Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : May 16, 2011 | Author : काङमाङ नरेश
Category : Article / लेख | Views : 1045 | Rating :

  
काङमाङ नरेश

२०६८ सालको नेपाली नयाँ वर्ष मनाउँन १३ अप्रिलको बेलुकी हार्वी ग्रामर स्कूलको प्राङ्गनमा कवि देवेद्र खेरेस, गजलगो विपु वाईवा र डेभिड भान्जाको साथमा म स्वयं पुगेँ । नर-नाता आफन्तजनहरूसँग नयाँ वर्षको शुभकामना आदान प्रदान भए । बेलुकाको खाना खाएपछि सांगीतीक कार्यक्रम शुरु भयो । भान्जा भान्जीहरूले नेपाली गीतमा राम्रा राम्रा नृत्यहरू देखाए । याक्थुम चुम्लुङ्गले प्रस्तुत गरेको च्याब्रुङ्ग नाचले नेपाली जात जातिको प्रतिनिधित्व गरेको थियो भने त्यस्तै खेवाङ्ग रोक्का र मोहित रोक्का २ जना कलीला नानीहरूका नृत्यले साँच्चै हामी नेपाली हुनुको अर्थ बोकेको थियो । हाम्रो संस्कार संस्कृतिको भुगोललाई ठुलो बनाएको महसुस भयो । गर्वले सबैका छात्ती गगन चुम्बी पहाड भन्दा अग्लो भए होलान् भन्ने मैले सोचेँ । तर जब कुमारी चेलीहरू कामुक बनेर मंचको मधुर प्रकाशमा नेपाली नयाँ वर्षको नाममा फेसन सो गरेर आउँन थालेपछि मैले बनाएको गगन चुम्बी पहाड ज्वालामुखी विष्फोट भए झैं भत्किन पुग्यो । मैले त्यहाँ नेपाली नयाँ वर्षको अर्थ खोजेँ तर त्यो नेपाली आभाष आउँने नेपाली नयाँ वर्ष मंचमा भने रित्तो थियो । एका एक खेवाङ्ग रोक्का र मोहित रोक्का २ जना कलीला नानीहरूले बचाएको संस्कार संस्कृतिको अपमान भएको महसुस गरेँ अनि मलाई नेपाली मुलका भुटानी नेता टेकनाथ रिजाल, एस. पेन्जर र फिजीका तत्कालीन पधान मन्त्री महेन्द्र चौधरीको सम्झनाले सताउँन थाल्यो । मैले सोँचे के उनीहरूले आफ्नो संस्कार संस्कृति लगायत सबथोक भुलेर त्यति ठुलो ��"दाह सम्म पुग्न सफल भएका हुन त ?

महेन्द्र चौधरीको बाजे रामनाथ चौधारी ईण्डियाको बहु जमलपुरबाट १९०२ मा वृक्ष रोपण कामको लागि स्टोर मेनेजर भएर फिजि पुगेका थिए । उनी ईण्डिया फर्केपछि उनका श्रीमती जय कलीको मृत्यु भयो । त्यसपछि उनी फिजी फर्केर फिजीयन केटीसँग वैवाहिक सम्बन्धमा बाँधिए । उनका छोराहरू भए एउटा छोराबाट महेन्द्र चौधारीको जन्म भयो । महेन्द्र चौधारी त्यहाँ बस्दै जादाँ फिजी लेबर पाटीको अध्यक्ष भए । १९ मे १९९९ मा उनी पहिलो ईण्डो फिजी प्रधानमन्त्रीमा निर्वाचित भए । तर उनी ईण्डियन मुलका प्रधानमन्त्री भएको कारणले उनको मन्त्रीमण्डललाई रतु सर कमिसेज माराको नेतृत्वले होस्टेज बनाएका थिए ।

टेक नाथ रिजालको बाजे पान्थरबाट लाहोर गएर लाहुरे भए । त्यसपछि उनी भुटानमा गएर बसोबास गर्न थाले । टेक नाथ रिजाल भुटान मै जन्मिए । उनी राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भए । तत्कालिन भुटानी राजा जिग्मी दोर्जी वाङचुकको पालामा उनी राजकीय सल्हाकार परिषद सदस्य भए । त्यति मात्र नभएर भ्रष्टचार आयोगका सदस्य पनि भएका थिए । राजाको विश्वाशीलो पात्र थिए । राजकिय परिषदको बैठक चलिरहेको बेलामा राजाले भनेको थिए रे । Rijal is the best, best and best counsellor in the history of Bhutan  यति सम्म आदार सत्कार पाएका रिजाल अन्त्यमा उनी नेपाली भाषी भएका कारणले बिनाकारण एक दशक भन्दा धेरै जेलमा सडिनु परेको थियो । जेलमा उनका साथीहरू मुसा, गन्हाउने ट्वाईलेट र एकान्त थिए । हातमा हात कडि र खुट्टामा नेल कडि ठोकी भुटान सरकारले राखेका थिए  । हजारौं हजार नेपाली भाषी समुदायलाई बल प्रयोग गरी लखेटे । उनीहरूले आफ्ना शिरी-सम्पति सम्म सुरक्षित साथ ल्याउँन पएनन । उनीहरूले आफ्ना जन्मेको ठाउँ आफ्ना घरहरू रुँदै छाड्न बाध्य भए । कतिका उमेर नपुगेका छोरीहरू आफ्नै अगाडि बलत्कृत भएको रमिते बनेर हेर्न बाध्य भए । भाग्ने क्रममा कतिका काखका नानीहरू बाटोहरूमै छाडेर नेपाल पसे । उनीहरू अहिले सम्म पनि नेपालको झापा जिल्लामा शरणार्थी बनेर बसिरहेका छन् भने कतिलाई पुनरवासको लागी अमेरिका लगिएका छन् । लाने क्रम अझै जारी छ ।

