Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : December 08, 2009 | Author : नरेश ठूले
Category : Article / लेख | Views : 1154 | Rating :

  
नरेश ठूले

परिवर्तित र गतिशिल समयसँगै जीवन जगत पनि परिवर्तनशिल र चलयमान हुँदै जानु साविक प्रक्रिया हुन् र त्यसै अनुरुप मानवीय जीवनका प्रत्येक गतिविधिहरूमा पनि परिवर्तन र गतिशिल बन्दै जानु स्वभाविक कुरा हुन् । यस प्रक्रियालाई विकासक्रम भनि बुझिदिए पनि हुन्छ । तसर्थ, हामीले पनि समयको माग र यसको गतिलाई पच्छ्याउँदै अगाडि बढ्नु पर्ने हुन्छ । यस कारण सृजनशिल साहित्य समाज हङकङ पनि समयको माग र गति अनुरुप अगाडि बढ्ने पक्षमा प्रयासरत रहि आएकोछ । उदारणार्थ- हिजो हामीले आफ्नो साहित्य गतिविधि र विचारलाई सृलनशील साहित्य अर्धवाषिर्क पत्रिकाको पि्रन्ट माध्येमबाट पाठक समक्ष पस्किदै आएकोमा दोश्रो अंक देखि विद्युतिय माध्यम (वेभ साईट) लाई आप्नायौं । अनलाईनमा प्रक्ष्येपण गरेएता करिव १ वर्षसम्म सृजनशील साहित्यलाई परिक्षणकालको रुपमा संचालन गरिएको र यस अवधिमा पाठकहरूको उल्लेखनीय उपस्थिति, सहयोग र सहभागिताले हामीलाई थप हौसला र उर्जा प्राप्त भएको छ र यसलाई अरु सुधार र परिमार्जन गर्दै शसक्त रुपमा अगाडि बढ्ने, बढाउने प्रण गर्दछौं ।

 

सस्तो लोकपि्रयतालाई भन्दा स्तरीयतालाई मान्यता दिनु हाम्रो लक्ष्य र उद्देश्य हो, तथापि चाहेजस्तो स्तरीयता भने प्रदान गर्न सकिएको छैन, तर लक्ष्य प्राप्तिको निम्ति हामी निरन्तर प्रयासरत रहने छौं । सृजनशील साहित्यलाई अनलाईन मार्फत पाठक सामु पस्किने क्रममा केवल साहित्यलाई मात्र नअप्नाई वृहत रुपमा हरेक तह, क्षेत्र र जीवनका गतिविधिको सबै पाटोलाई समेटेर लैजाने अभिप्रायले विविध सामाग्री दस्ताकासाथ उपस्थित भएका हौं र हाम्रो वेभ साईट विविधताको सङ्गम भएको हुनाले यसको नामाकरण पनि (www.bagaicha.com) राखेका हौं । तर बगैंचामा कति फूल फुलाउन सकियो वा सकिएन त्यो चाहीँ तपाई सम्पूर्ण पाठकवर्गले भन्ने-सुझाउने कुरा हो र हामी तपाईहरूको प्रतिक्रिया, सुझाव सल्लाहको अपेक्षा गर्दै त्यसको हमेसा कदर गर्दै जानेछौं । स्तरियता भएकोले हो वा बढि लोकपि्रय भएको ले हो या त दुवै चरित्र समेटिएको कारणले हो, प्रक्ष्येपण गरेको ६ महिना नबित्दै अमेरिकाको ईण्डियाना देखि ह्याकरहरूको शिकार पनि बन्न पर्यो बगैंचा डट कमले । पछिल्ला दिनहरूमा पनि पटक पटक ह्याक गर्ने प्रयासहरू हुँदै आएका छन् र हामीले त्यसको प्रतिरोध गरिरहेका छौं । जीवनको सामान्य गतिविधिलाई पाठक र दर्शक सामु प्रवाह गर्ने एउटा साधरण वेभ साईट भनि ठानेको हाम्रो यो (बगैंचाडटकम) ह्याकरहरूको गिध्दे नजरमा पर्नुलाई हामीले एउटा उपलब्धि नै ठानेको छौं ।

 

