Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : February 26, 2012 | Author : दिल पालुङ्वा "नेपाल कुश्शा
Category : Memoir / संस्मरण | Views : 831 | Unrated

  
दिल पालुङ्वा "नेपाल कुश्शा

डिसेम्वर २४, २०११ मा  लिरामो पार्टीको तथा केही व्यक्तिगत कामहरू लिएर २ हप्ताको लागि नेपाल लागें । साईवरपोर्टको सुरुङको काममा पनि थकित भएको समय क्रिसमसको विदा र नयां वर्ष २०१२ को छुट्टीमा छोराहरूको पनि विदा भएकोले र जेठो छोराको सेकेण्डरीको स्कुलको लागि फर्म भरिराखेर यही अनुकुल समयलाई सदुपयोग गर्दै नेपाल हानिएँ । काठमाण्डौमा मित्र धनवीर सांवाजीकोमा वसी काम सक्ने क्रममा उहाँको मिक्वा चुरुरु वाईकमा चढेर घुमियो । मिक्वा चुरुरु यस मानेमाकि उहाँले मिक्वा चुरुरु वि.सं.२०५९ मा निकालेको पहिलो लिम्बू एल्वमको अपार सफलताबाट प्राप्त रकमले खरिद गर्नुभएकोले हो ।

यो वाईकमा म धेरै चोटी घुमेको छु । यही वाईकमा चढेर मैले हङकङबाट नेपाल गई उहाँसंगै वसी राजनिती शास्त्रमा  त्रिभूवन युनिभर्सिटीबाट एमए (प्राईभेटमा) गरेको छु । त्यस्तै प्रोपर्टीहरूको काम गरेकोछु । त्यस्तै साहित्य र राजनितीमा पनि अगाडि लम्काईरहेको छ । धेरै नेताहरू, पत्रकार तथा साहित्यकार र आफन्तहरू भेट गराएको छ । यसपाली पनि त्यसै गरायो । यसपाली पहिले भन्दा धेरै घुमायो । यसरी घुम्दा काठमाण्डौ भ्याली भित्रका धेरै टाढाका ठाउँहरू जस्तो वल्खु, किर्तिपुर, साँखु, सुन्दरीजल, गोदावरी, भक्तपुर, चाँगुनारायण,  चम्पी, लेले र नगरकोटभन्दा राम्रो दृश्य देखिने आदि ठाउँहरू पुर्र्यायो । भूमाफियाहरूले पहरा भीरमा प्लटिङ गरेको देखायो । सिमसिम पानी, शित र जाडो र हुस्सुले उतिकै सतायो । ग्राभेल सडकमा झण्डै झण्डै चिप्लिन पुग्यो । तर स्पिड कम भएकोले केही भएन । एक पटक काठमाण्डौ मेडिकल कलेजमा कार्यारत नर्स सालीको स्कूटी एकजना मविन भाईसंगै चढेकोले ठेचोको यात्रामा निस्कदा झण्डै जितेको । अगाडि बसेर हाक्ने धनवीरजीले हांसो पनि गर्नुभो । यो वुढो वाईकको दम कम भैसकेछ-ले ईज्जतमा धावा वोल्लाकि जस्तो छ भनेर हसांउनुभो । त्यस्तै एकपटक एउटा  साथीसँग  भत्केको पुलबाट थली भन्ने ठाउँहुँदै सुन्दरीजल प्रवेश गर्दा वाईकको पछाडि वस्ने म र अर्को वाईकको साथी साटासाट गरेर म अर्कोकोमा चढें । अर्को साथी धनवीरकोमा चढ्यो । किनकी धनवीरको वाईकमा पावर कम भएर र त्यो साथीको कम तौल भएकोले थियो । तर त्यसरी चढ्दा पनि ग्राभेल बाटोमा धनवीरको वाईक पछि पर्यो । उहाँले हंसाउनुभो । यो वाईकको स्पिड कम मात्र होईन सवैमा कमजोर पो छ भन्दा हांसोनै उठयो । कान्तीपुर पत्रिकामा मूलपानी भन्ने ठाउँमा हाउजिङ वनाउने पढेको थिए । त्यो हेर्दै चागुनारायण जाने भैयो । हल्का पंचर पनि भयो । मूलपानी क्षेत्रमा हल्का पूर्वाधार मात्र तयारी हुँदै थियो । यो मिक्वा चुरुरु वाईकले त्यान्द्रो उपन्यासलाई पनि सम्झायो । किनकी यी दुईटा कृतिका प्रकृति उस्तै उस्तै थिए । अर्थात दुईटै पहिलो कृतिहरू थिए । त्यस्तै विक्री पनि दुवैको राम्रो भएको थियो । अहिले दुईटै कृतिहरूको अभाव छ । त्यान्द्रोमा एमएको विद्यार्थीले थेसिस गर्न खोज्दा पनि पाएन । त्यस्तै पत्रकारले त्यान्द्रो माग्दा धनवीरजी र म पहिले प्रकाशनको वेला वर्तमान भन्ने साथीले साझामा दिएकोले त्यहाँ पनि गईयो । तर त्यहाँ पनि पाईएन । त्यहाँको स्टापको अनुसार भोटाहिटी साझा भण्डारमा गईयो । त्यहाँ पनि नभएको जानकारी पाई त्यहाँको वमोजिम विश्वभाषा क्याम्पस गईयो । त्यहाँ पनि नपाईएकोले निराश भईयो । कतै त्यान्द्रो पाईएमा आफै किन्ने मनस्थिती पनि रहेकोछ । यद्यपी कृतिमा मेरो छोटो फ्रकको चर्चा हङकङमाझैं नेपालमा पनि वढी चलेको पाएँ । केही पत्रकार साथीहरूलाई भेट्दा उहाँहरूले उही छोटो फ्रकको वढी चर्चा गरे । पत्रिकामा पनि उही छोटो फ्रकको बारेमा वढी वढाईचढाई गरेको पाईयो । यद्धपी त्यान्द्रोलाई उत्कृष्ट म मान्ने गर्दछु । तर छोटो फ्रक धेरैले मन पराएछन् ।

