Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : September 02, 2009 | Author : हाङयुग अज्ञात
Category : Article / लेख | Views : 1374 | Rating :

  
हाङयुग अज्ञात
Author

मानव समाज र सभ्यताको विकास, व्यवस्थापन र संरक्षण गर्ने शास्त्र राजनीति (पोलिटिक्स् या पोलिटी) हो । तर, राजनीतिकारहरूले यसको अर्थ नबुझ्दा सर्वसाधारण जनमानसमा राजनीतिको गहनताले सकारात्मक प्रभाव पार्न सकेको छैन  । तेसो र दार्शनिक परिप्रेक्ष्यबाट राजनीतिलाई सम्बोधन गर्दै म साहित्यलाई ज्ञानको राजनीति मान्दछु । उहिले सृजनशील अराजकताको घोषणाकालमा हामीले भन्ने गरेको पनि यही हो । लेखकका कृतिहरू तेस्तै प्रकारको राजनीतिका प्रतिफल हुन् भने राजनीति पनि लेखकले कृतिमा अभिव्यक्त गरेका विचारहरूले गतिशील बन्छ । साहित्य र राजनीतिले समाजसित, जीवनसित र जगतसित सम्बन्ध राख्ने भएकैले पनि साहित्य र राजनीति समानान्तर बगेका हुन्छन् । नेपाली साहित्यको सन्दर्भमा तेस्ता धेरै कृतिहरू छन् जसले नेपाली राजनीतिलाई नयाँ तरिकाले व्याख्या गर्न अभिप्रेरित गरेका छन् । साहित्यमा आफूलाई अराजकतावादी र राजनीतिमा समाजवादी दावी गर्ने र केही काङ्ग्रेसीहरूले महामानव (सुपरम्यान) मान्ने वि.पि. अथवा विश्वेश्वरप्रसाद कोइरालाकृत 'सुम्निमा' उपन्यासले पनि नेपाली जनमानसमा नौलो तरङ्ग ल्याएको सत्ते हो । वि.सं. २०२७ सालमै प्रकाशित भएता पनि यस साहित्यिक कृतिले वि.सं. २०४६ सालको प्रजातन्त्र प्राप्तिपछि मात्रै आम रूपमा बहस निम्त्यायो । वि.सं. २०६५ सालसम्म आइपुग्दा 'सुम्निमा' उपन्यासमाथि सिनेमा पनि बन्ने हल्ला खबरकागजहरूमा व्याप्त भएको छ । आदिबासीजनजाति विषेशगरिकन किराँतीहरूले विश्वेश्वरप्रसादको सुम्निमा जलाए । उनीहरूको तर्क थियो-'यस उपन्यासमा सुम्निमालाई नाङ्गो देखाइएको छ ।' अब मेरो मनमा प्रश्न उब्जेको छ -यस सुम्निमा उपन्यासको कथामा सिनेमा बनाउन तम्सेका नेपाली  निर्देशक/निर्माताले कुनै किराँती अनुहारका नायिकालाई पर्दामा कसरी नाङ्गै देखाउलान् ? यसै प्रसङ्गलाई कोट्याउँदै यस आलेखमा 'नयाँ नेपालका निम्ति कस्तो नेपाली साहित्य सिर्जना गर्ने ?' छोटकरीमा विमर्श गर्नेछु ।

