Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : June 03, 2011 | Author : दिपा एवाई राई
Category : Others / विविध | Views : 859 | Unrated

  
दिपा एवाई राई

(नेपाली महासंघद्वारा आयोजित नेपाली हङकङेली साहित्य बिचारगोष्ठी कार्यक्रममा समयाभावका कारण र्दशाई पेश गर्न नदिएका हङकङ नारी साहित्य कार्यपत्र)
 

हङकङमा नेपालीहरूको आगमन औपचारिक रुपले सन् १९७० ब्रिटिश सैनिक गोरखा मार्फत भएको पाउँछौं भने नेपाली साहित्य सृजनाको अग्रगामी कदम भने ब्रिटिश गोरखा सैनिक बेलायत प्रस्तान भएयता भएको छ । सन् २००० मा विषेश साहित्य सृजनाको निमित्त स्थापन हङकङ साहित्य प्रतिष्ठान र त्यसपछि सन् २००५ सालमा स्थापित सृजनशील साहित्य हङकङले हङकङको वैचारिक क्षेत्रलाई फराकीलो पार्दै माथी लगेको प्रष्ट देखिन्छ । हङकङेली नेपालीहरूले प्रायः सबै विधामा कलम चलाएका देखिन्छ । हिजसम्म बाल साहित्य छैन भन्ने गुनासोलाई हेभन्ली पाथले बाल साहित्य संचालन गरेर सन्तोस बनाएको छ । यहाँ लेख र कृतिको हिसाबले नारी लेखक एकदमै कम देखिएका छन् । पत्र पत्रिका, ईन्टरनेट तीर फुटकर कविता, कथा, निबन्ध, वैचारीक लेखनमा नारीहरूले कलम चलाएको र्हेन र पढन पाईए पनि पुस्तकका रुपमा केवल तीननारी स्रष्टाका केवल तीनवटा मात्रै कृति आएको देखिन्छ । यसको प्रमुख कारण नारीहरूमा जागीर, घर, परीवार, बालबच्चासँगै नेपाली नारीका सामाजका मान्यताप्रतिका नारीधर्म रहेको मान्न सकिन्छ ।

हङकङेली नेपाली नारी कृतिहरू:

. चौतारा (सस्मरण,  निबन्ध) हिमकला राई ।

. अर्धवृत्त (कविता संग्रह) दीपा एवाई राई । २०६६ मङ्सिर

. केवल गंगा गुरूङका कविताहरू (कविता संग्रह) केवल गंगा गुरूङ । २०६७

अब हङकङको साहित्यप्रति रहेको बहुआयमीक मान्यतासँग नारी साहित्य आन्देलन, नारी अधिकारकर्मी, स्वतन्त्रताको आन्दोलनहरू भने पश्चिमेली नारीवादी आन्दोलनका मान्यतामा आधारशील हुन पुगेका छन् । जहाँसम्म नेपालको सम्बन्ध पनि यस्तै भएको छ ।अहिले पश्चिमेली नारी आन्दोलनले नारी माथीका विद्यमान शोषणका मूल कारण सामाजिक मान्यता रहेको ठहरमा छ । त्यसैले यहाँ नारी र पुरुषलाई हेर्ने मान्यता दुई भागमा विभाजित भएको छ । चलीआएको चलनचल्ती अनुसार नारीहरू 'नारीवादी' र पुरुष 'पुरुषवादी' हुने प्रायस गर्ने हो भने के मान्छेहरूले स्वच्छ भाव अनुसार नारी र पुरुषको भिन्न भिन्नै व्यक्तित्वप्रति सोच हुन सक्छ ? यहाँ थुप्रै उदाहरणहरू छन् जसले प्रायः नारीहरूले अत्याधिक मात्रामा लैंगिक समानताका निश्पक्ष अवधारणा राखेका छन् । नारी पुरुष वास्तवमा समान र उस्ताउस्तै हुन् भन्छन् । उनीहरूको विश्वास, क्षमता र व्यक्तिगत स्वभावप्रतिको आदरले नारी र पुरुष मानसिक रुपले फरक तरीकाले बस्न सक्दैन ।

