Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : August 28, 2010 | Author : रक्ष राई
Category : Article / लेख | Views : 1023 | Rating :

  
रक्ष राई

सन २०१० जुलाई १० को साँझ ईकान्तिपुर डटकम वेबसाइटमा साप्ताहिक पत्रिका 'नेपाल' मा प्रकाशित कवि श्रवण मुकारुङको नविन काव्य कृति 'विसे नगर्चीको बयान' माथि 'कविको हातबाट टाक्सिएका कविता' शीर्षकमा समालोचक हरि अधिकारीज्यूबाट गरिएको समीक्षा अध्यन गर्ने अवसर प्राप्त भयो, जतिखेर हामी नवचेतनाका आग्रहको अनुच्छेद १० लेख्न गइरहेका थियौं । यो लेख्न किन जरुरी भने उक्त समीक्षाले नवचेतना आग्रहको अनुच्छेद १०-स्पष्ट हुन आग्रह गर्यो ।

समीक्षक हरि अधिकारीलाई म व्यक्तिगत रुपमा एक कुशल कवि, केही समालोचक र केही विचार मुलक लेख लेखकका रुपमा चिन्दछु र सम्मान पनि । उहाँको यो समीक्षाले नवचेतनाग्रहको अनुच्छेद १० लाई एउटा अनुभव प्राप्त भएको छ कि काव्य निस्सिमतालाई नखोजीकन वा नबुझिकन काव्यको सन्दर्भमा अन्तिम निष्कर्ष निकालेर बोल्न वा लेख्न पाठकलाई घातक त छँदैछ र समालोचक स्वयंलाई पनि भयानक खतरा हुँदोरहेछ । यी दुवै खतरालाई निम्ताएका छन् समालोचक हरि अधिकारीले 'बिसे नगर्चीको बयान' कृतिमाथिको समीक्षामा । तर दोषी हरि अधिकारीमात्र होइन, हो भने काव्यलाई बुझ्ने हाम्रो पुरातन मान्यता र परम्परा हो । त्यसैले यो बुझाइको दोषीकर्ता हरि अधिकारी प्रथम होइन र अन्तिम पनि । यहाँ बिसे नगर्चीको बयान माथि हरि अधिकारीको समीक्षालाई हाम्रो काव्यिक पुरातन मान्यता र परम्पराको प्रतिनिधि अभिव्यक्तिका रुपमा मानिलिएर नवचेतनाको दशौं अनुच्छेद स्पष्ट हुन चाहन्छ ।

सर्वप्रथम नवचेतनाग्रह के हो ? यसले आफूलाई किन नवचेतना आग्रह भन्यो ? तर नवचेतनावाद किन भनेन् ? यो नविन चिन्तनले आफ्नो विकासक्रममा पूर्णता प्राप्त गर्दै लगेपछि नेपाली काव्य जगतमा यसले आफ्नो वृस्तृत परिचय दिने नै छ-भविष्यमा । अहिलेलाई नवचेतनाग्रहको दशौं अनुच्छेद काव्यलाई बुझ्ने हाम्रो पुरातन मान्यता र परम्पराबाटै जन्मिएको हो-भनि राखौं र यस सन्दर्भलाई सान्दर्भिक बनाई राखौं ।

नवचेतनाग्रहको अनुच्छेद १० को काव्य निस्सिमताका निम्ति काव्यमा विचारको विघटन र चेतनाको स्थापनाको आग्रह गर्दछ । यसले काव्यलाई विचारको विघटन र चेतनाको स्थानको आग्रह राख्दछ । यसले काव्यलाई विचारको दास बन्न अस्वीकार गर्दछ । दास स्वतन्त्र हुन सक्दैन । बिना स्वतन्त्रता व्यापक र विशाल बन्न सम्भव छैन । काव्यिक निस्सिमताको लागि काव्यलाई स्वतन्त्र शक्तिको रुपमा स्वीकार्नु र स्थापित गर्न सक्नु पर्दछ । तर हाम्रो काव्यिक चिन्तन त्यसो छैन । हामी काव्यलाई विचारको दास बनाउँन आपफ्नो कवित्व ठान्दछौं र काव्यलाई नैतिकता, उपदेयता र जिम्मेवारीको कथित बन्धनमा बाँधिरहन चाहन्छौं । त्यसैले काव्यलाई विचारको दासत्वबाट मुक्तिका निम्ति काव्यमा विचारको विघटन र चेतनाको स्थापन अनिवार्य छ । एउटा उदाहरण यहाँ हेरौं, बिसे नगर्चीको समीक्षामा हरि अधिकारीको एउटा वाक्य-एउटा कवितामा हुनुपर्ने केन्द्रीयभावभूमि, कथ्य र सन्देशको सुपष्ट दिगदर्शन यसमा कहीँ पनि छैन.....

