Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : June 13, 2011 | Author : होमनाथ सुवेदी
Category : Criticism / समालोचना | Views : 816 | Rating :

  
होमनाथ सुवेदी

     विधाभञ्जनको जाँड लाएको युग हो यो । त्यसो त राज्यको सीमा नाघेको डायास्पोराको युग हो यो । यो यहीको हो र यही हुनुपर्छ, निबन्ध भनेको यही हो, त्यो हुँदै हैन, त्यो त कथै हो भनेर ठोकुवा गर्ने परिभाषाका दाँत झरिसके । जो जहाँ-जहाँ भए पनि आफ्नो पहिचान भने कसैले हटाएर हट्दैन, कसैले लुकाएर लुक्दैन । साहित्यको पहिचान साहित्य हो भने त्यसभित्र रहेकै हुन्छ, चाहे विधाभञ्जन गर चाहे विधा निबन्धन गर । छ्र्यासमिसे भए पनि सामान्यतया गद्य र पद्य विधा छुट्टएिकै छन् ।

त्यसमा पनि मिसियो भने चम्पु भन्ने चलन गएको छैन । गद्य र पद्य मिश्रति विधा नाटक पनि हो । तर नाटकले अभिनयको कारण श्रव्यभन्दा दृश्य विधामा आफूलाई अगाडि सार्छ । हो, नाटकमा पनि आख्यान हुन्छ । यसो भए पनि नाटकको आफ्नै स्थान छ । अनि गद्यलाई खास गरी दुई भागमा बाँडेर हेर्न सकिन्छ, आख्यान र आख्यानेतर । आख्यानका खेमामा कथा, लघुकथा, उपन्यास राख्न सकिन्छ भने आख्यानेतरमा नियात्रा, जीवनी, संस्मरण, निबन्ध ।

वास्तवमा आत्मसंस्मरण पनि आत्मकथा हो, यसमा आख्यान हुन्छ । भावुक आत्मकथाकारले पद्यमा पनि प्रभाव पार्न सक्छ । यो निबन्धको एक प्रकार हुँदै हो । यसरी हेर्दा विधाभञ्जन भन्ने कि विधासमीकरण भन्ने-यी सबै कुरा यसमा भएर पनि यो आत्मवृतान्त नै हुन्छ । संस्मरण लेखकले लेखे पनि अर्को एक लक्ष्यलाई पूर्ति गर्न लेखिएको हुन्छ । नियात्रा लेखकको गन्थन हो तर त्यसले यौटा लक्षित वस्तुलाई पुष्टि गर्न खोजेको हुन्छ । यी भेद बाहेक न आत्मकथा हो, न स्मरण हो, न जीवनी हो, न नियात्रा हो-केही पनि हैन । तर गद्यको एक विशिष्ट विधा हो, निबन्ध । साहित्यमा गद्यको आख्यानेतर विधाहरू मध्ये एक सशक्त विधा हो निबन्ध ।

आज निबन्धको कुनै बारबन्धन र रङ्गरोगन छैन । जे जसरी लेखे पनि हुन्छ तर जेसुकै लेख्दैमा निबन्ध भने हुँदैन । यो यौटा भाषिक चमत्कृति भन्छु म । कुरैकुराले मीठामीठा विषय र पदलालित्यले अन्धाको आँखा खोल्ने र बहिराको कान खोल्ने क्षमता भएको आख्यानेतर पोथी गद्य नै निबन्ध हो । मैले यो एक हातको ताली पढेर यही बुझेँ । 'एक हातको ताली' पढ्दा कथा पढेजस्तो पनि लाग्छ । 'भेटौँला कर्फ्यूमा' निबन्धका यी हरफलाई कसले कविता भन्दैन ? - 'जीवनको पर्वाह त्यतिखेर गरिन्छ-जब दासताको शिरफूल लगाइन्छ, पराधीनताको जुत्ता लाइन्छ र कमारोको फेटा गुथिन्छ । स्वतन्त्रताको आकाश ��"ढेर स्वाधीन धरती टेक्नेहरूले कर्फ्यूलाई मिलाउँछन् माटैमा । बलिदान साथी बन्छ र विद्रोह बन्छ नजिकैको हितैषी ।'

