Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : September 14, 2011 | Author : युवराज नयाँघरे
Category : Essay / निबन्ध | Views : 789 | Unrated

  
युवराज नयाँघरे

       विमानस्थलको भीडमा छ भिखम !

       उसले कहिल्यै घर छोडेन । छोड्ने परिस्थिति नि पर्दै-परेन । आज ऊ जाँदैछ बाहिर । बाहिर भनेको मकाउ ।

       उसको सानैदेखिको रहर - आकाशमा उड्ने ।

       आकाशको सम्मोहनले उसलाई तान्छ घरी - घरी । भिखम तराईमा जन्म्यो, हुर्क्यो र बढ्यो । अक्षरसम्म चिन्यो ।

       'एइ बौवा, कि छे ?'

       भिखमसँग ठट्टा गर्नेहरूले उसलाई जिस्काउँथे र कुस्ती खेल्न आमन्त्रण गर्ने । आमन्त्रण उसका निम्ति जति रुचिकर थियो, प्रिय थियो र हुँकारयुक्त थियो - त्यत्तिकै समयकटनीका निम्ति सजिलो पनि ।

       भिखम गाई चराउँथ्यो । घाँस काटेर आलीमा राख्दै सोच्थ्यो - 'म पनि गाउँ छोड्छु !'

       गाउँबाट विदेश जानेहरूको सख्या केही यता बढेथ्यो ह्वात्तै । दिन दुगुना र रात चौगुना बढेको थियो । रामलखन, चन्दर, लालबाबु, रामखेलावनहरू गइसके ।

       भिखमलाई तिनको ख्याल आउँछ ।

       गर्मी चढेपछि खुब पौडी खेलिन्थ्यो । रातु नदीमा धेरै पटक खेलेर मस्ती लिएको छ उसले ।

       भिखमलाई लालबाबुले सिकाएको हो - पौडी खेल्नँ । सुरुमा खुट्टा चलाउने, हात फाल्ने र सास चलाउने कुरा बगरमा सिकायो लालबाबुले । पछि किनारमा छप्लाङछुप्लुङ ।

       अनि भुावरीमा छत्लाङ्ङ !

       पछि त निकै गजब हुन थाल्यो । लालबाबुलाई नै हराइदियो भिखमले । एकपटक हैन - निकै-निकै पटक हराइदियो ।

       सोनपुरमा हल्ला हुन्थ्यो - भिखमलाई जे कुरा सिकाऊ - पछि त उसले सबैलाई हराउँछ । सिकाउने गुरु नै हार्छ । भिखमले लालबाबुलाई पौडी सागै कुस्तीमा पनि हरायो मज्जैले ।

       भिखम विमानस्थलमा छ ।

       केही पछि नै ऊ उड्दै छ आकाशमा । केही समयपछि नै यो धर्ती यतै थन्काएर भिखम बेगिने छ बेतोडले । धर्ती कहिले नछोडेको उसलाई यस कुराले मनभरी निकै खल्बली पारेको छ, छ ।

       एयरपोर्टमा पुलिसका हातमा काला घागारुका लठ्ठी देखिरहेछ ऊ । भिखमले पुरानो कुरा सम्झियो ।

       यस्तै चार कक्षामा पढ्दाको कुरो मास्टरजी कडा थिए । रुखमुनि पढ्नु पर्थ्यो । एकदिन मास्टरजीको लामो लट्ठी लिएर भिखमले ढुक्कुरका बच्चा झार्यो । हनुमान सिंह, मानक र रामभरोस जस्ता साथीहरू मिलेर ढुक्कुर पोलेर खाए । 

       भोलिपल्ट त्यसको गाइागुइा सबैका कानमा पुगिगो ।     

       अनि मास्टरजीले भिखमलाई अह्राए - 'यो लठ्ठी पुरानो भो । अर्को राम्रो लट्ठी बनाएर ल्याउनु !'

       भिखमले कटबाँसको लौरो खुब मज्जाको बनायो । खुर्कीखार्की गरेर, तेल दलेर, आगोमा सेकाएर लट्ठी तयार पार्यो । अनि आˆनो पौरख देखाउन स्कुल जान हतारियो ।

       अरु दिन भन्दा चाँडै स्कुल पुग्यो ऊ । मास्टरजीलाई प्रमाण गर्दै लट्ठी अर्पण गर्यो भिखमले ।

       'ठिक छ !'