यसपाली काठमाण्डौ घुम्ने क्रममा धेरै धुलो खाईयो । लोडसेडिङमा अंध्यारोमै खाईयो, गफ गरियो, हिडियो । एक पटक पुतली सडकमा रेष्टुरेन्टमा खांदा अंध्यारोमा मैन वत्तिको माध्यमबाट उज्यालो पार्दा मन खिन्न भयो । राजधानी जस्तो ठाउँमा यस्तो स्थिती हुँदा सारै दु:ख लाग्यो । नेताहरूलाई धिक्कारें । नेताहरू खाली पैसाको धन्दामा मात्र लिप्त देखिन्थ्ये । सरकार नभएको अनुभूति भयो । वावुरामलाई हावामै हाईहाई गरेर आज वेईज्जती अवस्थामा पुरयाएको पाइयो ।

मैले लिरामोको निर्णय वमोजिम राज्यपूनसंरचना आयोगलाई सुझाव पेश गर्न कम्युटरको काम गर्न चार दिन जस्तो लाग्यो । एकदिन टाइप गर्दागर्दै लाईन गएर सवै डकुमेन्ट उडायो । अनी अर्कोपल्ट गरेर हतार हतार हङकङमा रहेका महासचिव अविचन्द्र ईङनामको ईमेलमा सेन्ड गरे । त्यो गर्ने वित्तिकै लाईन झ्याप्प गयो । अनी महासिचवलाई फोन गरेर पठाउँन लगाए । एवं रितले सुझावपत्र वुझाउने काम भयो । यसको लागि हङकङबाट म र केन्द्रीय सदस्य डि.वीं पालुङवा र नेपालबाट उपाध्यक्ष धनवीर सांवा र सदस्य ईन्द्रजित लिम्बूको एक प्रतिनिधी मण्डल जावलाखेल गएर वुझाउने काम भयो । तर संयोजक डा.मदन परियार लगायत सदस्यहरू धुलिखेल वैठकमा गएकाले त्यहाँको कर्मचारी झापा निवासी निर्मला कार्कीलाई वुझाउने कार्य भयो । त्यहाँ सुझावको धेरै थाक रहेको थियो । त्यसको केही दिनमा आयोग धुलिखेल सरेको समाचार आयो । त्यसको वोधार्थ कपी जनजाति महासंघ नेपाल, आदिवासी जनजाति सभासद (ककस) र चुम्लुङलाई दिने कार्य भयो ।