यसमा कविता भाव, वाक्य गठन र शब्दयोजना अत्यन्त उच्च कोटिको छ । के यस्तो कवितात्मक भाषा छ भनेर यसलाई कविता विधामा लाने ? त्यो त मिल्दैन । राख्न त यसलाई जति विधाभञ्जन गरे पनि निबन्धमै राख्नुपर्छ । बरु हो भन्न सकिन्छ । यो कविता हैन । तर काव्य हो । गद्य पनि कविको परीक्षा लिन सक्ने विषय हो । त्यसैले त उपन्यासहरूलाई महाकाव्य पनि मान्न सकिन्छ ।

'एक हातको ताली' मा कथा छ, आत्मकथा छ, संस्मरण र चुट्किला छन् । जनयुद्घको महासङ्ग्रामको आख्यान छ । कविता छ । नाटक छ त्यहाँ । के छैन ? सब छ । तर त्यहाँ यौटा मात्र कुरा केही पनि छैन । छ भने, व्यञ्जना शब्दशक्तिले ��"तप्रोत भाषा छ । यही भाषाको सामर्थ्यले 'एक हातको ताली' ले दुई हातको ताली पाएको छ । मेरो आलोक नितान्त आत्मपरक हो-यदि यसमा समालोचनाका दृष्टिबिन्दुहरू उपयोग भएका छन् भने त्यो यौटा साहित्यानुरागीको आलोकमा हुने गुण हो र त्यो सुयोग समेत हो । यस अर्थमा प्रस्तुत कृतिबारे म जे लेख्छु, त्यो सिद्दान्तभन्दा हृदयसंवेद्य वस्तुगत यथार्थलाई देख्छु र त्यही लेख्छु । जसरी युवराज नयाँघरेले अरुको मानकको अनुकरण गरेर नलेखी स्वयम् मानक लेखनकला निर्माण गरेका छन् । त्यस्तै यी विचार कृति पढ्दा सौन्दर्यशास्त्रका छापहरू नै यसको समालोचनाका मानक आधार बनेका छन् । तिनकै आधारमा मैले यो 'एक हातको ताली' लाई नेपाली आख्यानेतर गद्य साहित्यमा मूल्यवान कृति भनेको छु । उत्तर आधुनिक निबन्ध कृतिको नमूना हो यो ।

थरले सुवेदी दाजुभाइ पर्नु बाहेक हाम्रो अरु नातो छैन । त्यसैले पूर्वाग्रहरहित, सार्वभौम, न्यायपूर्ण, असङ्कुचित, वैध, विश्वसनीय र निर्वैयक्तिक भएर म भन्न सक्छु-वास्तवमा 'एक हातको ताली' मा जीवनी, आत्मकथाहरू आख्यानवर्गमा राख्ने र नियात्रा, संस्मरण आदि प्रबन्ध वा निबन्धभित्र राखेमा आख्यानेतर अन्य विधाको आवश्यकता नै नपर्न सक्छ । विधाभञ्जन र पुराना प्राध्यापकीय समालोचना भन्नासाथ चिढ्चिढाउने स्रष्टा र पाठकको जमातमा आख्यानेतर अन्य विधा भन्दा पनि हुन्छ तर मेरो दृष्टिमा यो क्षेत्रको व्यापक गहकिलो परिचय र नयाँलाई थाम्न सक्ने विधा भनेको निबन्ध नै हो । जसको नमूना हो 'एक हातको ताली' । निबन्ध काव्य समेत हो यो । यसले धेरै विधालाई समेटेर निबन्धको रुपमा प्रस्तुत भएको छ । नेपालको जनयुद्घ र क्रान्तिकालीन समाजको सजीव आख्यान बनेर, मानवीयताको खोज गरिएको, बहुसङ्ख्यक नेपालीको पहिचान बोकेको 'एक हातको ताली' भित्रैको एक निबन्धको नामबाट नामाकरण भएको छ समग्र कृतिको । गरिब नाङ्गाको नाङ्गै, नेताहरूले पचासौँ किरिया खाए पनि देशको स्थिति भताभुतुङ्गै भएको चित्रले रातदिन क्रान्तिको लागि कर्फ्यू, जुलुस र नारामा हिँड्ने भोकानाङ्गा जनताको ताली एकै हातको मात्र रहेको छ । कुनै पनि नेताको किरियाले पनि केही नापेको छैन । त्यसैले 'एक हातको ताली' सार्थक नाम छानिएको लाग्छ ।

