Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : January 18, 2012 | Author : काङमाङ नरेश
Category : Article / लेख | Views : 1007 | Rating :

  
काङमाङ नरेश

कार्यपत्र

प्रश्तोता: काङमाङ नरेश र अप्जसे कान्छा
 

. पृष्ठभूमी

.. १८५३ देखी १८५६ सम्म कि्रमियन युद्ध (Crimean War ) भयो । त्यहि समयबाट विश्वमा युद्ध साहित्य लेखन शुरु भएको पाउन सकिन्छ । ई.. १८५४ मा वेलायतका कवि Lord Tennyson n] The charge of the light Brigade शिर्षकको कविता लेखेका थिए । त्यस्तै युद्ध कविता लेख्ने अर्का कवि थिए Sir John Henry Birchenough ।त्यो वेला देखी अहिलेसम्म युद्धको वारेमा धेरै कविहरूले कविता लेखेका छन्‌ । एग्लो जुलु (Anglo Zulu War), पहिलो विश्व युद्ध (First world war), दोस्रो विश्व युद्ध (Second world war),  कोरियन युद्ध (Korian war) आदि युद्धहरूको वारेमा लेख्ने धेरै कविहरू छन् ।

पहिलो विश्व युद्धको वारेमा कविता लेख्ने कवि मध्ये Mc Crae ले लेखेको In Flanders Fields शिर्षकको कविताले हरेक वर्ष नोभेम्वर ११ वोकेर आउँने गर्छ । जसलाई पप्पीडेको नामले वुझ्न सकिन्छ । वेल्जियमको दक्षिण र फ्रान्सको उत्तर पश्चिममा रहेको फ्रेन्ड्‌स फिल्डस्मा हजारौं हजार सिपाहीहरू र सिभिलीयनहरूले पहिलो विश्व युद्धमा जीवन गुमाएका थिए । युद्ध समाप्त पछि त्यस ठाउँमा मरेकाहरूको रगतबाट रातो रंगको पप्पी फुलहरू फ्रेन्ड्‌स फिल्डस्लाई ढाकेर उम्रिएको थियो भन्ने मिथ अथवा कथा जोडिएर आएको छ । ११ नोभेम्वर ११ वजे ११ मिनेट ११ सेकेण्ड जाँदा हरेक वर्ष फ्रेन्डस्‌ फिल्डस्मा र युद्धमा जीवन गुमाउनेहरूको सम्झानामा पप्पी फुलहरू चढाई २ मिनेट मौनधारण गरी पप्पी डे मनाईने गरिन्छ ।

अमर सिंह थापाले लाल मोहर लगाई चन्द्र शेखर मार्फत अक्टोलोनीको हातमा पठाईएको सन्धि पत्रले ई.. १८१५ नोभेम्वर २८ तारिखको दिन सुगौली सन्धि भयो । त्यस पछिका दिनहरूमा नेपालले कुनै अर्को राष्ट्रसंग युद्ध नगरेता पनि एक थरी नेपालीहरूले वेलायतको साम्राज्य विस्तारको लागि सुगौली सन्धि पछि पनि पहिलो विश्व युद्ध, दोस्रो विश्व युद्ध, फोक्ल्याण्ड, व्रोनाई, कारगील, कोसोभो, वोस्निया, ईष्टिमोर, सेरालीयन, ईराक, ˆगानिस्थान जस्ता ५० वटा भन्दा धेरै देशहरूमा युद्ध लडेको पाउन सकिन्छ र अहिले पनि अˆगानिस्थानको युद्ध मैदानमा लडि रहेको छ । कवि मिजास तेम्वे यो समय, ˆगानिस्थानको युद्ध मैदानमा लडिरहेका छन्‌ ।

कहिले देखी नेपाली साहित्यमा युद्ध साहित्य लेखिएको हो अथवा लेखिएको छ कि छैन ? लेखियो भने कस्तो साहित्यलाई युद्ध साहित्य भन्ने ? यसको फाल्टै अध्यान अनुसन्धन नगरिएको, कुनै वर्गीकरण र लेखा जोखा, नियम, सिद्धान्त नभएकोले वा खोज अयनुसन्धन नगरिएकोले गर्दा कस्तो साहित्यलाई युद्ध साहित्य भन्ने ? सैन्य साहित्य र युद्घ साहित्यको वारेमा केहि फरक मतहरू रहन र आउन सक्छन् । साहित्यकार गणेश राई भन्छन्,सैन्यकथानक र युद्धकथानकताको प्रारुप र विभिन्नता उस्तो अन्तर नलाग्न पनि सक्छ । तथापि, सैन्यतयारीको क्लाइमेक्स युद्ध हो । नाम्चेबाट सगरमाथा हेरेर चित्त बुझाउनु र सगरमाथाको शिरमा पाइला टेक्नुको तात्विक भिन्नता जति छ त्यस्तै हो सैन्य र युद्धबीचको अन्तर पनि ।