वास्तवमा परिवारिक, सामाजिक, र्धामिक विविधताबीच नारी र पुरुष प्रति गरिने भिन्नभिन्नै व्यवहारद्वारा बालबच्चामा यस्तो प्रकारको लैंगिक विभेदको भावना संप्रेषण भएको पाउँछौं र बाल बालिकाले यी विश्वास र्गछन् की नारी पुरुष भिन्नभिन्नै प्रकारका मानव हुन् ।

यस्तो परिस्थितीबाट गुज्रीरहेको हङकङको अवधारणाबाट हङकङेली नेपाली पनि प्रभावित छन् । जहाँसम्म नेपाली जनजाती नारीहरू समाजमा पुरुषसित समान र सम्मानित अधिकार उपभोग गरिरहेकाहरू शहर हुँदै विदेश पस्दा विषेश सभ्य शिष्ट हुने हुँदा अरुको संगतको भ्रममा र्पदा तीनीहरूका घर, परिवारमा नारी अधिकार कुण्ठित हुन थालेको देखिएकाछन् । त्यसैले यहाँ हरेक क्षेत्रका कार्यमा प्रायः नारीका उपस्थिती सुन्य छ।टाडा नगई हङकङेली नारी साहित्य लेखक र कृति र्हेदा त्यो अनुभव ज्यादै सफलतापुर्वक मिल्न सक्छ । नारी समाजबाट मात्रै होईन धर्मबाट पनि शोषित र पीडित रहेको छ । यस मान्यतामा यहाँ हङकङमा कोक पुई लान -kwok pui lan_ ले नारी र धर्म जस्ता विषयमाथी अध्यनमा कार्यरत छन् । मेरो पनि यस क्षेत्रमा कार्य र प्रयत्नलाई अब हामीले नेपाली हङकङेली समाजबाट विषेश नारी उठनलाई हरेक क्षेत्रबाट सामाजिक र र्धमिक पक्षमाथी विषेश अनुसन्धात्कम ठोस तथ्य सत्य कार्यमूलक पद्धती तर्फ उन्मुख रहन जोड गर्दछु । त्यसैले नारी साहित्य लेख मार्फत समुच्च विचारको अवधारण मैले ल्याएकी हुँ ।

 

समुच्च विचारका पाँच मान्यताहरू:

. साहित्यको सम्बन्ध कल्पना र आर्दश भन्दा यसको आधार ठोस र वस्तुमुखी हुनु पर्छ । लेखक कलाकारले वास्ताविकतालाई खोज्दै समाजका सम्बन्धलाई निष्पक्ष रही समान दृष्टिले लेख्नु पर्छ ।

(सामाजीक सृजनावादको आवधारण)

. नारीप्रतिका धार्मिक आस्था, रुढीवाद, अन्धविश्वास आर्दशको विरोध गर्दै नवविज्ञान पद्धितीमा आधारीत साहित्य सृजना गर्नु

. नारीप्रति सकारात्मक, नवीन चेतनामूलक साहित्यमा अभिवृद्धि आवश्यक र प्रयोग

. पुराना सोच, सिद्धान्त निरंकुश चेतना भत्काएर यतिखेर सकारात्मक मनोवैज्ञानिक साहित्यिक आन्दोलन चलाउँनु

. कसैको निषेध नगर्नु वा सबैको उच्च स्थिति अथवा उत्थान ।

 