लेखन,सिर्जन त्यो पनि निबन्धन-नितान्त वैयक्तिक कुरा हो लेखकको । अर्कोसित मिल्नुपर्छ भन्ने छैन । मिल्दैन र मौलिकता पनि यही हो । युवराजको यसै पक्षलाई समालोचक कृष्णचन्द्रसिंह प्रधान 'शिखर आरोहणको क्रमिकता' शीर्षकको भूमिकामा लेख्छन्-'झर्रा र विशुद्घ नेपाली अनुहार शब्दहरू, छोटा-छोटा वाक्य, सङ्क्षिप्त कथन, साङ्केतिक आशय, उपमेय सौन्दर्य, कवितात्मक उक्ति र यी सबैको निजीकरणमा प्रस्फुरित मौलिक व्यक्तित्व निबन्धकार नयाँघरे हुन् ।'

पुरानाको भञ्जन र नयाँ अवस्थाको उपत्यकामा उभिएर हेर्दा सिर्जनाले सामाजिक मान्यता पाउन पनि निकै कठिन पर्छ । टाढा भएर पनि होला यसको अनुभव मलाई सबभन्दा धेरै छ । नयाँघरेका पनि नयाँ परिपाटीका निबन्ध अस्वीकृत हुन सक्थे तर त्यसो भएन । नयाँघरेले पनि नयाँ निबन्धको सोपानमा आफूलाई दह्रो गरी उभ्याएको कुरो यसैको प्रकाशकीयले पनि व्यक्त गरेको छ-'नयाँ भाव, नयाँ भाषा, नयाँ शैली र नयाँ समाजको परिकल्पनामा उनले आफूलाई क्रमबद्घ रुपमा साधनारत तुल्याएको प्रमाण हामी उनीद्वारा पूर्वप्रकाशित निबन्ध र नियात्राको चर्चा, ख्याति र सामाजिक स्वीकृतिलाई मान्दछौँ ।'

समालोचक/प्रकाशकका जे जस्ता धारणा भए पनि युवराज नयाँघरेका के आफ्ना आत्मस्वीकृतिहरू छन् त ? सिर्जना के हो ? रचना केलाई भनिन्छ ? यहाँ निबन्ध स्वतः पर्न आउँछ । हो, उनका आत्मस्वीकृति छन् ।

'सट्टापट्टा' निबन्धमा बल र मनको विवाद सिर्जना गरी उनले भनेका छन् । सीप बाँड्न वा अर्कोले गरिदिन सकिन्छ तर मन त मनै हो त्यो अर्कोले बनिदिन मिल्दैन । सीप बल हो फेर्न मिल्ला, पूरा गर्न मिल्ला-तर सिर्जना मन हो, अर्कोले पूरा गर्न सक्दैन । यसलाई उनले यी शब्दमा आत्मस्वीकृति जनाएको मान्न सकिन्छ-'भिन्न पक्ष हुन् हृदय र बल । सीपमा सिक्ने ठाँउ हुन्छ यथेष्ट । त्यो सामर्थ्य कदापि हुँदैन सिर्जनामा । रचना त मनबाट उठ्ने आवेग हो, हुरी हो र कम्प हो ।'

युवराज आत्मपरक निबन्धकार हुन् । सुनामीलाई आफ्नै दृष्टिले हेर्छन् र आफ्ना कलात्मक भाषामा त्यसलाई कुँदेर पाठकलाई पस्कन्छन् । समाचार उही हो । सबैले पढ्ने हो । सुनामी उही । हामीले कविता पनि लेखेकै हो । तर नयाँघरेको 'प्रलयको नाम हैन सुनामी' निबन्ध पढेर विशिष्टताको अनुभव हुन्छ । लेखकको निजात्मक खुबी भनेकै त्यही हो र त्यही हो स्रष्टाको मनको कम्प पनि । यस्तो कम्पमा निबन्ध वा प्रबन्ध लेखिँदैछ भनेर नाकमा डोरी लाएर नयाँघरे निबन्ध लेख्दैनन् । उनको मनको कम्प हो, लेख्दै जाँदा 'डेरिडा' लेखक हैन पात्र हो यो । यो पूरा डेरिडाको कथाजस्तो छ । विधाभञ्जनको नमूना पनि हो यो । निबन्धनको पुरानो सीमा नाघी मनको कम्पनलाई कथात्मक शैलीमा प्रस्तुत गरिएको निबन्ध हो 'ध्वाँसोमुनि डेरिडा'

