टाहरूको प्रतिभालाई संगठित र सम्बर्धन गर्ने हेतुले साहित्य, कला र सास्कृति सम्बन्धी ब्लग www.limbuwan.blogspot.com संचालित छ ।

 

"युद्धभित्र उभिएका बुद्धहरू"

सृजनशील अराजक कवि हाङयुग अज्ञात् भन्नुहुन्छ "युद्ध नै ठीक् छैन ।" हो कबि लेखकहरू कहिले पनि अशान्तिको पक्षमा छैनन् । ध्वंस र बिनाशको पक्षमा छैनन् अनि अमानवीयताको पक्षमा छैनन् । उनीहरू जहिले पनि प्रतिपक्षी कित्तामा छन् सत्ताको, शक्तीको, बन्दुकको, बिकृती र बिसंगतिको । युद्धलाई कुनै पनि हिसाबले जायज भन्न सकिन्न । किनकी युद्ध ध्वंस र बिनासको कारक हो र मानवीयताको बर्खिलाप् हो ।

कवि टंक सम्बाहाम्फेको कविता कृति "युद्धभित्र उभिएका बुद्धहरू" लिएर म घोत्लिरहेछु । ४१ थान अमूर्त चित्र सहितका कविताहरूको संग्रह हो यो । जहाँ जीवन र जगतलाई हेर्ने दृष्टिकोण, डायस्पोरीक भावना, नोस्टाल्जीया देखि लिएर देश प्रेमका गाथाहरू पढ्न पाइन्छ । झण्डै दुई दशक परदेशमा जीवन बिताएका कवि सम्बाहाम्फेको मनभरि सधैं देशको माया र गाँउ घरको संझना छाउँदो रहेछ । कवि कतै देशको अथाह सौन्दर्यको बयान गर्छन् । कतै गुँराससित रमाउँछन र हिमफेदीमा पुग्छन अनि कतै आस्थाको धरातलबाट देशको ब्यथाहरू ��"कल्छन् । कतै "एक गाँस" भित्रको यथार्थहरू केलाउँछन भने कतै क्षितिज पारिको कुरुले तेनुपा गाँउलाई सम्बोधन गर्दै वालापनको याद गर्छन । यस कृतिभित्रको विशेष कविता "युद्धभित्र उभिएका बुद्धहरू"मा कविले युद्धको पीडाहरू पोख्दै बुद्धलाई संझेकाछन् । कृतिको नाम पनि यहि कविताको शिर्षकबाट राखिएकोछ । कवि स्वयंलाई पनि यो कविता नीकै मन परेको हुनुपर्छ । "बुद्ध" शान्तिको यस्तो बिम्ब हो जसको नेपाली काव्य दुनीयामा सर्वाधिक प्रयोग भएकोछ । यसबाट कवि तथा लेखकहरूले शान्तिको खातिर कस्तो कामना गरिरहेछन् भन्ने कुरा ज्ञात हुन्छ । केही कवितांशहरूलाई हेरौं-

उठ

जाग

युद्धभित्र उभिएका

ए ! बुद्धहरू हो !

जन्मन सक्छ अवश्य

तिमी उभिएको भुमिमा पनि अर्को बुद्ध

"युद्धभित्र उभिएका बुद्धहरू"

यस कवितामा भातृत्व र शान्तिको आग्रह छ । नेपाल बुद्धको जन्मभूमी हो । तर त्यही देशमा युद्ध र ध्वंशको पराकाष्ट पनि देख्नु पर्यो । के शान्ति हराएकै हो ? बुद्धको भुमीमा संग्राम कहिलेसम्म ? जस्ता प्रश्नहरूले कविलाई चीमोटेको हुनुपर्छ । त्यसैले कविले उनैलाई तिमी नै बुद्ध पनि हौ, आफूभित्रको बुद्धलाई जगाऊ भन्ने संकेत गरेका छन् जो युद्धरत छन् । यहाँ दंगा फसाद र अणु परमाणुहरूको बिरोध गरिएकोछ । सन्त्रासमय समयहरूलाई सम्बोधन गर्दै कवि उद्गार गर्छन्-