धरै भन्दा धेरै सामग्रीलाई एउटै थलोमा अटाउन त्यति सजिलो छैन रहेछ र सबै सामाग्रीलाई होमपेजमा छरपष्ट पारेर राख्नु पनि अव्यवस्थित र स्तरहिन देखिन जाँदोरहेछ । तसर्थ, प्रत्येक सामाग्रीलाई विविध शिर्षकमा वर्गिकृत गरी व्यवस्थित रुपमा प्रस्तुत गरिएको हुनाले हाल चलनचल्तिमा आईरहेका अन्य वेभ साइटभन्दा बगैंचा डट कम अलि पृथक र बृहत हुनु स्वाभाविकै हो । वृहत र व्यवस्थित भएकै कारणले नै होला, कतिपय भिजिटरहरूले आफूले चाहेको र खोजेको सामाग्रीसम्म पुग्न असमर्थ भएको प्रतिक्रिया र गुनासाहरू आएरहेका छन् । यसको लागि हामी सम्पूर्ण आदरणीय पाठकवर्गलाई बगैंचा डटकममा प्रवेश गरेर सबैभन्दा पहिले होमपेजमा राखिएको शिर्षकहरूलाई छनौट गरेर आफूले हेर्न चाहेको सामाग्रीलाई क्रमवध्द रुपमा हेर्न सकिने कुरा पनि अवगत गराउँन चाहन्छौं । जस्तो- सृजनशील सहित्य पेजमा जानुपर्यो भने (Literature) मा क्लिक गरेपछि सृजनशील साहित्यको होमपेजमा प्रवेश गर्न सकिन्छ र त्यहाँ समावेश गरिएका सामाग्रीहरूलाई आफ्नो ईच्छा अनुसार सजिलै हेर्न सकिन्छ । त्यसैगरी अन्य विषयहरू पनि सन्बन्धित शिर्षकको होमपेजमा प्रवेश गरेपछि मात्र त्यहाँ समेटिएका विविध विषयवस्तु र सामाग्रीहरूलाई हेर्न सकिन्छ । यहि सुत्रलाई अप्नाएर आफूले चाहेको सामाग्रीलाई ग्रहण गर्न आग्रह गर्दै यस सम्बन्धि आफूलाई लागेको कुनै जिज्ञासा र सुझावहरू भएमा मेल मार्फत पठाईदिन अनुरोध गर्दछौं ।

 

अन्तमा, सृजनशील साहित्य समाज हङकङलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान दिनुहुने सम्पूर्ण पाठकवर्ग तथा आफ्नो लेख रचना पठाएर अमूल्य सहयोग गरिदिनुहुने सबै कवि, लेखक, समिक्षक, समालोचक श्रष्टाहरू र सिङ्गो बगैंचा डटकमलाई आ-आफ्नो स्थानबाट सहयोग गरिदिनु हुने सबैलाई धन्यवाद दिंदै निरन्तर सहयोग र सहभागिताको लागि अनुरोध गर्दछौं ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Article / लेख category

महाभूकम्प र सुअवसर
लाहुरेहरू र आदिवासी जनजातीहरू अनागारिक जस्तो
मिथ्याको महाजंगलमा हङकङका नेपाली
नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिती
२०६८ सालको नयाँ वर्षले मलाई टेक नाथ रिजाल र भुटानी शरणार्थीहरूको ताजा सम्झाना गरायो
प्रशासनिक काम, स्रष्टाको पहिचान
कविताको फूल र दिमागको रेखा
भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?
कविताको कमाल
प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?
म घर जाँदैछु
पुरानो आँखाले नयाँ वस्तु हेर्नु भयानक खतरा हुँदोरहेछ
सपनाको देश र माछाको अस्थिपिञ्जर
समुच्च विचारसँग म.....
नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
सम्पादकीय
गीत शुभ र मंछी गल्ली
सृजनशील अराजकता अर्थात अराजकताको अन्त्य

    Links
Column / स्तम्भ

    Random Pick
एक किसिम होस्टेल खाली भईसकेको छ । पालो बाँधेर बस्ने चौकीदारहरुमात्र ८ घण्टे डिउटी बस्छन । तर समयमै हराउँछन् उनिहरु केवल हजिरा गर्न आउँछन् खातामा । उनिहरुलाई पनि कहाँ होस्टल सुरक्षाको मात्र चासो छ र दशैंको चकाभकमा १५ मिनेटमात्र ड्यूटी बसेपनि मुलगेटको फोन ब्यस्त राखेर घरमा कुरा गरिरहन्छन, किनमेल, अरौ परौ आदि

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
673301
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com