 

. प्रस्तावना

नेपाली युद्ध साहित्यको ईतिहास नभएता पनि मास्टर मित्रसेनले लेखेका र गाएका केहि गीतहरू,  झलकमान गन्दर्भले गाएका केहि गीतरुमा युद्ध चेतना भएको पाउन सक्छौ । हर्ष ध्वाज राईले लेखेको एक गोर्खाली आत्मा कथा साहित्यकार गणेश राईको कविता संग्रह राईफलले फलाकेको जीन्दगी, नियात्र राईफलको नालबाट जीवन नियाल्दा, उपन्यास युद्ध एम्वुसमा राईफलको संगीत, उपन्यास राईफलको मुर्छना, युद्ध सहित्य मानी अध्यान गर्न सक्छौ । भिम विरही राईले लेखेको उपन्यास विदेशी सिपाही, काङमाङ नरेश राईले लेखेको उपन्यास युद्ध वोकेर सिताङ्ग, काङमाङ नरेश राई, अप्जसे कान्छा र शसी लुमुम्वुले संकलन र सम्पादन गरेको संयुक्त कविता संग्रह युद्घमा हराएको प्रेम लाई नेपाली सहित्यको पहिलो युद्घ कविता संग्रह मान्न सक्छौ । यी यस्ता आदि कृतिहरू जवरजस्त युद्ध चेतनाले लेखिएको नेपाली युद्ध साहित्य हामी भन्न सक्छौ ।

 

. नेपाली युद्ध साहित्यका विशेषताहरू:

. विषयगत विशेषता

. प्राविधिक विशेषता

 

. विषयगत विशेषता:-

() युद्ध पुर्व (Pre War)

 . युद्घ तयारी

 . परिवार प्रतिको चिन्ता

 . भविष्यको अनिश्चित्ता

() युद्ध काल (Real War )

 . विजयको अभिलास

 . मृत्यु त्रासधी

 . विभत्स चित्रण

() युद्ध पछि (Post War )

 . युद्धको परिणाम

 . परिवर्तित आचरण

 . जीवन प्रति उर्लिएको प्रेम

 . युद्घ समाप्ति संस्कार

(अ)  युद्ध पुर्व (Pre War): युद्ध क्षेत्रमा सैन्य जथ्था परिचालित हुन पुर्व युद्धको वारेमा विभिन्न प्रकारका रणनीतिहरू सिकि पुर्ण तयार भैसकेपछि ब्यवस्थित रुपले सैनिकहरू युद्धभूमीमा परिचालीत हुने गर्दछ । त्यस समयमा उनीहरूलाई आफ्नो भविष्य प्रतिको अनिश्चित्ता, भयले सताउने गर्दछ । युद्धबाट फर्केर आईन्दैनकी ? म फर्केर आईन भने मेरो परिवारको हालत कस्तो हुन्छ होला आदि कुराहरू । कति सिपाहीहरूको लागि आफ्नो परिवार र आफन्तसंग अन्तिम भेट र अन्तिम बिदाई हुन पुग्दछ । यी विषय भित्र रहि अनुसन्धन गरि लेखिएको साहित्यलाई हामी युद्ध साहित्य भन्न सक्छौ ।

 