       मास्टरजीले भने । मुसुक्क हाँस्यो भिखम ।

       उसलाई लाग्यो - निकै मिहिनेत गरेको फल पायो उसले । साह्रै मन रमायो उसको । मास्टरजीलाई लट्ठी दिएर उसले आˆनो पौरख देखाउने मौका पायो मज्जैले ।

       'हाफ टाइममा भेट्नु !'

       भिखमले जाने बेलामा गुरु वाणी सुन्यो ।

       हल्लाखल्ला बीच कक्षा चलिरह्यो । ऊ दङ्ग थियो । आज मध्यान्हमा केही राम्रै पुरस्कार पाइनेछ । मनमनै रमाइरहेको थियो भिखम ।

       हाफटाइमको घण्टीसँगै ऊ दगुर्यो टहरोतिर । जहाँबाट आइरहेका थिए मास्टरजी ।

       'हिजो तैँ होइनस् - मेरो लट्ठीले ढुक्कुरको गाँड झार्ने !'

       त्यतिन्जेलमा भिखमले एक स्वाँठ खाइसकेको थियो । लामो लट्ठी भाँच्यो माझैमा । भाँचिएको लट्ठीले फेरि बजाए मास्टरले । फेदपट्टी कालो र ध्वाँसोले टलक्क टल्केथ्यो लौरो ।

       अनि ऊ त्यस मास्टरको सामु कहिल्यै परेन । बिस्तारै ऊ स्कुलको आाखी हुँदै गयो । रुख, भैंसी, खेत, पोखरीमा बिताएर भिखम घर र्फकन थाल्यो । टाढियो ऊ बिद्यालयबाट !

       बिमानस्थल वरपर अनौठा - अनौठा कुरा देखिरहेछ ऊ ।

       अगाडी ठूलो टेलिभिजनमा अक्षर कुदिरहेछन् । जहाज आउने र जाने सूची हो त्यो ।

       'देख्-देख् !'

       नन्दनले अलि - अलि अक्षर फुटाएर भन्यो - 'टेलिभिजनमा जहाज आउने र जाने कुरा आउँछ, त्यो पढ् !'

       भिखमले पढ्ने कोसिस गरिरा'छ । तर असम्भव छ त्यो स्थिति ।

       सी ए टी - क्याट । क्याट माने बिरालो । एम ए एन जी ��" - म्याङगो । म्याङ्गो माने आाप । भिखमले सिकेको अंग्रेजी यै हो ।

       त्यस्तो सजिलो अंग्रजी यहाँ छैन ।

       उसलाई थकथकी लागिरहेको छ । बेलामा पढिएन - बडा नकाम गरिएछ नि !

       बिमानस्थलमा खुब भीड छ ।

       त्यो भीड देखेर उसलाई गाउँको हाटको ख्याल आइरहेको छ । ऊ बासँग बजार जान्थ्यो । बा ले बयलगाडा हाँक्थे । त्यो गाडा उनीहरूको थिएन । मुनिम काकाले 'पहाडिया महाजन' को राइस मिलमा बालाई काम दिलाइदिएका ।

       बा टायरवाला गाडा चलाउँथे ।

       एक दिनको धानको भुस्सा लोड गर्दै थिए गाडामा । गाडी उत्तानो भएर सबै बोरा बाको टाउकोमा थुपि्रयो । अनि बोरै बोराले पुरिएछन् भिखमका बा ।

       बिहान कालो सर्ट लगाएर गएका बा लाई दिउँसो सेतो कपडाले ढाकेर खोलातिर लगेको देख्यो भिखमले । ऊ डराई - डराई हुलमा दगुर्यो ।

       घाटमा पुगेपछि बा लाई आगो लगाउन उसकै हातमा दनदनी बलिरहेको पुल्ठो थमाए मुनिम काकाले । जे - जे भने त्यै - त्यै गर्यो भिखमले ।

