संखुवासभा मोरङ र तेह्रथुम
धनकुटामा विकास उधुम
भोजपुर सुनसरी
कोशीले किनार काट्यो बेसरी,
सोलुखुम्वु खोटाङ र उदयपुर
ओखल्ढुङ्गा मेरो जाने सुर
सगरमाथा नेपालीको शिर
सिराह सप्तरी जान लाग्छ पिर,
ताप्लेजुङ पाँचथर इलाम
छेउमा झापा भारतको किल्ला
चिया सस्तो छ
जाँउ घुम्न एकफेर मेची कस्तो छ ,
महोत्तरी, रामेछाप दोलखा
जनकपुरमा मन्दिर नौलाख
धनुषाको दाइ
सिन्धुली घुमेर आउन सर्लाही,
रौतहट पर्सा चितवल
जाउँ वारा जिन्दगी बिताउँन
नारायणीको पुल
मकवानपुर जिल्लामा पेर रणभूल,
सिन्धुपाल्चोक काभ्रे र ललितपुर
नुवाकोट काठमाण्डौ घुम्ने मेरो सुर
बाग्मतिको शिर
रसुवा र धादिङमा उकालोको पिर,
लम्जुङ आउनु मनाङ्गे नानी
स्याङ्जा कास्कि जाने कि नजाने
अञ्चल गण्डकी
तनहुँ गोर्खामा बित्यो जिन्दगी,
अर्घखाँची नवलपरासी पाल्पा छेउ
कपिलवस्तु र गुल्मीमा जान देउ
रुपन्देही हो गाउँ
लुम्विनी हो वुद्ध जन्मेको ठाउँ,
धौलागिरी हिउँ पर्यो सेतै
नजाउँ बाग्लुङ जाउँ हिँड पर्वतै
स्याउ सस्तो छ
मुस्ताङको मार्फामा आजकाल कस्तो छ,
रुकुम रोल्पा र प्यूठान राप्ती
सल्यान जाँदा पर्छ कि आपत्ति
दाङको फाँटैमा
पुरानो साथीलाई भेटे बाटैमा,
जुम्ला हुम्ला मुगुमा रारा ताल
कोलीकोटे नानीको के छ हाल
डोल्पा छ ठूला
कर्णालीमा हिउँको चुचुरो,
दैलेख सुर्खेत बाँके र वर्दिया
पृथ्वीनारायणले एउटै देश गर्दिया
अञ्चल भेरी
जाजरकोट घुम्न जाउँ फेरी,
कैलाली आछाम र डोटी
बुझाङ पुगी भेटौ न एकचोटी
सेती बाजुरा
सुदुरपश्चिम आयो हजुर,
डडेलधुरा कन्चनपुर वैतडी
दोधारा र चाँदनी पुलपारी
माथि दार्चुला
महाकाली पुगेर घर फर्कुला । |