काठमाण्डौ धेरै जाडो थियो हङकङभन्दा । विहानभरी झण्डै झण्डै ��"छयानमै होईन्थ्यो । ताप्लेजुङबाट माईला दाईको छोरा सुरज काठमाण्डौमा पढ्न आएको र विदा परेकोले मेरो आगमन थाहा पाएर भेट भयो । उ विछट्टै सकसक गर्नेरहेछ । म सँग २ हप्ता संगै वस्ने भनेको एकदिन मात्र वस्यो । उ त ताप्लेजुङ घर जाने भयो । उ मलाई भेट्न होप कलेज सात दोबाटोमा चावेलबाट माईक्रोमा आएर उत्रेको मात्रै थियो- उसको जेव्रा झोला माईक्रोमै छोडेछ । भोक लागेर खाजा खाउ भनेर ठिक परेको त गाडि पछ्याउदै नखिपोट गाडि स्टयाण्डतिर हानिनुपर्यो । म त्यति नहिडेको उ चाही एकदुई पल्ट हिडेको भएपनि होप कलेज हिडेर अंध्यारोमै आईयो । त्यो वेला रातिको ७ वजेको हुंदोहो । फेरी लोड सेडिङ भैरहेकोथ्यो ।

मेरो काठमाण्डौमा धेरै साथीहरूसँग भेट भयो । पहिले कलेजको मित्र राम थेवे जो सेकेण्डरी स्कुल भत्केको पुलमा चलाउदै हुनुहुन्छ । उहाँको स्कुल भिजिट गरियो । राजेश थेगुवा लिम्बू पनि एउटा कलेजको साथै त्यहाँ पनि पढाउनुहुदोरहेछ । उहांसँग पनि भेट भयो । तर गणेशमान भनिने गणेश जिमीसँग चाही भेट हुन सकेन । यी साथीहरूसँग महेन्द्र क्याम्पस धरानमा आईएबाटनै संगै पढ्दै डिग्री काठमाण्डौमा संगै पढिएको थियो । सातदोबाटोमा हिड्दाहिड्दै हङकङका साथी नेपालमा गएर व्यापार व्यवसायमा राम्ररी जमेर लाग्नु भएको तेजेन्द्र कुरुङवाङजीसँग पनि भेट गरेर राजनिती र व्यापार व्यवसाय सम्वन्धमा भलाकुसारी गर्ने मौका मिल्यो ।