       घर आउँदा आागनभरि मान्छेको भीड ।

       यो विमानस्थलको भीड देखेर उसले त्यो दिन फेरि सम्झियो । उसलाई अगाडिको बादलु आकाशमा बा ले हेरिरहेका छन् जस्तो पनि लाग्यो ।

       केही समयपछि नै त्यै बादल भरिएको आकाशतिर उड्ने छ भिखम ।

       गाउँमा भीड अरु दुई कारणले हुन्थ्यो - भाषण र भजन ।

       नेताहरूको आगमनसँगै भीड खुब हुने गर्दथ्यो । एक पटक भीड जम्मा गर्दा भिखमले दुई सय रुपिया पाएको थियो । जति धेरै मान्छे बटुल्यो त्यति नोट पाइने । एक हप्ता खटेपछि उसले गब्बर सिंहको पार्टीलाई मान्छे बटुल्न सकेको थियो ।

       तर अर्को हप्ता माइकालालको पार्टीवालाहरूले भिखमलाई मज्जाले भकुरे र भने - 'तँ जता पनि लाग्छस् । पैसा खाएर मान्छे बटुल्छस् । कि हाम्रो पार्टीमा लाग् कि उता लाग् । पैसा खाएर दलाली काम नगर ।'

       त्यै दिनदेखि पानी समात्यो भिखमले र निर्णय गर्यो - 'साला पार्टीवालाको काम गर्दै गर्दिन । बरु भुखै मर्छु !'

       एयरपोर्टमा आइसक्रिम चुसिरहेकी युवतीको ठूलो पोस्टर उसले देख्यो । भिखमले पोस्तर नजिकै गएर हेर्यो र ��"ठ चाट्यो ।

       ऊ सानैदेखि बरफको सोखिन । बरफ चुस्न पाएको दिन खब फुरुङ्ग पर्थ्यो भिखम । एकदिन बेच्न लगेको एक बाल्टिन दूध उसले दस वटा बरफसँग साटेको थियो । तर दुईवटा चुसिनसक्दै अरु आठवटा पग्लिएर गइसकेका थिए बरफहरू ।

       दूधको हिसाब देखाउन नसक्दा राति राम्रै धुलाइ भएथ्यो भिखमको ।

       एअरपोर्टमा अचम्म लाग्दा अरु कुरा छन् । भिखमलाई ती अनौठा दृश्यहरूले खुब चिमोटीरहेका छन् । आँखै नझिम्क्याई हेरिरहेछ ऊ - अचम्म र छक्क लाग्दा मान्छे र परिवेश । अचम्मका भुमरीमा छ भिखम ।

       प्लास्टिकका खोलमा मकैका प्याकेट सजाइएका देखेपछि भिखमलाई लाग्यो - 'जहाज चढ्नेहरू नि मकै खाँदा रहेछन् !'

       भीडमा छ भीखम ! आाखा च्याती च्याती विमानस्थलको होहल्ला हेर्दैछ ऊ निरन्तर । बाासघारीमा बास बस्न लागेका सारौं कराएको लाग्दैछ उसलाई ।

       मेनपावरले दिएको पासपोर्ट र टिकट एक पटक फेरि हेर्यो भिखमले ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Essay / निबन्ध category

चिन्ता गर्नुपर्छ
मृत्यु फरवार्ड
भोग
चाल्दै-चाल्दै जीवन धूलो !
भुँवरीमा भिखम
पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू
रातो राम्रो गुलियो मीठो
बाटो म्याद !
आँसु चुहेको कार्यक्रम
झिम्केको झोला
गिरिजाबाबु,अपनत्वभावको सिद्धान्त र हिन्दु हैन अध्यात्मीक राष्ट्र
नियात्रा इराकका रातहरू

    Links
Column / स्तम्भ

    Random Pick
बाटो माथि गह्रौँ मान्छेहरू हिड्छन् बाटो मागि हलौं मान्छेहरू हिड्छन् बाटो माथि अघाएका मान्छेहरू हिड्छन् बाटो माथि भोकाएका मान्छेहरू हिड्छन् तर बाटो भने चुपचाप छ अन्तहीन ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
622812
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com