त्यस्तै 'कोरसमा एउटा स्वर' निबन्ध । यो निबन्ध पढ्दा त मलाई लाग्यो, म मेरो कुनै एक कथा पढिरहेछु । विधामिश्रणको यो एक नमूना हो । कथा र निबन्धमा समानता देखिन्छ तर जात भने पक्कै फरक हुन् । यो निबन्धमा भीडमा एकलोपन र अनाम नायक मेरा पनि कथाका अभिप्राय हुन् । यो निबन्ध यौटा भीडको कथा हो । यो उनको मौलिक शैली हो । 'एक भन्ज्याङ पीर' निबन्ध पढ्दा परम्परागत पाठक एकछिन अलमलिन सक्छ, यो के हो ? कथा हो वा निबन्ध ? खै के हो-के हो ? थाहा भएन, असन्तुष्टी छ कथा हो न निबन्ध हो । एकछिन पछि अर्को नयाँ पाठक आएर व्याख्या गर्न सक्छ, विनिर्माणको युगमा विधाभञ्जन भएको नमूना हो यो । युवराज बुद्धिले र बलले लेख्दैनन्- उनी मनले लेख्छन्, हृदयसंवेद्य भएर लेख्छन् । र, जे लेख्छन् त्यो उनको मनको कुरा लेख्छन् सशक्त बिम्बात्मक भाषामा । शेष-कुन विधा र कुन सोपानमा उनका सिर्जना राख्ने हो, त्यो उनको विषय हैन । त्यो नयाँ समालोचकले आँफै खौज्ने कुरा हो । जङ्गलको हीरा नदेख्दैमा ऊ पित्तल भएको हुन्न । एक दिन कसै न कसैले त्यसको सत्य अनुशीलन गरिहाल्छ । यसै आधारमा नितान्त मौलिक निबन्ध यो सङ्ग्रहमा भएको मैले पाएँ । जस्तो उनको स्वीकारोक्ति छ त्यस्तै सिर्जना पनि ।

विषयवस्तुतिर दृष्टि दिँदा समग्रमा उनको वस्तु मा��"वादी जनयुद्घ र लोकतन्त्रसम्म आइपुग्दाका क्रान्ति, जुलुस, नारा र गरिब जनताको पीडा नै हो । यसमा उनले प्रवासीको पनि पीडालाई छुटाएका छैनन् ।

डायास्पोरा धेरै प्रकारको छ । ऐले यहाँ यत्ति मात्र भन्छु । यस सन्दर्भमा मेरो नजर परेको निबन्ध हो- 'जयमाया अर्थात् नेपालीहरू' ।नेपालीहरूलाई प्रवास लाग्नु कुनै रहरको कुरो होइन । बिचरा मेची कट्नेहरूको दर्दनाक पीडाको पाठ उनले कोरेका छन् यहाँ- 'टोपी के भन्ने, घेरा मात्र छ निधारमा । जे छ छातीमै छ । देश भने पनि, भाषा भने पनि, संस्कृति भने पनि । अथवा दुःखको पोखरी भने पनि । धुजा-धुजा भएको छातीमा जयमायाहरूको सर्वस्व छ त्यै छातीमा ।'

नेपालीहरू कस्तो-कस्तो अवस्थामा मेची कट्छन् । अनौठो चित्र छ यहाँ- 'पढ्छु जयमायाहरूलाई । कपाल छ, ��"ठ छ, ��"ँला छन्, नितम्ब छ तर छैन बैँस । वेदनाको भागालो छ पैतालादेखि हत्केलासम्म ।'

प्रवासी भएर बर्मा पुगे पनि नेपालीले आफ्नो संस्कृति कहिल्यै भुल्दैनन् र सोच्छन्-'दुनियाँका नेपालीको माउघर नेपालै त हो नि !'