यी माथीका मान्यताका आधारमा वि..२०६६ साल पौष ११ गते शनिबारको दिन काठमाण्डौं डिल्लीबारको मिडीया मिसन हलमा विमोचित् 'र्अधवृत्त' कविता संग्रह मार्फत घोषणा गरिएको नारीविचार हो -'समुच्च विचार' 'समुच्च विचारलाई विभिन्न जातजाती, वर्ग,  लिङ्ग,  धर्म, संस्कार र रङ्गको विचार मान्दै लिङ्गभेदमा प्रस्तुत भएको कविता संग्रह 'र्अधवृत्त' ले समुच्च साहित्य विचार शृंखला भनी 'समुच्च विचार' लाई सामाजीक संरचनाका प्रत्येक घटक र तत्वमा प्रयोग गर्न सकिन्छ भन्ने विश्वास गरेको छ ।

 

समुच्च विचारको महत्व र उदेश्य

हामी नेपालीहरू जहाँ रहे पनि नेपाली हौं । हाम्रो अस्तित्व सँधै नेपाल र नेपाली हुनुको प्रमाण गरी रहेको बेला म विशेष नेपाली महिला हुनुको पहिचानमा मात्र नभएर एउटी नारी भएको नाताले यस हाम्रा समाजका हरेक समाजिक, र्अाथिक, राजनैतिक, धार्मिक जस्ता पक्षका अन्याय, समस्या र समाधनका खोज,  निर्णय,  सहमत र न्याय जस्ता कुराप्रति अध्यान अध्यापन मात्र नभएर मुक्त्त,  पक्षमा प्रत्येक नारी उभीएको देख्न चाहन्छु । सायद यो चाहन्न मेरो मात्र नभएर हामी सबैको हो- म भन्छु । यो सत्य हो मानव स्वभाव परिर्वतनशील छ । त्यसैले विविधताको (मिसलेनियम)सन्तुलन नै हाम्रो सहअस्तितव हो । विशेष साहित्य जस्तो गरीमयपूर्ण क्षेत्रमा भएको नारीप्रतिका अवधारणाहरूमा अझै पनि असमानता र अस्पष्ट हुनु दुःखको कुरा हो । अबको साहित्य जगतमा नारीप्रतिका लेखहरू सचेत र निश्पक्षतामा आउनु पर्छ । पारदर्शी विचारले प्रत्येक उदेश्यलाई स्वच्छ निरुपन गरोस् । तर आज पनि नारीमाथी गरीएका विचार,  विर्मश र लेखहरूमा उहि पुराना सिद्धान्त, शब्द बटुलेर प्रस्तुत हुन्छन् । नारीकेन्द्रीत बिषयवस्तु र र्सिजनाका धेरै आयमहरूमा सहि, सत्य तथ्यलाई नदेखाई छोपीन्छन्,  कतै हराएर छोडीएका, पलायन भएका ।