त्यस्तो शक्तिशाली तिन तिनवटा निकाएमा पदभार समालीरहेका त्यस माथी राजाको अति नजिकको व्याक्तिलाई खेदी छाडे । अब, हामी नेपालीहरूको वेलायतमा कस्तो पहिचान छ ? उसको देशको लागि लडेका गोर्खालीहरूलाई अहिले सम्म सम्मान रुपमा हेरे जस्तो मात्र गरेका छन् । त्यति मात्र कहाँ हो र भि.सि. जस्ता मान्छेलाई उपचारको लागी आउँन सम्म नदिएर गोर्खालीहरूको बेईजत गरेको तपाई हामी सबैलाई थाहा नै छ । भखरै केही महिना अगाडि मात्र वेलायती एम.पी.ले गोर्खालीहरूको बारेमा नकरात्मक वक्तव्य व्यक्त गरेको अभिव्यक्ति सेलाउन पाएको छैन ।

यता तपाई हामी भने नेपाली नयाँ वर्षको नाममा फेशन सो गरी आधुनिकबाट अझै उत्तर आधुनिक बनिरहेका छौं । फेसन सो गर्न पाउँने अधिकार सबैलाई छ तर त्यो निश्चित समय र ठाउँमा गरिनु पर्दछ । हामी नेपाली नयाँ वर्षको नाममा फेसन सो गर्छौ भने नेपाली नयाँ वर्ष भनी किन भन्ने ? रंगमञ्चको दुनियाँ मानव जातिलाई चाहिन्छ तर त्यसको पनि ठाउँ हुन्छ । कस्तो ठाउँमा कस्तो कार्यक्रम गर्नु पर्छ भन्ने उत्तर आधुनिक मान्छेले छुट्याउँन जरुरी छ । नयाँ वर्ष जस्तो दिनमा कामुक फेसन सोको सट्टामा जात जातिका पहिरनहरू लगाएर सो गरेको भए हाम्रा भावी शन्ततीहरूलाई अवश्य राम्रो प्रभाव पार्ने थियो र नेपाली हुनुको दरिलो आत्माबलको पनि विकाश हुँदै जाने थियो ।

हामीले रातो पासपोर्ट पाएका छौं या रातो पासपोर्ट लीने हक अधिकार छ । अथवा आई. एल. आर. हाम्रो साथमा छ भन्दैमा हामीहरू साँच्चै सक्कली वेलायती नागरीक हुन सक्छौं त ? कस्तुरीले आफ्नै नाभीको गन्ध सुघेर वनै वन खोजी हिड्छ तर कस्तुरीलाई आफ्नै जीउबाट त्यो गन्ध आईरहेको छ भन्ने कुरा थाहा नभए झैं हामीले पनि हाम्रो पहिचान थाहा नपाएका त छैनौं ?

यति बेला देखी नै हामीले हाम्रा भावी सन्ततीहरूलाई हामी नेपाली हौं भन्ने आत्माबलको विकाश गराउँनु आवश्यक छ जस्तो लाग्छ । हाम्रो संस्कार संस्कृति उनीहरूलाई हस्तानतरण गर्न सकेनौं भने हाम्रो रातो पासपोर्ट र आई. एल. आर. चिप्लेकिराको सिंङ्ग जस्तो मात्र हुने छ । अब हामी वेलायतवासी नेपालीहरूले भनौं त भुटानी नेता टेकनाथ रिजाल र भुटानी शरणार्थी र फिजीका तत्कालीन प्रधान मन्त्री महेन्द्र चौधरी जस्तै हुन पुग्यौं भने हाम्रो भावी सन्ततीहरूका  भविष्य के होलान ?  




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Article / लेख category

महाभूकम्प र सुअवसर
लाहुरेहरू र आदिवासी जनजातीहरू अनागारिक जस्तो
मिथ्याको महाजंगलमा हङकङका नेपाली
नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिती
२०६८ सालको नयाँ वर्षले मलाई टेक नाथ रिजाल र भुटानी शरणार्थीहरूको ताजा सम्झाना गरायो
प्रशासनिक काम, स्रष्टाको पहिचान
कविताको फूल र दिमागको रेखा
भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?
कविताको कमाल
प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?
म घर जाँदैछु
पुरानो आँखाले नयाँ वस्तु हेर्नु भयानक खतरा हुँदोरहेछ
सपनाको देश र माछाको अस्थिपिञ्जर
समुच्च विचारसँग म.....
नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
सम्पादकीय
गीत शुभ र मंछी गल्ली
सृजनशील अराजकता अर्थात अराजकताको अन्त्य

    Links
Column / स्तम्भ

    Random Pick
गोप्य पत्र लेखेको थेँ सुनाएछौ सबैलाई
तिमीलाई आफ्नो ठाँने चुनाएछौ सबैलाई
ठान्थेँ म त तिमी मनकी संसारमा एउटी
ज्ञानी भनि ठानेको थेँ भुलाएछौ सबैलाई
निर्मल निस्चल सागरकी सोझी माछी ठान्थे
जाल ढँडिया बुन्नै पर्ने बनाएछौ सबैलाई

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
622836
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com