() युद्ध काल (Real War): युद्ध मैदानमा परिचालीत हुनुभन्दा पहिले मृत्युको भयले उनीहरूलाई सताउने गर्छ तर विजयको अभिलाससंगै युद्धभूमीमा पुग्दछ जव वमबार्ड गोला वारुद, पढ्कन थाल्छ त्यस पश्चात उनीहरूको मन मृत्यु भयबाट धेरै समय सम्पर्क विहिन हुन पुग्दछ तर वेला वेलामा मृत्यु भयले भने सताउने गर्छ नै । निति नियमको पालना गर्दै आफ्नो ज्यानको सुरक्षा गर्दै, युद्धभूमीमा निस्केका साथीहरू, युद्घमा लड्दा लड्दै आफ्नै छेउमा ढलीरहेका हुन्छन । घाईते अवस्थामा चिच्याईरहेका साथीहरूलाई गोलावारुदको वीचबाट उद्धार गरी सुरक्षीत ठाउँमा लानु पर्ने हुन्छ । पानी माग्दा माग्दै कत्ति साथीहरूले वीरगति पाउँछन्‌ । यस्ता हॄदयविदारक वास्तविक युद्धको घाउलाई वस्तुगत ढंगले बुझेर युद्घलाई कलाले सिगारी लेखिएका साहित्यलाई हामी युद्ध साहित्य मान्न सक्छौ ।

() युद्ध पछि (Post War): आफ्नो समय अवधि सकिएपछि अथवा युद्ध समाप्त भएपछि बाँचेका र घाईते भएका सिपाहीहरू हारेर वा जीतेर आफ्नो क्याम्प वा देश पर्कन्छन । यी समयमा सकरात्मक, नकरात्मक वा प्रत्यक्ष, अप्रत्यक्ष प्रभावहरू जन्मन्छन् । सर्वेक्षणले भन्छ, युद्धबाट फर्किएका सिपाहीहरू युद्धमा जस्तो गएका हुन्छन युद्धबाट त्यस्तै फर्किएको पाईन्दैन । उनीहरूको आचरण, बानि, हरेक परिवर्तन भएको हुन्छ । युद्धमा भोगेका डरलाग्दो त्रास, बमबार्ड, आफ्नै कान नजीकबाट दुश्मनले हानेको गोली सुईया आवाजसंगै गएको, संगै वसेका साथीहरू मरेर आफै मात्र बाँचेका घट्ना सम्झि जीवनप्रति एक प्रकारको प्रेम उर्लीएर आउँछ ।

युद्ध सिविरबाट फर्किएपछि ठुलो परेडको आयोजना गरी सवै सिपाहीहरूलाई युद्ध सम्मान स्वरुप तक्मा दिने गर्दछ र वहादुरी काम गर्नेहरूलाई विशेष तक्माहरूले विभुसित गर्दछ । वीरगति पाएका सिपाहीका परिवारजनलाई साहनुभुति दिने र राहत स्वरुप क्षतिपूर्ती दिने गरिन्छ । यी घट्नाहरूलाई समेटेर लेखिएको साहित्यलाई युद्ध साहित्यको एउटा अंग हो हामी भन्दछौ ।

 

. प्राविधिक विशेषता

(क) हात हतियार (Weapon)  

(ख) सरसमान (Equipment)

(ग) युद्घ भाषा (War Language) 

 

(क) हात हतियार (Weapon) संसारमा सैनीकहरूले विभिन्न प्रकारका हातहतियारहरू चलाउने गर्दछ । यी हात हतियारहरू युद्घका लागि र आफ्नो राष्ट्र शुरक्षाको लागि नै हो । विभिन्न नामहरूले ती हातहतियाहरूको नामकरण गरिएका हुन्छन्‌ । समय अनुकुल नयाँ अत्याधुनिक हातहतियारहरू प्रयोगमा ल्याउँछन्‌ । जस्तै खुकरी, टैंक, मोटार, S.A.80 A.2., GPMG (General Prapose  Machin Gun) मास्टिभ, यस्ता हात हतियारहरू सेनाले आ-आफ्नै देश अनुसार चलाउने गर्दछन् ।

(ख) सरसमान (Equipment) दैनिक युद्घ मैदानमा प्रयोग गर्ने ड्रेसहरू, उनीहरूले वोक्ने वरगनरझोला, गोली वोक्ने वेवीङ्ग, पोचेस जस्ता सरसमानहरू सैनिकले प्रयोग गर्ने गर्दछ । सिपहीले युद्घ भुमीमा चलाउने सरसमानहरूलाई काब्यमा प्रयोग गरिएका छन्‌ भने हामी युद्ध साहित्य भन्दछौ ।

