कति रेटें तार सारंगीको मादलुको तालमा बजेन
कति रचें गीतहरू संगीतको भाकै बुझिएन,
कति सुनें मुरली धुनहरू अर्थ बुझिएन
कति दुख्यो घाउहरू मलम लाउन सकिन,
बाल्न खोजें बक्तिहरू दियो भेट्न सकिएन
धेरै धाएं मन्दिरहरू पुज्ने देउता चिनीएन,
भगुवानको नाम लिएं दैवसंग जित्नै सकिएसन
हिड्न खोजें बाटोहरू काँडा तोड्न सकिएन,
टिप्न खोजें फुलहरू वशन्तमा फुल्नै सकेन
धेरै देखे सपनाहरू बिपनीमा भेट्न सकिन
कति भेटे इनारहरू प्यास मेरो कहिले मेटिएन
धेरै भेटे गोरेटाहरू आफु हिड्ने बाटै चिनिन
कति तरे सागरहरू यात्रा मेरो कहिले टुङ्गिएन
धेरै राखे चाहनाहरू पाउन मैले कहिले सकिन । |