Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : November 26, 2009 | Author : नरेश ठूले
Category : Poetry / कविता | Views : 1467 | Unrated

  
नरेश ठूले

कन्क्रिटको जङ्गल भित्र हराएर मान्छेहरू

मान्छेको जङ्गल भित्र हराएर विचारहरू

विचार भित्र हराएर मन मस्तिष्कहरू

मन मस्तिष्क भित्र हराएर वुद्धि-विवेकहरू

कन्क्रिट

मान्छे

विचार

मन मस्तिष्क

, वुद्धि-विवेक.....

हो, म मान्छे खोजिरहेछु कन्क्रिटको जङ्गल भित्र

, विचारहरू खोजिरहेछु, मान्छेको जङ्गल भित्र,

 

सिम्फोनि नाँचिरहेको आकाश

आँखामा बादल पन्छाउँदै

जब म ओर्लिन्छु सतहमा टेकेर खुट्टा

हाम्फालेर वोन्जीजम्प संगीतको तरङ्गहरूमा,

 

तक्ष्यण पिसिन्छु किमा एकमुष्ट मेशिनको बङ्गराभित्र

तातो फिसबल, सिउमाई, ससेज अचेटिएको खोपडिमा

कोचेर चिसो बरफ

पखाल्दै मातका सिर्काहरूले

गन्हाई रहेको प्रश्वास डुङडुङती

सुल्टी भै रहेका कापहरूमा

छरपष्ट दाँत हाँसी रहेछन् सेभेन इलेभेन

नाँचिरहेका उल्टो मुख भूईभरी पोखिएर

पप बार र डिस्कोथेकको ऐनाहरूमा

हो, म मेरो अनुहारहरू नियाली रहेछु

चिर अपरिचित भिडहरूमा,

 

गिजोलिएर मौसमको तिव्र वेगमा

हल्लाहरू ओकलेर सन्त्रस्तको आँधिहुरी

फिजाएर पखेटा १२ नम्बरको टाईफन

तमासाले घुमिरहेको मेरो वरिपरि

रविनहुड संस्कार

व्याटम्यान संस्कृति

आँखाहरू ढाकेर स्पाइडरम्यानको जालोले

टेकेर दुईखुट्टा रश आवर उम्लिरहेको तातो भुङ्ग्रोमा

थामिरहेको मेरो टाउकोले माथि

ग्लोबल वार्मिङको भिमकाय गुम्बज

जो घोप्टिएको छ म माथी

जाली फाटेको ब्ल्याकहोल देखाएर

हो, म हराएको आवाज खोजिरहेछु हुरी भित्र

, म मेरो स्वर खोजि रहेको छु कोलाहल भित्र,

 

साईवर तरङ्गको अदृश्य आँधिवेहेरी

जो नाङ्गो आँखाले हेर्न असमर्थ छ

घोलिएर अक्सिजनसँगै प्रवेश गरिहेछ

प्रयेक खोपडिको कोठा भित्र

, प्रत्येक छातीको मुटु र फोक्सो भित्र,

 

मलाई गिज्याई रहेछ एकोहोरो

मेरो आगाडि उभिएको कम्प्यूटर स्क्रिनको दृश्यहरूले

म झोँकले मात्तिएर माउसप्याडको जिव्री दबाउछु माझि औंलाले घिचिक्क-घिचिक्क

र टेक्छु सिङ्गो भूगोललाई तेश्रो खुट्टाले

अब यि मेरो साईबर सन्तानको भिड भित्रबाट

एउटा भ्रमित मान्यतालाई अवासन गराउँदै

प्रतिपादन गर्नको निम्ति अर्को इतिहास

कोर्दै वर्तमान क्यान्भसको निधारमा

हराउन लागेका विगत देखिका मेरो अनुहार

जो सोरोगेट आमाका मेरा सन्तानहरूले

म जस्तै आफ्नो अनुहार खोज्न नपरोस्

त्यसैले प्रत्येक भिड भित्रको दृश्यहरूमा

मलाई खोजी रहेको छु म

निरन्तर मेरो अनुहार खोजि रहेछु ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
मुटुभित्र सजाईराख्छु अनमोल तिम्रो मायाँ !
सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !!
सप्तरंगी फुल बनि फुलिरहन्छु मनको बगैंचामा !
अटल बनि बसिरहन्छु हरपल सुन्दर फलैंचामा !!
जीवनभरी अनमोल रहोस निश्चल हाम्रो मायाँ !
सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !!

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
687370
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com