(ग) युद्घभाषा  (Language term logy) सैनिकहरूले पनि मुलत आम मान्छेले वोली आएको भाषा वोल्छन तर पनि उनीहरूले युद्घ मैदानमा छुट्टै भाषा (Code-word) द्वारा समाचार अथवा खवर आदान प्रदान गर्ने गर्दछन्‌ । अर्को तिर आफ्नो छुट्टै खालको भाषा प्रयोग गर्दछन्‌ । ती भाषा साहित्य लेखनमा प्रयोग गरिएको साहित्यलाई हामी युद्ध साहित्य मान्दछौं । जस्तै किलो सेरा टु, ब्राभो टु जिरो ।

 

. वर्तमान समयमा नेपाली युद्ध साहित्यको अवस्था:-

नेपाली साहित्यमा युद्ध साहित्यको इतिहास नभएता पनि वेलायतमा वसोवास गर्दै आउनु भएका अवकास प्राप्त व्रिटिस आर्मी साहित्यकार गणेश राईले लेखेको उपन्यास 'युद्ध एम्वुसमा राईफलको संगीत' 'राईफलको मुर्छना', काङमाङ नरेश राईले लेखेको उपन्यास 'युद्ध वोकेर सिताङ्ग', काङमाङ नरेश राई, र नरेश राई, अप्जसे कान्छा र शसी लुमुम्वुले संकलन र सम्पादन गरेको संयुक्त कविता संग्रह युद्घमा हराएको प्रेमलाई अहिलेसम्मको उदाहरणीय युद्ध चेतनाले लेखीएको नेपाली उपन्यास भन्न सक्छौ किनभने युद्ध साहित्यको विषयगत विशेषता र प्राविधिक विशेष्तासंग मिल्दा जुल्दा छन्‌ । युद्ध चेतना नजीक रहेर लेखीएका कृतिहरूमा सिमाहिन विम्वहरू, वालुवामा अर्को नेपाल, ईश्वरको मलामी, सागुरी र वुढा सुब्बा, अनुहारमा लुकाएका चोटहरू, अर्थ अवतरण, हरियो पर्खाल, बाटो खोज्दा खोज्दै, सम्झानाको आलीङ्गनमा वाँधिएर, सालीक उभिएर गोर्खाली, काँचो मुद्दा, एथेन्सको झरी, अनुभुतिका रंगहरू, विछोड अघिको रात, आदि हुन्‌ भने वेलायतबाट नेपाली युद्ध साहित्य लेख्ने लेखकहरूमा गणेश राई, दयाकृष्ण राई, रक्ष राई , मिजास तेम्वे, देवेन्द्र खेरेस, अप्जसे कान्छा, दिपा लीम्वु राई, लारा, काङमाङ नरेश राई, नरेश नाती, मुकेश राई, केदार संकेत, जगत नवोदित, विजय हितान, ईश्वार चाम्लिङ्ग भरुपल, अन्जु अन्जलीले नेपाली सहित्यमा कहिन कहि ठाउँमा अथवा कृतिहरूमा युद्ध साहित्य लेख्दै आएका छन्‌ त्यसैले गर्दा पनि नेपाली साहित्यमा युद्ध साहित्यको उपस्थिति दिनानु दिन विकास हुँदै गईरहेको छ । हामी विश्वास गर्छौ नेपाली युद्ध साहित्यले नेपाली साहित्यमा ठूलो टेवा पुरयाउने छ ।

 

.निकर्ष:

सैन्य साहित्य र युद्घ साहित्य एउटै लागेता पनि फरक विषय हुन जस्तो की नङ्ग र मासु । सवै मासुमा नङसंग जोडिएको साईनो हुदैन त्यस्तै सवै सैनिकहरूले युद्घ गरेका हुदैनन् । पुनह एक पटक साहित्यकार गणेश राईको वाक्यलाई यहाँ सापट लीऊ उनी भन्छन्, सैन्यकथानक र युद्धकथानकताको प्रारुप र विभिन्नता उस्तो अन्तर नलाग्न पनि सक्छ । तथापि, सैन्यतयारीको क्लाइमेक्स युद्ध हो । नाम्चेबाट सगरमाथा हेरेर चित्त बुझाउनु र सगरमाथाको शिरमा पाइला टेक्नुको तात्विक भिन्नता जति छ त्यस्तै हो सैन्य र युद्धबीचको अन्तर पनि ।