समालोचक अधिकारीको उक्त समीक्षात्मक वाक्याङ्शलाई हाम्रो पुरातन काव्यिक मान्यता र परम्पराको प्रतिनिधि अभिव्यक्ति मानी राखौं । किन भने काव्यलाई विचारको दास बनाउँनकै कारण कवितामा हामी उसको कथ्यको केन्द्रीयभावभूमि र सन्देशको सपष्ट दिगदर्शन को खोजी गर्दछौ, र काव्यको फैलावट अथवा व्यापकतालाई विचारको केन्द्रमा ढालेर सिमाङ्कृत गरिदिन्छौं । विचार ग्रहण गरिने होइन लादिने वस्तु हो । र त्यसका निम्ति कवितामा कथ्य र केन्द्रियभावभूमिका साथ सन्देशको स्पष्टताको औचित्य छ । त्यही औचित्यका निम्ति हामी काव्यमा अर्थहरू बताउने परम्पराबाट यहाँसम्म आइपुगेका छौं । तर काव्यमा अर्थ जागरणको परम्परातर्फ जानै चाहेका छैनौं । हाम्रो काव्यिक परम्पराले फ्रान्सेली चिन्तक रोला वार्थ (१९१५-१९८०) ले १९६७ मा लेखकको मृत्यु घोषणा गरे जस्तो नभएर पाठकको हत्याको मार्ग रोज्यो । पाठकको हत्या भनेको उसको काव्यिक चेत, विवेक र निर्णयमा प्रतिबन्ध लाग्नु हो । पाठकको हत्या नै काव्यको मृत्यु पनि हो । काव्यको जीवन अर्थहरूको जागरणमा छ र अर्थहरूको जागरण काव्यमा विचारको विघटन र चेतनाको स्थापनामा मात्रै सम्भव छ । किन भने विचारमा निरङ्कुसता, केन्द्रीयता र एकात्मकता छ । चेतना नविन र सुन्दर छ । चेतनामा रङ्ग छ । रङ्गमा बहुलता छ । बहुलतामा ब्यापकता छ । तर विचारको केन्द्रीयता र एकात्मकताले रङ्गको हत्या गर्दछ । संसारमा विचार भयानक कुरुप र हिंस्रक छ । हरि अधिकारीको अर्को वाक्याङ्समा- बिसे नगर्चीले कविताको लालित्य र सर्वकालिन महत्व खोज्ने गम्भीर पाठकहरूलाई प्रेरित गर्न सक्दैन.....

यो विचारको निरङ्कुसता, केन्द्रीयता, र एकात्मकताले निर्मित पुरानो कव्यिक मान्यता र परम्पराको दृष्टि दोष हो । समालोचक अधिकारीज्यूले बिसे नगर्चीलाई शाहवंशद्वारा अवहेलित इतिहासका पात्रलाई अविधात्मक अर्थमा मात्रै बुझे होलान्, तर बिसेनगर्चीलाई शाहवंशको उदयपछि २५० बर्षसम्म अवहेलित एवं तिरष्कृत आदिवासी जनजातिमाथि शाहवंशले हिन्दु धर्मको नाममा र हिन्दु धर्मले शाहवंशको नाममा के के निकृष्टकर्म र षडयन्त्र गरे ? त्यो ईतिहास र वर्तमानलाई प्रतिनिधिपात्रको रुपमा प्रतीकात्मक अर्थलाई बुझेनन् होला ठान्नु समान्य पाठकपनि मुर्ख बन्नु हो । तर बिचारको निरङ्कुसता, केन्द्रीयता र एकात्मकताको प्रभावकै कारण हरि अधिकारी जस्ता अव्वलदर्जाका कविले काव्य चेत खुस्काएका छन् यहाँनेर ।