अहिलेको समय फरक छ । सबै कुरामा परिर्वतनको आवश्यक छ र हुँदैछ । त्यसैले वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टराई भन्छन्-'साहित्य सिद्धान्त डोको भएको छ,  एउटा पुवालबाट र्हेदा अंशिकता मात्र फेला पर्दछ त्यसैले अहिलेका कृतिलाई साहित्य सिद्धान्तले मात्र र्हेनु हुँदैन ।' यहाँ पुर्नरचनाको,  पुनर्निमाणको पुनपरिभाषाको सम्पूर्णताको उत्थानलाई ईंकित गरीएको छ । कला र साहित्य मानवीय जीवनको अभिन्न र महत्वपूर्ण अंग हो । जीवन रहेसम्म प्रत्येकमा कला र सहित्य हुन्छ त्यसैले किस्टोफर कडवेलले कला साहित्यलाई सर्वहारा र्वगको हितमा हुनु र्पछ भनेका थिए । आज विश्वमान चित्रमा नारीलाई हेर्ने हौ भने उनीहरू सर्वहारा र्वगमा नै पर्दैछ । अझ यस वर्षको नारी दिवसमा सर्वजानिक गरिएको महिलाको कार्य र सम्पतीको अंकडाले विश्वमा आधा हिस्सा ओगटेका नारी अझै सर्वहारा र्वग भन्दा पनि निम्न अवस्थाका स्थानमा रहेका देखिन्छन् । यसले यहि प्रमाण गर्छ आज पनि हाम्रो समाजका विविध पक्ष नारीप्रति उदार छैनन् । त्यसो हुँदा समाजलाई हेर्ने हामीलाई नयाँ विचार र विज्ञानको खाँचो परेको छ । उत्तरआधुनिकवादको आधारशील भनेको नवविज्ञान,  बहुकेन्द्रको अवधारणा,  सामाजिक सिर्जनावाद र परिकल्पना शक्तिको सिद्धान्त हो । यीनै सिद्धान्तहरूको आधारमा रहेको नवविज्ञान प्रशंसनीय दृष्टिकोण जसले मानवीय कमजोरी केलाउने विज्ञान नभई मानवीय क्षमता र शक्ति केलाउने विज्ञानको रुपमा देखा परेको छ । म यसलाई समुच्च विचारको एउटा आयम मान्छु । किन भने समुच्च साहित्य विचारले पनि नारी-पुरुष मानव समाज समतामूलक स्वःआयमका सृजनामा जोड दिन्छ । त्यसो हुँदा अब हिजोको नारीप्रतिको सामाजिक र धार्मिक धरणाहरूमा परिर्वतन र लैंगिक भेदभाव,  हिंसा जस्ता समस्या निराकरण गर्न सक्छौं । मानवीय साहित्य संसारम पुरुष सरह नारीको पनि समान र सहअस्तित्वको र्निमाण नै समुच्च विचारको प्रमुख उदेश्य हो ।

विषेशः नारीमाथीको विभेदलाई गहनविचार र विर्मशको आवश्यक आज मात्र नभएर निकै पहिले १८ औं शताब्दीको अनत्यतिरबाट भएको हामी पाउँछौं । यस बेला यसले वृहत रुप लिएको छ । यसै पनि साहित्यको कुनै सिमा छैन । आजको यो उत्तरआधुनिक युगमा त झन् सहित्य चारैतिर छरपस्ट भएको छ । राजनैतिक,आर्थि, सामाजिक,  धार्मिक पक्षमा मात्र नभएर ज्ञान विज्ञान जस्ता अनेकौं दिशातर्फ घुसेका छन् । हिजो कारणबस सिमांकृत भएकाहरू आज जुरमुराएर प्रकट भएका छन् कतै देशबाट बतै परदेशबाट । प्रवासी साहित्य डेस्पोराबाट । यी सबैको अन्तिम उदेश्य भनेकै आफ्नो अस्तित्व र त्यससँग सम्बन्धित हक अधिकारमा समानता हो । आजसम्म चलेका जुनसुकै क्षेत्रका क्रान्ती र आन्दोलनहरू त्यससँग सम्बन्धीत आफ्नो अस्तित्वमा र समुच्चतामा भएको हो ।

नेपाली साहित्यको क्षेत्रमा चलेका आन्दोलन मोतीमण्डलीदेखि आयमेली, राल्फाली, बुटपालीस,  सडक कविता,  भोक कविता,  तरलवाद,  लीलालेखन,  संरक्षण कविता,  सृजनशील अराजक समुह, चक्रब्युह संचेतना, नारी साहित्य प्रतिष्ठान,  बहुरङ्गवाद,  भयवाद,  उत्खनन नारी साहित्य प्रटिष्ठान तर्कवाद आदि हुँदै समुच्च विचार आएको छ । यी सबै आन्दोलनको मुख्य माग नै समान हक अधिकार संरक्षण र त्यसको अस्तित्व दावी रहेको छ ।