अस्तित्वको देशमा

युद्ध बिभिषिकाको बिज्ञप्ती भएका भएकाछन्

निर्दोष मान्छेहरू ।

"युद्धभित्र उभिएका बुद्धहरू"

 

दिन उज्यालोको बिम्ब हो । उज्यालो भन्नु सुख र हर्षको प्रतिक हो । तर यो उज्यालोभित्र धेरै भ्रमहरू छन् । तिनै भ्रमहरूभित्र मान्छेहरू बाँचीरहेका छन् आफ्नै तरिकाले । या त भ्रम सत्य हो या सत्य भ्रम हो ।

उभ्याउन खोजेँ दिन

बचाउन खोजेँ दिन

कहिल्यै उभेनन् सामुन्ने

बगीरहे नदी झै

पग्ली रहे हिँउ झै

"दिन"

 

दूनीयाका अनेक आकृतिहरूलाई मुर्त रुप दिन खोज्दै क्यानभासमा उतार्छन् कवि सबैलाई तर अमूर्त बन्न खोज्छ तस्विरहरू । तस्विरहरू बोल्दैनन् मुस्कान छर्दैनन् । जगतका बिम्ब र प्रतिबिम्बहरू, बिवशता र आभाषहरू भावनाको क्यानभासमा सधै अमूर्त लाग्छन् । अनि बिचारमात्र जन्माउन खोज्छन् कवि क्यानभाषमा-

अर्जाप्दै विचारका धारहरू

पुनः जन्माउन खोज्छु क्यानभासमा

असिमीत प्रतिबिम्बहरू

"भावनाको क्यानभाषमा दूनीयाँलाई पोत्दा"

 

 

परदेशी कविको देशप्रेम कविताहरूमा शब्द भएर पोखिएकाछन् । जहाँ पुगेपनि आखिर देशप्रेम त मर्दैन । देश मनको अपनत्व हो । आस्थाको धरोहर हो । नेपाली हुनुको गौरवमा, गुँरास र डाँफेको मनमोहकतामा कविको भावना यसरी कुदेकोछ-

मेरो देश हिम फेदीमा

गुँरास भएर फूल्छ

डाँफे भएर हाँस्छ

असीम आस्थाभरि नेपाली भएर बाँच्छ...

"मेरो देश"

 

तर देशको अस्तब्यस्तताले हायलकायल छन् जनहरू । असमानता, घटना र दुर्घटनाहरूको शिकार छ देश । उता देशका नाइकेहरू भने उत्सवमा रमाइरहेकाछन् सधैं । यो असन्तुष्टि कवितामा पोख्छन् कवि-

पोखिएर असमानता छ्यालब्याल्

घाइते भएको देश

चर्मराइरहेछ प्रत्येक दूर्घटनाहरूले

आर्तहरूको घाउ झै

छट्पटाइ रहेछ बेदनाहरूले

"कुन उत्सवको तयारीमा ?"

 

जिन्दगीको उतारचढाव प्रति हरेकको आ आफ्नै वितृष्णा छ । अनेक सपना छन् , आशाहरू छन् र तृष्णाहरू छन् । तर परिस्थितीको चोट्ले मानिस आहत् छन् । जिन्दगी फगत एउटा नशा जस्तो बेमञ्जुर पिउनु पर्ने-

समयको रित्तो प्याला भरी भरी

झुल्दै यथार्थको वरिपरी

बेमञ्जुर पिइरहेछु म

यो जिन्दगीको नशा

"यो जिन्दगीको नशा"

 