सृजनामा काव्य अर्थात कविता सर्वश्रेष्ठ र जटिल विद्या हो । काव्यको स्पेस पाठककालागि ठूलो छ । त्यसैले काव्य स्थूल छैन । तर हामी काव्यलाई मानव उपयोगिताका उत्कृष्ट साधन, औजार वा हतियार बनाउँदछौं । औजार कर्ता होइन । त्यो स्थूल छ र दास्रो शक्तिबाट चालित छ । यसरी हामी काव्यलाई स्थूल बनाउँदछौं र स्रष्टाद्वारा चालित कुनै औजार । यसो पनि भनौ-स्रष्टा काव्य माथि शासन गर्दछ र पाठक माथि अधिनायकत्व लाद्दछ । यसो गरिदा काव्य स्थूल बन्दछ र काव्यको स्थूलता भनेको उस्को मृत्यु हो र त्यो भन्दा भयानक खतरा पाठकको हत्या । त्यो भन्दा पनि खतरनाक काम हामी के गर्दछौं भने-काव्यको गुण र परिमाणलाई छुट्टाएर हेर्दैनौं, बरु एकै ठाउँमा कोचेर परिणाम खोज्दछौं । कविता गुणले समान छ र परिमाणले फरक । काव्य गुणले निस्सिम छ र परिमाणले सिमाङ्कृत । फेरी अर्कोचोटी श्रवण मुकारुङको अर्को कविता ९८ को आत्मा कथामा अधिकारीको भनाई-श्रवणले आफुले जानेका सबै कुराको परिकार मिलाएर नयाँ कविताको पकवान तयार गर्ने प्रयत्न गरेका छन् । तर ९८ को आत्मा कथा कविता बन्न सकेको छैन.....

यसले के बताउँदछ भने-हामी कवितालाई उसको रुपमा हेर्दैनौं, बरु कविताका प्रति हामीले कस्तो मान्यता बनाएका छौं ? त्यसलाई मात्र हेर्दा रहेछौं । कवितालाई उसको स्वरुपमा हेर्न सिक्यौं भने फरक कुरा देखिन्छ भन्नेहरू माथि खनिँदा रहेछौं । अब कुरो छ कवितामा पूर्णताको सवाल । काव्यलाई मानव उपयोगिताका साधन बनाइसकेपछि त्यो सिमाङ्कृत बन्दछ र त्यसले उसको सिमाभित्र पूर्णताको अपेक्षा राख्दछ । तर नवचेतनाको आठौं अनुच्छेद भन्छ-सृजना अर्थात कविता अर्धपागलपनको अभिव्यक्ति र भ्रमको पुनः उत्पादन हो । तथ्य-संसारमा मानव पूर्ण सध्दे छैन, न त पूर्ण पागलनै छ । मानिस अर्धसध्दे र अर्धपागलपनको समग्र रुप हो । मानव अर्धसध्देपन र अर्धपागलपनको सन्तुलनमा छ । मानवमा अर्धपागलपन किन छ भने उ भित्र निरोध, निषेध र दमन छ । निरोध, निषेध र दमनको कारण मानव आफैभित्र विभाजित छ । क्षतविक्षत छ । उ आफैमा भित्री मानव र वाहृय मानवमा विखण्डित छ । अन्तर मानव प्रकृतिजस्तो सत्य छ र नग्न छ । वाहृय मानव ढोंगी र पाखण्डी छ र आवरण भित्र छ । अन्तर मानव र वाहृय मानवको एकरुपतामा मात्रै मानवको पूर्णसध्देपन सम्भव छ । तर त्यो सम्भव छैन । कारण अन्तर मानवलाई वाहृय मानव दमन गर्दछ र पारिवारिक नियम, सामाजिक मूल्य-मान्यता, संस्कृति, संस्कार, धर्म र मानवीय नैतिकताका दलबलले तर दमनकै कारण अन्तर मानव शक्तिशाली छ । फलतः मानवमा द्वैध स्वरुप र द्वैध चरित्र छ । उ बाहिरबाट एकथोक छ र भित्रबाट  अर्कैथोक छ । उ बोल्दछ एकथोक गर्दछ अर्कोथोक । उसको बोली र व्यवहारमा समानता छैन । उ भित्र निरोध र दमनकै कारण अन्तर मानव र वाहृय मानवको अन्तर्द्वन्द्वबाट सृजना पनि प्रभावित छ । त्यसैले दमनको प्रभावले मानव व्यवहारमा अर्धपागलपन छ ।