मैले माथी नै भनीसके साहित्य सिमाविहिन छताछुल्ल भएर सबैक्षेत्रमा पोखिएको छ । त्यसैले आज नारी उत्थानका सन्दर्भमा विचार विर्मश गर्ने हो भने हामी सृजनामा मात्र सिमित रहन नसक्ने भएका छौं । त्यसैले नारी सम्बन्धिका हरेक विषय र क्षेत्रसँग सम्बन्ध राख्ने हाम्रो विचार हुँदा समुच्च विचारले जातीय, वर्गीय, क्षेत्रीय जस्ता समाजका अनेकौं सम्बन्धसँग आवद्धता गर्दछ । जसको मूल आशय निषेधको निषेधलाई अस्विकार गर्दै सम्पूर्णताको उत्थान हो ।

जातीय, वर्गीय, क्षेत्रीय जस्ता सवाल भनेका सामाजिक तत्व हुन्, जो हाम्रो मानव धर्म-र्कमसँग सम्बन्धित छ । ईश्वर र देवताबिना धर्म आम मानिसहरूको जानकारीमा हुँदैन । धर्ममा आस्था राख्नेहरूका लागि ईश्वर र देवता हुनु अनिर्वाय आवश्यक हो । आज हामीले बौद्ध धर्मका संस्थापक गौतम बुद्धलाई उनका अनुनायीहरूले ईश्वरको रुपमा रुपान्तरित गरेका पाउँछौं ।

आचार, नियम, कर्म काण्ड, विविध व्रत, पुजा यज्ञ, होम-होमादी हाम्रा समाजका परम्परा भएर शताब्दीयौंदेखि चल्दै आइरहेका छन् । ती परम्पराको पछाडि पुजारीहरू र मन्दिरहरूका नियमहरू र धार्मिक अधिकारीतन्त्रको एकताबद्ध र सुसंगठित शक्ति खडा हुन्छ । पुजारीहरू र धार्मिक संघ सम्बन्धी संगठन नै त्यो प्रत्यक्ष सामाजिक शक्ति हो, जसले धर्मको आधार र स्तम्भको काम गर्ने र्गछ । त्यसैले धर्म यहाँ सबभन्दा पहिले सामाजिक घटनाक्रम बन्न जान्छ । धार्मिक आस्थाप्रति मानिसका मस्तिष्कमा विचित्रका प्रतिबिम्ब हुन्छ । कुनै दुःखको बेला, असफल र विपतको बेला प्रथम मानिसले ईश्वरकै नाम पुर्कान पुग्छ । यसले व्यक्तिमाथी हुने धर्मको प्रत्यक्ष मनोवैज्ञानिक र विचारको प्रभावलाई दर्शाउँछ । यस कुरामा मर्क्सवादीले मात्र नभएर धेरै स्वतन्त्र चिन्तक, पुँजीवादी विद्वान समेत सहमत हुने र्गदछ । र्वतमानमा क्वान्टम फिजीस अध्यायनरत छ ।

अब यस स्थितीलाई मध्यनजर राखेर नारीअधिकार कर्मीहरूले नारीका स्वतनत्रताप्रति उभिनु पर्ने छ । हाम्रो वैचारिक आयम भनेकै पुर्वीय र्दशन अन्तरगतका वेद,  पुराण,  उपनिषद,मिमंश आदि हुन् । जो पितृसतात्मक विचारधारामा आधारति छ । यी सबै-सबै साहित्यका प्रथम स्रततहरू पनि हुन् । त्यसैले आज सर्वप्रथम नारी अस्तित्व र स्वतन्त्रताको निमित्त सृजना मार्फत धार्मिक व्यख्याहरूलाई पुनः विश्लेशण गरिनुपर्ने आवश्यकतालाई नकार्न मिल्दैन । नारपितृ रहेका हिजका कुदृष्टिका विचारहरूलाई सम्सोंधन गनु र्पछ नै ।