प्रवासीप्रति निबन्धकार थप्छन्- 'के नेपालीले नेपालको माया पाउने प्राकृतिक अधिकार होइन र ? चरा त वास बस्न गुाडमै र्फकन्छन् साँझमा !'

नेपाल र्फकंदा यी बर्मेली नेपालीको दुर्दशा उस्तै हुन्छ-'घाटमा छायाले छोडेसमानको लास-जयमायाको परिचय । अर्थात् नेपालीको परिचय । बर्मेली दुत्कार र कपटी कर्मको चरित्रका पासा पल्टिरा' छन् फर्लक-फर्लक । ती फर्लकको नतिजा हो-जयमायाको दलदलको जिन्दगी !'

प्रवासीको मन र कर्म तथा उनीहरूका पीडा र अभिलाषालाई निबन्धकारले मसिनैसित केलाएर यहाँ प्रस्तुत गरेका छन् । बसाइँसराइको कथा हो यो । कलात्मक भाषामा प्रवासी नेपालीको लक्ष्य छुने प्रयास गरेका छन् र वस्तु समेट्न उनी सफल पनि छन् । भोलि भन्न सकिन्न, अरु नेपाली डायास्पोराले पनि बर्मेली नेपाली बन्न नपरोस् । त्यसैले नेपालीले नेपाल कहिल्यै नछोड्नु । विश्वको जुन कुनाको डायास्पोरामा दर्ता भए पनि नेपालीको माटोबाट कहिल्यै अलग नहुनु भन्ने सन्देश सरकार र प्रवासीहरू सबैलाई यो रचनाले दिएको छ ।

नेपालको समसामयिक अवस्थाको चित्रण-

युवराज 'सुनचुराको दान दिए !' निबन्धमा लेख्छन्-'यो हो एक्काइसौँ शताब्दीको नेपाल । सुन ! चुरा फुटाउनेहरू दिनहुँ अनगिन्ती देखिएका छन् । काँचका चुरा फुटाउनेहरू सुनका चुरा लाइदिने नारामा सोझ्याइरहेछन् बन्दुकका नाल । रबरका चुरा चोइट्याउनेहरू शिरपाउ सजाउने नारामा तेर्स्याइरहेछन् तरबार । चुरा मात्र चुकाउँछु भन्नेहरू गला थुतिरहेछन् । गला मात्र थुत्छु भन्नेहरू सिउँदो उजाडिरहेछन् । सिउँदो मात्र उजाड्छु भन्नेहरू गर्धनै गिाडिरहेछन् ।'

देशको यो बिजोगको अवस्थालाई यी निबन्धले वस्तु बनाएका छन् । 'टाउका पर्वको श्रोता' मा��"वादी जनयुद्घले ल्याएको जीवन हो, समय हो र गति हो । परिणति नराम्रो नभइदियोस्, निबन्धकारको सङ्केत यतातिर छ । तर नेताहरूमा किरिया नै खाए पनि त्यसको अर्थ रहेको छैन । किरिया पुराण मात्र बन्यो । यस्तो अवस्थामा देशलाई दुर्गतिबाट बचाउने कसरी ? वस्तुको लक्ष्य यत्ति हो ।

  मान्छेको मोल नै रहेन कि ! यौटा ड्राइभरले मान्छे किचेर अठार सय नेपाली रुपैयाँ मात्र तिरे पुग्छ । पैसा भए जे गरे पनि भयो । डलर र पाउन्डका एजेन्टहरूलाई त नेपाली रुपैयाँ अठार सय केही न केही ! पैसामा नै मानवीयता मर्ला कि भन्ने चिन्ता यहाँ निबन्धकारको रहेको छ 'अठार हजार जाबो' मा । 'बस्तीका हरएक दिनचर्यामा पराजयको कामज्वरो फैलिएको छ । र, त्यो पनि निदान अनि उपचारविहीन ! (अठार हजार जाबो) '