मानव प्रकृतिझै पूर्ण छैन । उ रित्तो आउँदछ यो जगतमा र रित्तो घडाझैं भरिने क्रममै सिद्धिन्छ । मानव पूर्ण हुने भए स्थूल हुने थियो भरि घडाको पानीझैं । तर उ अर्धघडाको पानीझैं चलायमान छ उसको अर्धताको कारणले । मानव अर्ध छ । उसले थोरै जानेको र धेरै जान्न बाँकी रहेको अवस्था छ । उसले थारै सिकेको र धेरै सिक्न बाँकी रहेको अवस्था छ । यो अर्धताकै कारण मानवमा भ्रम अधिक छ । त्यसैले सृजनामा भ्रमको पुनः उत्पादन हुन्छ, र मानव भ्रमबाटै सत्यको खोजी गर्दछ । हेरौं अधिकारीज्यूको शव्द सापट-कवितालाई अपरिपक्क क्रिडा कौतुकको रुपमा प्रस्तुत गर्ने लहड् पो हो कि ? -यसरी अर्धमानवद्वारा सिर्जित सृजनामा परिपक्वता र पूर्णताको खोज पनि अर्धपागलपन नै हो । आजको कविता अर्थात पद्य कविताको शास्त्रीय नियमको बन्धनबाट मुक्त भएर काव्य निस्सिमताका निम्ति उत्तर आधुनिकताको प्वाँख उमारेका गद्य कवितालाई काव्यको पुरातन मान्यताका साँचामा ढालेर हेर्नु स्रष्टा र समालोचक दुवैलाई घातक बन्न सक्छ ।

हाल बेलायत

वेल्सबाट




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by Rajan Mukarung on September 27, 2010
हरि अधिकारीलाई दुई अर्थमा बुझ्दा मात्र राम्रो हुन्छ भन्ने लाग्छ । एक् 'हरि' अर्थात् अध्यात्म र परम्परागत मान्यता । दुई 'अधिकारी' अर्थात् घमन्ड । मानौ कि ऊ मात्र नेपाली साहित्यको हर्ताकर्ता हो । यति नै भनौँ- नयाँ परिस्थितिले रन्थनिएको, मगज बिगृएको ।

Most recent articles in Article / लेख category

महाभूकम्प र सुअवसर
लाहुरेहरू र आदिवासी जनजातीहरू अनागारिक जस्तो
मिथ्याको महाजंगलमा हङकङका नेपाली
नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिती
२०६८ सालको नयाँ वर्षले मलाई टेक नाथ रिजाल र भुटानी शरणार्थीहरूको ताजा सम्झाना गरायो
प्रशासनिक काम, स्रष्टाको पहिचान
कविताको फूल र दिमागको रेखा
भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?
कविताको कमाल
प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?
म घर जाँदैछु
पुरानो आँखाले नयाँ वस्तु हेर्नु भयानक खतरा हुँदोरहेछ
सपनाको देश र माछाको अस्थिपिञ्जर
समुच्च विचारसँग म.....
नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
सम्पादकीय
गीत शुभ र मंछी गल्ली
सृजनशील अराजकता अर्थात अराजकताको अन्त्य

    Links
Column / स्तम्भ

    Random Pick
सुन्नु भएछ;
तर धेरै अवेर भइसक्यो
फूल फुल्ने आँगनमा
वेतिथिको कटहर फल्न थाले पछि
गोहिको आँखामा पनि आँशु रसाउन थालिसकेछ
यसवेला यहालाई के भनौ ?

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
622871
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com