निश्चित रूपमा हामी सप्पैलाई थाहा छ नेपाल बहुसाँस्कृतिक राज्य हो । तेसो भएकैले सृजनशील अराजकताको आग्रह गर्दा नेपाली साहित्यमा साँस्कृतिक वैविध्य र नश्लीयबोध हुनुपर्दछ भनेर जिकिर गर्यौं । विविध साँस्कृतिक समाज र जातिहरूले निर्मित सिङ्गो नेपाली समाजमा एक सास्कृति र एक जातिलाई मात्रै प्रोत्साहित गर्ने साहित्य एकाङ्गी हुन्छ, तेसमा नेपाली समाजको प्रतिबिम्ब आउँदैन, तेस्तो साहित्यले सिङ्गो नेपाली समाजको प्रतिनिधित्व गर्दैन । तेसो र प्रतेक स्रष्टाले आफ्नो सास्कृति र नश्ललाई साहित्यमा लेख्दै अरूको सास्कृति र नश्लको पनि सम्मान गर्नुपर्दछ । यसै प्रसङ्गमा दाहाल यज्ञनीधिले कुनै एफ् एम् रेडियोको अन्तर्वार्तामा राजन मुकारूङ र मलाई सोध्नुभएको थियो-'तपाइाहरू पनि अराजकतावादी, वी.पी. पनि अराजकतावादी, उनको सुम्निमा उपन्यासलाई कुन रूपमा व्याख्या गर्नुहुन्छ ।' हामीले भन्यौं-'उनी अराजकतावादी होइनन्, साँस्कृतिक अतिक्रमणकारी हुन्, सुम्निमा यस्सैको प्रमाण हो ।' हाम्रो अभिव्यक्तिले दाहाल यज्ञनीधिलाई धेरै अप्ठेरो परेको थियो, यस विषयमा कुनै बेला चर्चा गरूँला । मूलभूत कुरा के भने साँच्चैमा वी.पी. अर्थात् विश्वेश्वरप्रसाद कोइरालाले सुम्निमा उपन्यासमा उनको आफ्नो ब्राम्हण जातित्वलाई आत्मा, ज्ञान या सर्वश्रेष्ठतासित र  किराँत जातित्वलाई शरीर, अज्ञानता र तुच्छतासित दाँजेका छन् । हिन्दुशास्त्र (भागवदगीता)मा वर्णाश्रम व्यवस्थालाई समाज या राज्य सञ्चालनको सुत्र मानिएको छ र यो वर्णाश्रम व्यवस्था अनुसार मानव जातिलाई चार तहमा वर्गिकरण गरिकन समाज या राज्य सञ्चालन गर्ने गरिन्छ । यी चार तह हुन् ब्राम्हण, क्षत्रीय, वैश्य र शुद्र । यी चार तह(जात) वंशानुगत आधारले निर्मित भएका हुन्छन् । ब्राम्हण(बाहुन?) जातले ज्ञान या परमात्मासित, क्षत्रीय(क्षेत्री?) जातले युद्घ या आत्मासित, वैश्य (नेवार?) जातले कला या शिल्पसित र शुद्र(दलित,किराँत?)ले शरीर या श्रमसित अधिकार राख्दछ भन्ने मनोविज्ञान नै सुम्निमा उपन्यासको संरचनागत आधार हो । सुम्निमा किराँती (राई)हरूको पवित्र देवी हुन् हिन्दुहरूको सतीदेवी या पार्वती भनेजस्तै । उता भारतमा कुनै चित्रकारले चित्रमा सरस्वतीलाई नाङ्गै उतार्दा नेपालमा रडाको मच्चाउनेहरू वी.पी.ले किराँतीहरूका पवित्र देवी सुम्निमालाई यौन, वासना र अज्ञानताका रूपमा चित्रित गर्दा रमाउँछन् ।

सृजनशील अराजकताले पारस्परिक सम्मानको कुरा गरेको हो । एकले अर्काको सास्कृति या धर्म या विश्वासमाथि आाच नपुर्याई साहित्य बनाउनुपर्दछ । एकले अर्काको नश्ललाई अस्तित्वसम्मत्ले स्वीकार गर्दै साहित्य बनाउनु पर्दछ । सप्पै मानव जाति समान छन् । उचनीच र विभेद किन ? कुन दर्शनले मानव जातिलाई सबल र निर्बल, शासक र शासित, पानी चल्ने र नचल्ने बनाइरहेको छ ? निश्चित रूपमा हिन्दुशास्त्रमा अवस्थित वर्णाश्रम व्यवस्थाको अवैज्ञानिक पद्वतिले हो । यस्तो दर्शनलाई समातेरै बस्ने कि परिमार्जन गर्ने ? सार्वभौमिक  सिद्घान्तका अनुसार सप्पै मानव समान भइसकेपछि सोमदत्त(बाहुन जाति) चाहिँ ज्ञानको र सुम्निमा(किराँत जाति) चाहिँ अज्ञानताको प्रतीक ? तेसो र पनि विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा उपन्यासलाई सामाजिक द्वन्द्व निम्त्याउने लेखनको रूपमा लिनु अनिवार्य छ । यो उपन्यासमा सन्निहित घातक सोचलाई अनेकका तर्कतर्कनाले ढाकछोप गर्ने कार्य अबका नेपाली समालोचकहरूले नगरून् । जरूर कथाले नकारात्मक रूपमा किराँती मनोविज्ञानमा अतिक्रमण गरेता पनि केही हदसम्म हामीलाई किराँती ज्ञानचक्षु सक्रिय बनाउने प्रेरणा सुम्निमाले दिएको छ । यस्सै उपन्यासले आदिबासीजनजातिहरूको आन्दोलनलाई तताएको पनि हो । यद्दपि, नेपाली साहित्यमा सुम्निमाको प्रभावले गलत बाटो समातेको देखिन्छ । जसको खरो उदाहरण देश सुब्बाको अपमान उपन्यासलाई लिन सकिन्छ जहाँ उनले हिन्दुहरूको विश्वासग्रन्थ गीता जलाएका छन्, डल्लै गीता जलाएका छन् । गीताका सप्पै सोच या विचारहरू जलाउनु भनेको फेरि पनि द्वन्द्वलाई बढावा दिनु हो । सिङ्गो गीतालाई खरानी बनाउनु सिङ्गो मुन्धुमलाई पनि खरानी बनाउनु हो । एकले अर्काको विश्वास, सास्कृति, नश्ल र विश्वासहरूलाई समाप्त बनाउने लेखन नयाँ नेपाली साहित्यको मोडेल होइन । विश्वेश्वरप्रसादले सुम्निमा उपन्यासमा किराँती सास्कृतिलाई होच्याएपछि  किराँती लेखकहरू जुर्मुरिएको पाइन्छ । श्रवण मुकारूङले नाटक लेखेका छन्- यलम्बर । यलम्बरको कथासार छ- राधा(हिन्दु पात्र) ऋषिमुनि(हिन्दु आख्यानहरूमा वणिर्त)हरूबाट बलात्कृत भएर न्याय र सुरक्षाका लागि किराँत राजा यलम्बरको दरबारमा पुग्छिन् । उनले यलम्बरको दरबार(राज्य)मा न्याय र सुरक्षा दुवै पाउँछिन् । यलम्बर नाटक श्रवण मुकारूङको शिष्ट व्यङ्ग्य विश्वेश्वरप्रसादको सुम्निमालाई, होइन र ? यसरी एकले अर्काको साँस्कृतिक महत्व या आदर्शहरूको शाख गिराउँदै अगाडि बढिरहेको नेपाली साहित्यमा सर्वप्रथम सृजनशील अराजकताले बहुसाँस्कृतिकवाद र बहुलवादको धारणालाई निमन्त्रण गरेर पारस्परिक सम्मान र सहअस्तित्वको वकालत गर्दै आएको छ । नयाँ नेपाली साहित्यको मार्गचित्र पनि यही हो ।