नेत्रकला दवाडीले भनेका छन्-'अझै पनि संस्कृतिका नाममा प्रक्षेपन गरिएका धार्मिक क्ष्येप्यास्त्रका छिटाहरूले समाजलाई आघात पु-याईरहेका हुन सक्दछन्, हरेक कोणबाट विवेचना गर्नै पर्दछ । अनिमात्र हामी पुर्वीय र्दशनको मर्मलाई सार्थक बनाउँन सक्दछौं ।' 'जहाँ नारीहरूको पुजा हुन्छ,  त्यहाँ देवताहरू रमाउँछ" देखी महिला, पशु र शुद्र एकै हुन्,  यिनीहरूको कहिल्यै विश्वास नर्गनु' भन्ने विरोधाभास धार्मिक निती र आर्दश बोकेर नेपाली नारी समाजको विकाश भएको छ । यस्तो द्विपक्षीय चरित्रमा प्रायः सबै धर्मग्रन्थले नारीलाई प्रस्तुत गरेकाछन् । त्यसो त भाषा,  धर्म र संस्कृति नभएको समाज ईतिहासबिनाको एउटा निर्जीव भौतिक अस्तित्व मात्र बन्न जाने छ । भाषा र धर्म गुमेपछि संस्कृति उखेलिएको आत्मा वेगरको केवल शरीर रहन्छ भनिए पनि नारीप्रतिका दमनकारी पुरेत धर्मनीति अबका दिनमा स्वीकृत हुँदैन ।त्यसैले अधिकमात्रमा नारी सक्रिय रहने व्रत तिर्थ जस्तै तीजलाई नारीमाथीको विद्यमान शोषण र उत्पीडनलाई बढवा दिने सबै किसिमका रिवाजलाई एकाएक गरेर केलाएर, फालेर हामी नारी स्वतन्त्रताको दिवसको रुपमा मनाउँन सक्छौं । वास्तवमा तीजको आशय नै नारी स्वतन्त्रतामा छ । र्वतमान आधुनीककरणले तीजको रुपलाई केही हदसम्म सरलीकरण गरे पनि पुंजीवादको आश्रयमा ढल्कींदो बढ्दो फेशनको अनुसरणले स्वच्छ र स्वस्थ्य भन्दा अनैठो भद्दा हुन गइरहेको छ । त्यस्तै स्वस्थानी कथा मानिसहरूका मानसिक,  आन्तरिक पक्षलाई नै नियन्त्रण गरी शासन गर्न बनाईएको समाजको धार्मिक कानुन दस्तावेज हो । स्वर्ग र र्नकको आश र त्रास, दुःख र मुक्ति आदि प्रसंग यस कथामा प्रतिबिम्बित् छन् । त्यसैले अब धर्मको त्रासबाट मुक्त गर्ने काम समाजका विभिन्न तप्कामा रहेका समाज सुधारकहरूले महत्व दिनु एक अनिवार्य हो । वैज्ञानिक चिन्तनधारा अभियान थाल्दै सक्दो नारीलाई शिक्षित बनाउँनु पर्छ । विरोध र समर्पणभन्दा ज्यादा सक्षम विचार हुनु आवश्यक छ । जस्तो की किताबी र व्यवहारक ज्ञानको समिस्श्रणले व्यक्तिलाई जीवन जीउनुमा सरलीकरण गर्नु झैं हो । यसले समाजमा सौन्दर्य प्रधान र्गदछ । हामी नारीहरूलाई सक्षम र असक्षताको विवादले संधै तानीरहेको हुन्छ । कुनै विशिष्ट पदमा पुगेका नारीलाई उनको क्षमता र दक्षताभन्दा कुनै पुरुषको मित्रताले वा अवैध सम्बन्ध भएको कारणले सफल भएको मान्ने परीपाटी पनि हामी कहाँ जीउँदै छन् । तर यति हुँदा हुँदै पनि आलोचना र विरोध समस्याको समाधन बन्न सक्दैन भने मौनता स्वीकृत होईन ।