  कस्तो नाजुक अवस्थाको छाप छ यहाँ चिहानघारीको । 'भेटौँला कर्फ्यूमा ! निबन्धकै नामबाट यो कृतिको नाम राखेको भए हुने भन्ने लाग्यो यो निबन्ध पढ्दा । यसले राजतन्त्रविरोधी र्याली ताकाको चित्र कोरेको छ । कोरेको हैन, कुँदेको छ । देश र जनताको लागि कति लड्ने 'भेटौँला कर्फ्यूमा ! एक उखान नै भैसकेको छ । यसो भन्नु सस्तो र उपहास जस्तो पनि भैसक्यो । बगेका रगतले कुनै गरीबको दुई हातका ताली बजेनन्, चिसो चुल्हो तातो भएन । निबन्धको वस्तु यस्तो छ समसामयिक नेपालबारे ।

   'पुलमुनिका घर' निबन्धले त स्पष्ट दुई वर्गबारे विश्लेषण गरेको छ । अझ तल्लो वर्गको पूरा संसार नै पुलमुनि वा वेसमेन्टको जीवनमा लगेर चित्रण गरेको छ । यो समस्या नेपालमा त छँदैछ । मैले वासिङ्टन डिसीलाई पनि दुई तलामा देखेको छु । उपल्लो तलाका उपल्लो वर्गको र तल्लो तलाको डिसी तल्लो वर्गको । शहर नै दुईवटा हुन्छन् । उपल्लो शहरमा जान तल्लो शहरका जन्तुलाई इजाजत लिएर मात्र जान मिल्छ अन्यथा प्रवेश निषेध । ट्राफिक लाइटले नै तल र माथि छुट्याएर पठाउँछ । यो स्थिति डिसीको हुँदैछ भने नेपाल त सबै छिडीमा पुग्ने बेला आउँदैछ । पुलमुनिका घरहरू त युवराजले देखे अरुले देखेका छन् कि छैनन् ? तिनीहरू दिनहुँ बढ्दैछन्, घट्ने सम्भावना देखिदैन । तर त्यो दुर्गन्धित बस्तीको उद्घार कसले गर्छ, खोज त्यसको हो । कडा शब्द, वाक्य छोटा तिखा र वजनदार बनाएर यो निबन्ध मार्फत् शोषक र शोषितको रेखालाई छर्लङ्ग देखाइदिएका छन् । यस अर्थमा युवराजको लेखन पीडाको उजागर गर्नु हो ।

त्यसैले उनी जहाँ जान्छन् त्यहाँ भोकको समस्या देख्छन् र भोकलाई भ्रमणसित जोडेर निबन्ध लेख्छन्-त्यसको उदाहरण हो सडक स्वाद । आखिर'एक हातको ताली' निबन्धले पनि २०४६ सालको क्रान्तिको कुरो ल्याएर 'टुाडिखेलले गिर खेलिरह्यो न्याङरुङेको आँसुसँग ! भन्दै भोग, रोग र शोकको बेला क्रान्तिले कुनै फल दिएन भनेर टुङ्ग्याएका छन् निबन्ध । यस निबन्ध सङ्ग्रहको वस्तु नै नेपालको समसामयिक बिग्रँदो अवस्थाको अनुलेप गर्नु हो ।

कलाका दृष्टिले पहिले नै यसको चर्चा गरियो, तापनि केही बिम्ब र सुक्तिहरूको कवितात्मक भाषाको अवलोकन यस प्रकार छ । सुक्ति, आहान आदिले निबन्धको भाषालाई व्यञ्जनपूर्ण बनाउँछ । यसको प्रयोग प्रशस्त भएको छ । जस्तै:

हाँसे गाला च्यातेर । (अठार हजार जाबो)

हानेको भन्दा ताकेको दुख्छ । (अठार हजार जाबो)

सम्बन्ध, सम्बोधन र श्रृङ्खलाहरू खबरका काला आकृति हुन् । (तिम्रो घरमा देउता)

धन्य रहेछ स्वतन्त्रता पुज्ने लोकहृदय । (भेटौँला कर्फ्यूमा !)