त्यस्तै प्राध्यापक डा.गोविन्द भट्टराई र भूपू सांसद तथा एमाले नेता विजय सुव्वालाई भेट गर्ने सोच भएतापनि समयले साथ दिएन । यद्धपी फोनमानै विद्यावारिधी अध्ययन र साहित्य सम्वन्धी गफ गरियो । लिम्बूवान सम्वन्धी चुम्लुङद्वारा आयोजित एक कार्यक्रमविच संघीय लिम्बूवान राज्य परिषदको अध्यक्ष सञ्जुहाङ पालुङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बूवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन, लेक्चर डम्वर चेम्जोङ, चुम्लुङ अध्यक्ष अर्जुन लिम्बू, महासचिव योगराज लिम्बू, चुम्लुङ भुपू अध्यक्ष मञ्जुल कुमार याकथुङवा, सभासद डम्वरध्वोज तुम्वाहाम्फे, सभासद पासाङ शेर्पा, लोकतान्त्रिक राष्ट्रिय पार्टीको के.कोषाध्यक्ष सुवास पालुङवा, लिम्बू विद्यार्थी के. अध्यक्ष तथा लेक्चर प्रेम येक्तेन आदिसँग भेट गर्ने अवसर मिली लिम्बूवानसम्वन्धी छलफल गर्ने मौका मिल्यो । श्रद्धेय ईमानसिङ चेमजोङको जन्म जयन्तीको अवसरमा उहाँको छोरा हाङसिङ चेम्जोङ लगायत चेम्जोङ परिवार लगायतहरूसँग भेट हुने मौका मिल्यो । विषेश अवसरमा जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष के.पी पालुङवा, मित्र प्राज्ञ अमर तुम्याहाङ, यमचन्द्र चेम्जोङ, गायक देवकुमार चौधरी आदिसँग पनि भेट गर्ने मौका मिल्यो । चौधरीजीकै माध्यमबाट केही पत्रकारहरूसँग भेट भो । उहाँहरूले हङगङेली साहित्यकारको नाताले हिमालयन टाईम्स, अन्नपूर्ण दैनिक, नागरिक दैनिक  लगायत धेरै पत्रिकाहरूमा मेरो कृति र साहित्यको बारेमा छपाउनुभयो । त्यस्तै पत्रकार तथा लेक्चर राज कुमार दिक्पालसँग पनि भेट हुने मौका मिल्यो । उहाँले पनि मेरो बारेमा अन्नपूर्ण दैनिकमा लेख निकालीदिनुभयो ।

एकदिन धनवीर र म किर्तीपुर गईयो विद्यावारिधीबारे वुझ्नको लागि । त्यहाँबाट चाल्नाखेलतिर मोडियौं । जहाँ ताप्लेजुङका एकजना मादेन साथीले जमिन भाडामा लिएर तरकारीखेती गरेका रहेछन् । त्यहाँ पुगेर घुमफिर गरेर मूलासाग सहित दिएका थिए -लिएर आयौं । त्यहाँबाट फर्किने क्रममा चोभारको गल्छीडोबाट (पहिले पक्की पुल थिएन अहिले वनाएको रहेछ) सैवु भैंसेपाटी तिर हानिदै खोकना, वुङमती, चम्पी हुँदै फर्केर भैसेपाटी झरेर नक्खुखोलातिर लागियो । जहां अर्को जना ताप्लेजुङका मादेनको सुगुर र्फम हुँदै केही साग र मकै त्यहाँ पनि दिएकोले लिएर फर्कियौं । उहाँ साईनोले धनवीरको मामा पर्नुहुन्थ्यो । घरमा आएर मज्जाले मूलाको सागसँग मकै भटमास कर्र्याम कर्र्याम खाईयो । खाएपछि आफुलाई निकै शक्ति उत्पन्न भएजस्तो लाग्यो । हङकङमा यी खानाहरू खान नपाईने हुँदा खान पाउँदा प्रफुल्ल भईयो ।

काठमाण्डौमा घुमिएका अन्य ठाउँहरूमा गोकर्ण ऐतिहासिक गाउँ पनि थियो । जुन गाउँ सानो थुम्के डाडामा रहेछ । इतिहास अनुसारको किरात राजाको दरवार क्षेत्र त्यताकतै भएजस्तो लाग्यो । थानकोट, वुङमती, पाटन, चावेल आदिक्षेत्र किरातकालिन दरवारक्षेत्र मानिन्छन् । सुन्दरीजल नयांपाटीतिर केही नेताहरूले ठुलो क्षेत्रमा फुलको खेती गरेको पाईयो । काठमाण्डौको धेरै ठाउँहरूमा अहिले तरकारी खेती गर्न थालेका रहेछन् । प्लटिङमा शेर वहादुर देउवा लगायतका नेताहरूको  पनि संलग्नता रहेछ । ठाउँठाउँमा हाउजिङ स्टेटहरू पनि सञ्चालित रहेछन् । तिनकुनेदेखि भक्तपुरको ६ लेनको भनिने बाटोले हल्का विदेशको सम्झना गराउँदो रहेछ । सरकारी भन्दा प्राईभेट क्षेत्रले विकास धेरै गरेको पाईयो ।

