Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : December 23, 2009 | Author : अशोक राई
Category : Lyrics / गीत/गजल | Views : 1302 | Rating :

  
अशोक राई

गजल १

 

हातमा प्याला थमाएर लेखेँ

तिम्रो फोटो समाएर लेखेँ

उकुस मुकुस भयो अनि पिएँ अलिकति

शब्द आँसु खसाएर लेखेँ

हेर्दै थिएँ तस्विरमा मुस्कुरायौ तिमी

भित्र भित्रै रमाएर लेखेँ

टुक्रीएको सपनीमा तिमीलाई देखेँ

अनि तिम्रो संझनाले सताएर लेखेँ

अटाएनन् सबै कुरा फगत एउटा चीठ्ठीमा

कति कुरा त चपाएर लेखेँ ।

 

गजल २

 

समयको मोड्मा फेरी तिम्रो याद आयो

जिन्दगीको दौड्मा फेरी तिम्रो याद आयो

तिमीलाई बिर्सौं भनी यति टाढा आएँ

नसकेर बिछोडमा फेरी तिम्रो याद आयो

तिम्ले मलाई पछ्यायौ की मैले तिमीलाई

यस्तै यस्तै होड्मा फेरी तिम्रो याद आयो

अतीतका यादहरुले दुखाई रन्छ' छाती

भावनाको जोडमा फेरी तिम्रो याद आयो

लम्कदो'छु छितीज तिर यात्रा जिन्दगीको

घुम्तीहरुको कोणमा फेरी तिम्रो याद आयो ।

 

गजल ३

 

तिमी यस्तो पहिले थियौ नै कहाँ र

प्रेमरस पिलायौ केवल पियौ नै कहाँ र

भित्र भित्रै म मात्रै जली रहेँ एक्लै

म भएर तिमीले जियौ नै कहाँ र

तिम्रा लागि महत्वहीन भएँ उसबेला

बे'भाउको मेरो वास्ता लियौ नै कहाँ र

म भत्कीएर पनि सम्हालीएँ मुस्कीलले

त्यो फाटेको मनलाई सियौ नै कहाँ र

गल्ती मेरो नै थियो भन्छौ अझै मलाई

मनको कुरा भन्ने मौका दियौ नै कहाँ र ।

 

गजल ४

 

यतापनि उता पनि चलाउने तिम्रो निती

दियो चाही अर्कैको जलाउने तिम्रो निती

यसो माया देखाएर जंघार तरि जाने

मलाइ चाही भित्र भित्रै खल्बलाउने तिम्रो निती

आशाहरु देखाएर किन पार्यौ दोधारैमा ?

हुन्छ हुन्छ भन्दै अलमलाउने तिम्रो निती

कहिले तिमी जमीन टेक्छौ कहिले समुन्द्रमा

दुइ दुइ वटा नाउँमा खुट्टा लाउने तिम्रो निती ।

 

गजल ५

 

मेरो पनि तिम्रो दिलमा ठाँउ होस अलिकति

'अशोक' भनी संझनलाई नाउँ होस अलिकति

संझीरहनु पर्ने त को हुँ र म हजूरको

म चाहन्छु मेरो पनि भाउ होस अलिकति

टेकी हेर कहिलेकाही मेरा यी गल्लीहरु

दुःखीको गोरेटोमा त्यो पाउ होस अलीकति

जिन्दगीमा धेरै चोट खाइसके पछि

केही छैन तिम्रो नामको घाउ होस अलिकति ।

 

गजल ६

 

तिम्रो निम्ति सिंगै शहर बोकी आँए

नपाएर अमृत मैलै जहर बोकी आँए

डगमगाउँछ सागर चल्छ ज्वारभाटा

किनारालाई छाडी लहर बोकी आँए

छाडी राखेँ कथा सबै केवल ल्याएँ मन

आफूसित अलिकति कहर बोकी आँए

भेटे जति प्रवासमा खोजी गरेँ सबको

खाडीबाट डोल्माको खबर बोकी आँए ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Lyrics / गीत/गजल category

गीत
गजल
गजल
बलेको आगो
गजल
गजल
गजल
Song 'Himalayan'
गजल
गजल
नयाँ वर्ष
गजल
गजल
गजल
गजल
गजल
गजल
गीत

    Links
Column / स्तम्भ

    Random Pick
पहिचान सहितको संघियताको रापले मुलुक तातिएको यो समय यौटा स्रष्टाको सृजनात्मक चेतना त्यो तापबाट बेखबर चिसिदै निस्क्रिय रहन कदापि नसक्दो रहेछ । संघियता पक्षधरहरूले राजनैतिक नाराका ठूल्ठूला स्वर मञ्चबाट मात्रै उरालेका रहेनछन्, त्यहाका प्राचिन स्थानीय मिथक र विम्बहरू साहित्यिक संघारमा फक्ताङ्लुङ् र याःचोत्लुङ्को उचाई पनि उभिएका रहेछन् । साहित्य समाज र सामाजिक तत्वहरूबाट सृजित विडम्बना र विसङगतिका यथार्थ फेहरिस्त कहने शालिन अनि सशक्त माध्यम हो भनिन्छ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
687842
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com