किरिया खाएपछि कार्य नगर्नेले सिल्टिम्बुर खान्छ । (किरियाबाजको दैनिकी)

किरिया खाइदिएपछि दुनियाँ पत्याउँछ । (किरियाबाजको दैनिकी)

बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै । (जयमाया अर्थात् नेपालीहरू)

बिम्ब साहित्य भन्नासाथ त्यो बिम्बीकरणको एक आलेख हो-त्यो वस्तु जे पनि हुन सक्छ र विधा पनि जुनसुकै पनि हुनसक्छ । तर बिम्बविनाको साहित्य, साहित्य हैन त्यो भरपाइ, कपाली-तमसुक वा इतिहास हुन सक्छ तर साहित्य हुन सक्दैन । बिम्ब के कति भन्ने कुराले साहित्यको स्तर निर्धारण गर्दछ । युवराजको यो निबन्ध सङ्ग्रह पूरा बिम्बमा बोल्छ । यसमा बिम्बको विस्तृत अध्ययन गर्न छुट्टै स्थान चाहिन्छ तर यहाँ केही नमूना म प्रस्तुत गर्न चाहन्छु ।

सकेसम्म धुँवा फालेर कुदेको छ गाडीले । (अठार हजार जाबो)

हारिरहेछ हावाले । (अठार हजार जाबो)

परेलीले नथेग्ने आँसुको भेल । (तिम्रो घरमा देउता)

देश तातेको आरन भएर पोखियो । (भेटौँला कर्फ्यूमा !)

कर्फ्यू भनेको कठोरताको सिमाना । (भेटौँला कर्फ्यूमा !)

निरङ्कुशताका सिङ भााच्ने रगत भुलभुलाइरहृयो । (भेटौँला कर्फ्यूमा !)

अनाचारीको ��"ठ सिउन तयार छौँ । (भेटौँला कर्फ्यूमा !)

बिम्ब भन्ने धारणा पश्चिमी हो र अलङ्कार पूर्वी धारणा हो । अलङ्कारलाई विद्वानहरू रस र ध्वनिको तहमा पुर्याएर त्यही बिम्बलाई यहाँ बृहद् व्याख्या पनि गरिएको छ । यसको समन्वयात्मक अध्ययनमा डा. लक्ष्मण गौतमको हात प्रशस्त रहेको छ । एक दुई उदाहरण हेरौँ-

अलङ्कार-ब को यमक पारेको वाक्यको नमूना-

'धक्का बेहोरेर बाँचेको बस्तीमा रोगको शोभा छ, भोकको शोभा छ र शोकको शोभा छ । बस्तीको ताजा सिद्घान्त र गति भएको छ शून्यता (तिम्रो घरमा देउता) ' यस वाक्यमा '' को दोहोरिनु, 'शो' को दोहोरिनु, '', '' 'ति' को बारम्बारताले यमक अलङ्कारको स्वाद दिन्छ ।

'मलाई आमाले समात्ने र टाउकोबाट पानी खत्याउने काकी (तिम्रो घरमा देउता) ' यो वाक्यमा आएको '' को बारम्बारताले अनुप्रास अलङ्कारको बिम्बाधान गर्छ ।

शब्दसित खेल्न सक्नु पर्छ यौटा साहित्यकारले । युवराज शब्दका खेलाडी हुन् । अर्को '' कै प्रयोगको विचित्रता हेरौँ । यी अर्थ हैन, अक्षर र शब्दमा भएको विचित्र प्रयोगको कुरा गर्दैछु म । '' को प्रयोग- 

'अरुले टेकेकै डोबहरूमा गमेर सिकेँ मैले डोरिनँ । मलाई डोराउने र ��"ँलामा तागतको तातो रगत दिने अरु भन्दा नि मेरा दाइ नै हुनुहुन्छ (तिम्रो घरमा देउता) ! यसमा '', '' को पृष्ठप्रेषण श्रुतिकटु हैन श्रुतिमधुर बनी यो गद्यलाई अलङ्कृत गर्न पुगेका छन् ।

शब्द योजनामा खप्पिस छन् नयाँघरे । अनुकरणात्मक शब्दको प्रयोग ती पनि नेपाली ठेट शब्दको प्रयोगले निबन्ध खरा बनेका छन् । घरकी चर्की गृहिणीको जस्तो । जति गाली गरे पनि मीठै लाग्ने । ह्वात्तै, जर्याकजुरुक, भुलभुलाउनु यी शब्दले बोलीलाई साहित्य र कलाको विषयमा उकाल्छन् । निबन्ध कुरै हो तर यस्ता काव्यात्मक शब्द, वाक्य र अनुच्छेदको सङ्गठनले त्यो कुरो निबन्ध साहित्य बन्दछ ।