यसरी घुम्दा हरसमय धनवीरजी र म हुन्थ्यौं भने वेलावेला जेठान मान थलङ पनि हुन्थे । जेठान दाईसँग पहिलो पहिलो भेट भएतापनि उहां पनि फर्साईलो रमाईलो हुनुहुँदोरहेछ ।

विषेश मेरो भिजिट धरान विर्तामोड हुँदै ताप्लेजुङ पुग्नुपनि थियो । लिरामो संगठन विस्तार र आमा तथा दाजु दिदी र आफन्त साथीहरूसँगको भेट पनि रहेको थियो । जहाजबाट जाऔं भन्दा सुकेटार हवाईमैदान विस्तारको काम सकिएको थिएन । यद्यपी फिदिमदेखि ताप्लेजुङको बाटोको पीच वनिसकेकोले त्यही बाटो सररर जाने रहर थियो । काठमाण्डौमा लिरामो समन्वय समिती गठन गरिसकेर लिम्बूवानतिर हानिन लागेको थियो । तर त्यही समयमा विभिन्न समुहरूको वन्दको कारण जान सकिएन । यता हङकङमा छोराको स्कूलमा अन्तर्वार्ताको समय पनि नजिक आएकोले उताको भ्रमणलाई छोटाएर म पून हङकङ फर्के जनवरी १० तारिख २०१२ मा । त्यसदिन हुस्सु वढी लागेकोले प्लेन डिले भएर ९:२० को उडान १०:३० पुरयाईयो । उक्त समयमा प्लेन चढियो । क्याप्टेनले सुरक्षा सम्वन्धी सवै जानकारी गराएर उडाउन तयार गर्यो । तर विस्तारै ग्यारेजतिर पुरयायो । अनी सानो प्राविधिक गडवडीभएकोले २० मीनेटमा उडिने जानकारी दिईयो । तर २ वजेसम्म केही भएन । संयोगवस मलेसियाबाट आएको अर्को जहाजमा सारियो । तव अघिल्लो प्लेनमा के हुन्थ्यो थाहा नपाए पनि सवैले वांचेको महशुस गरे। हामी सकुशल हङकङ अवतरण भयौं अनी हङकङे दिनचर्यालाई अगांल्न शुरु गरियो ।सेवारो ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Memoir / संस्मरण category

गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो
म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए
हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)
हङकङ, जीवन र भयभीतताको पराकाष्ठा
बन्दुक, बन्दना, जुवा र जुली
रोसीका हजार छाल
नीलगिरिको केरकार
कालु पाँडे हराएको खबर
मुक्तिनाथलाई स्वस्ति-स्वस्ति !
हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिंदाको प्रभावहरू)
चोखो प्रेमको अनन्त पिडा
मेरो वाउको गाउँ
प्यारी संगीनीको अन्तिम जीवन यात्रा
हङकङबाट काठमाण्डौसम्म
फ्रान्कोनियाको मेट्रो
मेरील्याण्डका उडुस
घुम्दै जाँदा साथीसँग मुक्का हाना हान
हेल्सेको रेडियो

    Links
Column / स्तम्भ

    Random Pick
विश्व साहित्यलाई अनेका प्रकारका आन्दोलनले अघि बढाउँदै ल्याएको छ । यहाँको कला, दर्शन, चिन्तन सबैमा यही लागू हुन्छ । मैले काव्यिक आन्दोलनको परिचय (२०६१) मा आधुनिक कालका प्रमुख पाश्चात्य वाद र आन्दोलनको चर्चा गरेको छु, तिनको परिप्रेक्ष्यमा नयाँ इतिहास बोकेको नेपाली साहित्यमा आएका वाद र आन्दोलनको पनि चर्चा गरेको छु । नेपाली साहित्यका मोती मण्डलीदेखि रङ्गवादसम्ममा बितेको डेढ सय वर्षको इतिहासमा तीन दर्जन जति प्रमुख आन्दोलन जन्मिए ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
687805
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com