वेलायती सेनामा कार्यरत गोर्खाहरू र भारतीय सेनामा कार्यरत गोर्खालीहरूबाट लेखिदै आईरहेको साहित्यलाई नेपालमा भएका लेखक, समालोचक, प्राध्यापकहरूले निकै महत्वको रुपमा हेरिरहेको र सैन्य पेसामा आवद्ध प्रतिभासाली साहित्यकारहरूले भोगेका जीवन प्रति निकै चासो देखाईरहेको अवस्था छ । यी युद्ध सम्वन्धि लेखिएको साहित्यलाई सहि तरिकाले वर्गीकृत गर्नको लागि, सहि तवरले परिचित गराउनको लागि, नेपाली साहित्यमा फरक दृष्टिकोण र फरक ढंगले आˆनै खालको परिचय स्थपित गराउनको लागि पनि युद्ध साहित्यलाई सिद्धान्तकृत र वर्गीकृत गर्नुपर्ने वेला आएको छ । नेपाली युद्ध साहित्यको विषयगत विशेष्ता र प्राविधिक विशेष्तालाई पहिचान गरिसके पछि मात्र सहिढंगबाट नेपाली युद्ध साहित्यको मुल्याङ्कन गर्न सकिन्छ । भावी लेखकहरूले यहि विशेषताहरूलाई मनन गरेर सहिढंगले नेपाली युद्ध साहित्य लेख्न सक्छन । यो एक प्रकारको सिद्धान्त र दृष्टान्तको विकाश हो । यसको उदेश्य भनेको नेपाली साहित्यमा युद्ध साहित्यलाई आधिकारिक तवरले स्थापित गराउनुको लागि प्रस्तावना राख्नु हो । पहिले पनि युद्ध सहित्य नेपाली साहित्यमा थोरै मात्रमा थियो अव पक्का प्रमाणका साथ नेपाली साहित्यमा युद्ध साहित्य छ । अव नेपाली साहित्यले, युद्ध साहित्यलाई वर्गीकरण गर्नु पर्ने, त्यसको उपर खोज अनुसन्धन गर्नु पर्ने, सहि तरिकाले परिचय दिनु पर्ने वेला आएको छ र अहिलेको नेपाली साहित्यमा युद्ध साहित्यलाई यीनै २ वटा विशेष्ताको आधारमा मुल्यांकन गरी वुझ्न सकिन्छ । अवको आउँदो युद्ध साहित्यको वारेमा लेख्ने साहित्यकारहरूले यी कुराहरूलाई पक्रेर समातेर लेख्नु भयो भने, त्यसलाई हामीले विशुद्ध युद्ध साहित्य भन्न सक्छौं । युद्ध साहित्यको विषयगत विशेषता र प्राविधिक विशेष्ताको पहिचान विना अहिले लेखिएको नेपाली युद्ध साहित्यको सहि मुल्यांकन हुन सक्दैन । सहि मुल्यांकन हुनको लागि विषयगत विशेष्ता र प्राविधिक विशेष्ताको ज्ञान र पहिचान हुन जरुरी छ । नेपाली युद्ध साहित्य सम्वन्धी यो घोषणा पत्र एउटा प्रयास हो, यो घोषणा पत्र एउटा आवाज हो र यो नेपाली साहित्यमा युद्ध साहित्यको पहिलो प्रस्तावना हुन सक्छ ।  




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Article / लेख category

महाभूकम्प र सुअवसर
लाहुरेहरू र आदिवासी जनजातीहरू अनागारिक जस्तो
मिथ्याको महाजंगलमा हङकङका नेपाली
नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिती
२०६८ सालको नयाँ वर्षले मलाई टेक नाथ रिजाल र भुटानी शरणार्थीहरूको ताजा सम्झाना गरायो
प्रशासनिक काम, स्रष्टाको पहिचान
कविताको फूल र दिमागको रेखा
भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?
कविताको कमाल
प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?
म घर जाँदैछु
पुरानो आँखाले नयाँ वस्तु हेर्नु भयानक खतरा हुँदोरहेछ
सपनाको देश र माछाको अस्थिपिञ्जर
समुच्च विचारसँग म.....
नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
सम्पादकीय
गीत शुभ र मंछी गल्ली
सृजनशील अराजकता अर्थात अराजकताको अन्त्य

    Links
Column / स्तम्भ

    Random Pick
लुरे लारे लाम्रे पनि
झुरे झारे झाम्रे पनि
चिल्ला चिप्ला पट्ठा हुने
बसे पछी सबै लट्ठ हुने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
667770
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com