समय एउटा बिम्ब पनि हो । समयको डुङ्गा शिर्षकमा कविले यथार्थपरक काव्य रचना गरेका छन् । यात्रामा समयको डुङ्गा खियाउनु ज्वारभाटाको सामना गर्नु, आाधीबेहरीको चपेटा आइलाग्नु, ब्यवधान सहनु सामान्य हो । केवल डुंगा खियाउने माझी कै दशामा बाँच्छौ हामीहरू ।

अठोट् बाँधेर

अभीभारा बोकेका छौं डुंगा चढ्नुको

त्यसैले हामी

माझी मात्र भएका छौं

समय खियाउनुको ।

"समयको डुङ्गा"

 

वेस्वादिला वर्तमानहरूमा अतितका पाना पल्टाएर बैंस खोज्छन् कवि । स्वप्नील बैंसहरू समयसँगै वोझिलो भएर बूढो भएकोछ । आफैबाट टाढिएको बैंसलाई खोज्दै भन्छन् ।

फूलेको छ की भनेर........

आफैबाट परदेशीएको बैंस

सोधिरहन्छु मूलबाटोमा हिड्ने

प्रत्येकलाई

देख्यौ की भनेर......

"बैंसको खोजीमा"

यस कृतिमा भएका कविताहरू आकाश मान्छे र ब्याँसाहरू, युद्धभित्र उभिएका बुद्धहरू, कुन उत्सवको तयारीमा ?, अस्मिताको खातिर, कृतिम ब्रम्हाजीहरू, बिपत्तीमा परेकाछन् चराहरू, बिभाजित छन् आकाशहरू जस्ता कविताहरूमा यथास्थितीको चिरफार छ । विसङ्गति र अराजकताहरूको प्रत्यक्ष अप्रत्यक्ष बिरोध र त्यसप्रति बिद्रोह छ । समय, समयको डुङ्गा, एक छाक, जिउनुको अनकौं छालहरू, म एउटा यात्री, सपना, विडम्बना भित्रको म, आत्मा विश्वासको उज्यालोमा जस्ता थुप्रै कविताहरू जिन्दगीका अनेक पाटाहरूलाई चित्रण गर्ने, अनुभव र अनुभूती व्यक्त गर्ने र यथार्थको उजागर गर्ने कविताहरू हुन् । त्यसै गरेर इहलीला, दूनीयाँभित्रको नाटक, अथाह प्रश्न चिन्हहरू, भावनाको क्यानभासमा दूनीयाँलाई पोत्दा जस्ता कविताहरूले जीवन र जगतलाई अर्थाएका छन् ।

 

कविको भावना न हो कहिले कता पुग्छ कहिले कता । भावनाको खेती हो कविता । मनको सुन्दर भाषा नै कविता हो । प्रत्येक कविले आफ्नै भाषामा कविता पोख्छन् । जे होस् समग्रमा सम्बाहाम्फेका सृजनाहरू सुन्दर छन् मौलिक छन् । सबै कविताहरूको चिरफार गर्न पनि सम्भव भएन । उनका कुनै पनि कविताहरू क्लिष्ट छैनन् । चित्र सहितका कविता पढ्दा पाठकको मनमा एक प्रकारको छाप वस्छ । आफ्नै शव्द र बिम्बहरूको संयोजन छ यो कृतिभित्रका सृजनाहरूमा ।

उनको कविता लेखनको दौरान यस कृति पछि पनि नीकैवर आइ सकेको छ । अव त उनीबाट अझ सुन्दर र वैचारीक कविताहरू आइसकेका होलान् । म त सन २००१ अघिका कविताको कुरामात्र गर्दैछु ।

अस्तु ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
फुच्ची भनेर सम्बोधन गरे तिमीलाई
सबैले ठाने तिमी फुच्छी छौ
बिल्कुल फुच्छी र नासमझ ।
सुम्निमा सम्बोधन गरे
कसैको बल्ढेङग्रे आँखाले
तिमीलाई एकदम जङगली

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
706486
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com