प्रत्येक नेपालीको मन मनमा नयाँ उमंग लिएर आउ
नेता अनि सभासदहरूलाई मात्र हैन
३ करोड नेपालीलाई पनि समृद्धि लिएर आउ,
देशनै तहस नहस हुने घुसखोरीहरूलाई मात्र हैन
सोझा गरिव इमान्दार निमुखालाई पनि राहत लिएर आउ
कानुन हातमा लिएर प्रशासन चलाउनेहरूलाई मात्र हैन
कानुन जान्दै नजान्नेलाई पनि बुझ्ने क्षमता लिएर आउ,
भ्याट छलि देश अनि जनता चुस्नेहरूलाई मात्र हैन
महंगी र बेरोजगारी पिडित जनतालाई पनि केही लिएर आउ
नयाँ बर्ष प्रत्येक नेपालीको मन मनमा उमंग लिएर आउ । |