वर्तमान नेपाली समाजमा पहिचानको लडाइँ तिब्र भएको छ । राज्यसत्ताले नेपालका सप्पै साँस्कृतिक मूल्य र मान्यताहरूलाई समान रूपमा पहिचान गरिदिदैं दलगत स्वार्थभन्दा माथि उठेर राज्यलाई अराजकतावादको शिकार हुनबाट जोगाउनु नितान्त आवश्यक छ । राज्यका पुराना दर्शन र विज्ञानहरू ध्वस्त हुँदै गइरहेको अवस्थामा युगसापेक्ष दर्शन र विज्ञानहरूलाई प्रष्ट रूपमा मार्गदर्शक बनाएर नगए नयाँ नेपाल नारामा सिमित हुनेछ । सर्वसाधारण जनमानसको मनोविज्ञानमा अमूर्त र प्रतिगामी साहित्यिक विचार तथा चिन्तनहरूलाई घुस्नबाट रोक्नु सफल राज्यको चरित्र हो । समाजमा विद्यमान झोंक र द्वन्द्वहरूको व्यवस्थापन गरेर  एक्काइसौं शताब्दिको समुन्नत राज्यहरूको लहरमा नेपाललाई उभ्याउनुका निम्ति नेपाली लेखक तथा विद्वानहरूले 'अराजकताको अन्त्य'का निम्ति तेस्सै र 'बहुसाँस्कृतिकवाद र बहुलवाद'को धारणालाई साहित्यमा लेख्नु जरूरी छ । बहुसाँस्कृतिक नेपाली समाजलाई भिडन्तको मैदानमा लाने या लानसक्ने सुम्निमा र अपमानको जस्तो एकलवादी या बदलाभावको निचोड निकालेर एकोहोरो बाटो खन्दा भेंडाहरूजस्तै जुधिमर्नु पर्छ । आग्रहअनुरोध छ- पारस्परिकताका सिद्घान्तहरू समक्षमा मानव हुनुका समान बोधीसत्वहरू साट्दै साँस्कृतिक तथा नश्लीय सम्मानमा साहित्य बना��"ं ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Article / लेख category

महाभूकम्प र सुअवसर
लाहुरेहरू र आदिवासी जनजातीहरू अनागारिक जस्तो
मिथ्याको महाजंगलमा हङकङका नेपाली
नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिती
२०६८ सालको नयाँ वर्षले मलाई टेक नाथ रिजाल र भुटानी शरणार्थीहरूको ताजा सम्झाना गरायो
प्रशासनिक काम, स्रष्टाको पहिचान
कविताको फूल र दिमागको रेखा
भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?
कविताको कमाल
प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?
म घर जाँदैछु
पुरानो आँखाले नयाँ वस्तु हेर्नु भयानक खतरा हुँदोरहेछ
सपनाको देश र माछाको अस्थिपिञ्जर
समुच्च विचारसँग म.....
नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
सम्पादकीय
गीत शुभ र मंछी गल्ली
सृजनशील अराजकता अर्थात अराजकताको अन्त्य

    Links
Column / स्तम्भ

    Random Pick
विशेषगरी युवाहरू गाउँबाट रहरका पोका-पन्तराहरू बोकेर सहर पसेका हुन्छन् । ढिंडो, साग, सिस्नोसँगै स्वादिला सपना देखेका हुन्छन् । आज म पनि सपनाकै सहरमा विगत केही समयदेखि बसेको छु । "कर्म जे भएपनि गर तर अधर्म पटक्कै नगर है मेरा शाखा-सन्तान हो" भनेर हजुरबुवाले तमाखु तान्दै हामीलाई भन्नुभएको सम्झेर लगनखेलमा चिया र मःमः पसल खोलेको पनि एकवर्ष बितेछ । ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
622773
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com