युवराज नयाँघरेको भाषै कवितात्मक छ । 'पुलमुनिका घर' निबन्धको एक अंश-

 'दिगमिग र बान्तै आउने मौसमको आइजाइमा चलेको जीवन लौ हेर ! नाक थुनेर गइरहेको विशिष्ठ सभ्यताको काखी गनाएको तथ्य त छँदै थियो वरपर ।'

यसैको अर्को अनुच्छेद हेरौँ, कति तीव्र व्यङ्ग्यात्मक कविताको भाषामा यो गद्य लेखिएको छ-'दगुरिरहेछन् गरिबी निवारणका गाडीहरू । असहायलाई साथ दिने सपनाका गाडीहरू दगुरिरहेछन् । कृपणलाई तान्ने योजना बेगिइरहेछन् । दुःखीहरूका सकल दारिद्रय नाश गर्ने गुरुमन्त्र लम्किरहेछन् । सब दगुराइ, बेगाइ, लम्काइहरू पुलमाथि छन्-पुलमुनिका तन्नम आँखामा तिनको कुनै छाँया पर्दैन, बाछिटा पर्दैन, थोपो पर्दैन ।'

कति खेदको कुरा । त्यो फरक, बेइमानी कति मीठो भाषामा बाण बनेको छ ।

'जिउँदाको कुरा काट्दै' निबन्ध पढ्नु हरएक हरफ स्वयम्मा कविताका टुक्राजस्ता लाग्छन् । त्यसैले पनि होला स्रष्टाको जाँच पद्यभन्दा गद्यमा बढी हुन्छ । उनी अक्षर, शब्द र अर्थको वारपार खेल्छन् ।

'सुनचुराको दान दिए' निबन्धको एक अंश-'सफाइको मौका नपाई दण्डित भएँ म । मलाई लाग्छ यो गालीले गालीकै अपमान भो । के वर्णमालाको विरोधी छ आजको समाज ? नत्र भने '' ले गीत गाउनुपर्ने, गाली होइन । '' ले गजुर लेख्नुपर्ने, गोर्खेलौरीको गाथा गाउनुपर्ने होइन ।'

त्यसैको अर्को अंश-

'के गर्नु, बह सुन्नेहरू आमाभन्दा बढ्ता सानीमाहरू छन् ।'

यस्ता उदाहरणहरू अनगिन्ती छन् । यी त नमूना मात्र हुन् । लेख्नुपर्ने कुरा त धेरै थिए तर यो सानो लेखमा अटाउन सम्भव पनि भएन ।

अन्त्यमा युवराज नयाँघरेको 'एक हातको ताली' निबन्ध सङ्ग्रह मदन पुरस्कार विजेता भएर मात्र हैन, स्वभावैले प्राकृतिक रुपमै उत्तम कोटिको निबन्ध सङ्ग्रह हो ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Criticism / समालोचना category

Glancing on Hongkong Ma Kavita
लुङखुम क्याम्प उपन्यासमा युद्ध विरोधी स्वर
घामको चुम्बनमा लोकबोलीको चमत्कार
कवि आँकालाको 'सन्तानहरू'मा पाठकीय समालोचना
देशपरदेशका तस्वीर
'एक हातको ताली' निबन्ध सङ्ग्रहको अन्तरङ्ग विश्लेषण
'एक हातको ताली'मा आलोक
अमर सैन्य-साहित्यको सिर्जनामा श्रीगणेश
मिथकीय बिम्व, विनिर्माणवादी चिन्तन र नारीवादी चेतनामा: मेरो जोकाष्टा आमाको समर्थनमा
नयाँ लेखकको जन्म
बौद्धिक नश्लीय साँस्कृतिक चिन्तनको प्रभावमा जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेकसेलेले.....

    Links
Column / स्तम्भ

    Random Pick
धेरै पहिले कोतबाट फुकेको
जङ्ग बहादुरको रातो घोडा
यहि सडकै सडक भएर दरवार पसेको थियो
घोडा जतिनै बड्के पनि, जतिनै फड्के पनि
कालन्तर आफ्नै तबेलाबाट लडेको थियो
आफन्तै आफन्तहरूबाट मारिएको थियो,

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
622752
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com