यहाँ कसैले आमा ठुलो कि बाबु ठुलो भनी सोधे हामी एकछिन अन्कनिन्छौ र भन्छौ- 'बराबर ' हामीले आमा र बाबुको समान महत्वलाई आफैले भोगेका हुनाले हामीसँग यसभन्दा अर्को उत्तर हुनसक्दैन । नारी र परुषको यो समान महत्व मानव समाजको सम्पूर्ण ईतिहासले छर्लङ्ग देखाएको छ । नारी र पुरुषलाई अलग अलग गरेर या एउटाको भन्दा अर्कोको महत्व कम-बेसी आँकेर हामी मानव समाजको कल्पना गर्न सक्दैनौं । त्यती मात्रै नभएर जीवविज्ञानद्वारा प्रमाणित हामीमा बाबु र आमाबाट ‌+ - क्रोमोजोमको बराबरी हिसाद्वारा निर्मित मानव सिद्धान्तले हाम्रो बराबरी माग र मान्यतालाई हरेक क्षेत्रमा झनै प्रमाणित गर्दछ ।

 

 

सन्दर्भ स्रोतः

!=  Engendering Hong Kong Society   The Chinese University Of Hong Kong 1997 .

. उत्तरआधुनिक ऐना, दोस्रो संस्करण २०६६।डा. गोविन्दराज भट्टराई

. उत्तरआधुनिक आयम र प्रसंसनीय दृष्टिकोण,  प्रथम संस्करण कार्तीक २०६६ ।बुद्धि तामाङ्ग

. काव्यिक आन्दोलनको परिचय, दोस्रो संस्करण, २०६२ । डा. गोविन्दराज भट्टराई

. धर्मको ईतिहास, शे. तोकारेन ।अनुवाद: युवराज पन्थी

. उत्खनन नारी साहित्य प्रतिष्ठान, इटहरी (मुखपत्र) २०६४।१२।१८

. पुर्वीय चिन्तन परम्परा, . संस्करण २०६६ ।मोहनप्रसाद भण्डारी, भुमिप्रसाद दाहल

. महिलाहरूको स्वतन्त्र र दमनको समिश्रण पर्व तीज व्रत,  दीपा एवाई राई । एभरेष्ट बर्ष १०। हङकङ । -१४ साउन २०६६

. नारी बन्धन र मुक्ति, परिमार्जित छैठौ संस्करण २०६६ ।मोदनाथ प्रश्रति




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Others / विविध category

चाउचाउ साहित्यको प्रस्तावनापत्र
बुङखमाको नुङ वाईमाक
मुखाँ हानु जस्तो
कविता वाचनको पहिलो निमेक
पृथक उपन्यास 'अपमान' को तेस्रो संस्करण
राइफलको मूर्च्छनाले म फेरि बल्झिदै दुःखेँ
कार्यपत्र: नेपाली साहित्यसमाज र धर्मर्दशनप्रति आवश्यक एक नयाँ वैचारिक आयम
अस्तित्ववादी साहित्य (कार्यपत्र)
कवि हाङयुग अज्ञातद्वारा प्रस्तुत कार्यपत्र 'नेपाली साहित्यमा डायोस्पोरा' माथि टिप्पणी
कवि हाङयुग अज्ञातद्वारा प्रस्तुत कार्यपत्र 'नेपाली साहित्यमा डायोस्पोरा' माथि टिप्पणी
नेपाली साहित्यमा डायोस्पोरा

    Links
Column / स्तम्भ

    Random Pick
तिम्ले दे'को विश्वासमा आफैँ घात गर्‍यौ
मेरो साँचो प्रीतिलाई बीचबाटै छाड्दियौ
संसार अट्ने मेरो दिलमा तिमी अट्न सकेनौ
बसाऊ अन्तै सुखी जीवन मसँग त बसाएनौ
सागर जत्रो मेरो मनलाई थोपा जत्रो ठान्यौ
पारि तार्छु भन्दै लग्यो मझधारमै छाड्दियौ

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
622756
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com