Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : May 12, 2012 | Author : निर्भिक राई
Category : Memoir / संस्मरण | Views : 799 | Unrated

  
निर्भिक राई

२०३३ सालमा मेरो कविता 'एउटा पुजारीको सुझाव मन्दिरको देवीलाई' महाराजगन्ज Campus को मुख-पत्र 'अङ्कुर' मा उत्रिएको सबभन्दा पहिलो (ऐतिहासिक घटना) भएता पनि म पोक्किनँ । किनकि कविता पेस्ने सबै विद्यार्थीहरूको कविताहरू स्वतः त्यहाँ उत्रिएको थियो । २०४३ सालमा मेरो अर्को कविता 'मेरो हेराइको मतलब' हेटौडाबाट प्रकाशित प्रगतिशील साहित्यिक पत्रिका 'प्रयास' मा उत्रिँदा खुब रमाएँ । तर मेरो शब्दहरू बदल्दिएकोले त्यतिखेर म रिसाएँ पनि । अन्दाज २ दशकपछि एकै चोटि १३ फागुन २०६३ को 'राष्ट्रिय जनमञ्च' वर्ष ६ अङ्क ३० मा र १४ फागुन २०६३ को 'तरुण' मा 'मर्द मौसुफप्रति' भटाभट छापिँदा निकै हौसलाले उचालिएँ । 'राष्ट्रिय जनमञ्च' मा भन्दा 'तरुण' मा उत्रदा धेर स्वाद मानेँ । किनकि स्तरीय साप्ताहिक अखबारमध्ये 'तरुण' पनि एउटा हो भन्ने मेरो सोच छ । 'तरुण' म निकै रुचाउँछु ।

फ्याक्सबाट पठाएको रचना छाप्दैन भन्ने ज्ञान मलाई थिएन । एकै कविता 'गरिमा', 'मधुपर्क,' 'शारदा'मा ईमेल, फ्याक्स र हुलाक तीनै माध्यमबाट पेल्दैछु । प्रत्येक हप्ता एकै कविता 'कान्तिपुर', 'राजधानी', 'अन्नपूर्ण', 'जनधारणा', 'जनआस्था', 'जनादेश', 'घटना र विचार', 'तरुण', 'राष्ट्रिय जनमञ्च', 'छलफल', 'बुधबार' 'नेपाल समचारपत्र' 'जनमत' मा  ईमेल ठेल्दैछु । 'मर्द मौसुफप्रति' जस्तो राजालाई तीखो व्यङ्ग्यले घोचेको कविता छापिएको बुझ्दा लोकतन्त्र लागेको महसुस गरेँ । २० जेठ २०६४ मा तीन महिनाको शून्यता चिर्दै 'राष्ट्रिय जनमञ्च' मा 'शाही स्पष्टिकरण (इतिहास उधिन्ने हो भने) छापियो । राजा ज्ञानेन्द्रको पक्ष लिएर लेखिएको ठानी नछापिएला कि भन्ने शङ्का निवारण भएकोले निकै मक्ख परेँ । 'राष्ट्रिय जनमञ्च' पनि म रुचाउँछु । 'तरुण' को १३ असार २०६४ को अङ्क र ३१ असार २०६४ को 'राष्ट्रिय जनमञ्च' मा 'इन्द्रविनाको नेपाल' उत्रियो । म खुसीमा बाँचे । तर यस्तो गणतान्त्रिक कविता समेत एमाले 'कम्यूनिष्ट' सर्मथक पत्रिकाहरू 'छलफल' 'बुधवार' ले नछापेको देख्दा मलाई बिस्मात लाग्यो । त्यसपछि ती दुवैमा कविता पठाउन त्यागेँ ।

आफूलाई नराम्रो लागेको (अरुको कविताहरू) उत्रिएको देख्दा आफ्नो कविता छापिएको मजा हराउँछ । "त्यस्तो ढङ्गको कविता कसरी लेख्ने वा लेख्न सके पो मैले पनि" भन्ने खालको (डाहलाग्दो र प्रेरणीय) अरुको कविताहरू छापिए पो आफ्नो छापिएकोमा पनि पोक्किएको सार्थक हुन्छ । जसरी अरुको कविता छापिएकोमा म असन्तुष्ट र असहमत हुँदै नाक चेप्र्याउछु त्यसरी नै मेरो कविताहरू छापिएको देख्दा अरुले पक्कै त्यसै गर्छ । आफ्नो मात्र राम्रो र उचित लाग्ने मानव स्वभावै घटिया छ ।

आशा टुट्ने बेलामा २० असार २०६४ को 'घटना र विचार' मा 'प्रसवपीडा भोगिरहेको मुलुक' (देश सङ्कटकालबाट गुज्रिरहेको) उत्रिएको पाउँदा ��"धी रमाएँ र मेरो आत्मविश्वास उक्सियो । किनकि साप्ताहिक खबरपत्रिका मध्येमा बेसी मैले रुचाउने नै त्यो छ । त्यसको समचार लेखन र विश्लेषण निकै घतलाग्दो, केही निष्पक्ष र विश्वासिलो लाग्छ साथै स्तरीय खबरपत्रिकामा त्यो पनि पर्ने मेरो धारणा छ । त्यसले गिरिजाविरोधी ढााचाले समाचार विश्लेषण गर्ने भएकोले पो मैले रुचाएको हो कि ? तर त्यसलाई सन्तुलित गरी मैले पिउने गरेको छु । समसामयिक भएर पनि त्यो कविता छापिएको होला ।

मैले २०६४ पुस १२ बाट कविताको २ वटा शीर्षक (एउटा पाखा र अर्को कोष्ठकले छेकेर) राख्ने चलन थालेँ । यो मेरो नयाँ थालनी हो र मेरो कविताको पहिचान होस् भन्ने मेरो चाहना छ । नयाँ कुरा थालेँ भनेर मक्ख परिरहँदा देवकोटाले दुइवटा कविता 'गैाडा पासना (अथवा यस अर्थ व्यङ्कटे युगको ध्वनि)' 'आर्यघाटतिर (विषादिका)' मा दुई वटा शीर्षक देख्दा खिस्रिक्क परेँ । तर उनले त्यसलाई निरन्तरता नदिएकोले त्यसको ��"चित्य भएन । मैले निरन्तरता दिनु सकेँ भने त्यसले मेरो आफ्नो पहिचान बन्न कर लाग्ने मेरो धृष्टता छ ।

दुवै शीर्षक कविताभित्रको हरफ सिधै (हुबहु) हुन नहुने, दुवै शीर्षकको अर्थ भरसक बेग्लै हुनु पर्ने र कम्तीमा २ शब्दको शीर्षक हुनु पर्ने मेरो मान्यता छ । त्यसो गर्नु भनेको शीर्षक जन्माउँदा निधार खुम्च्याई मिहिनेत गर्नु हो भन्ने मलाई लाग्छ । एक शब्द र कवितामा भएको हुबहु शब्द वा शब्दहरू क्रमशः शीर्षक राख्नु भनेको अल्छी काम वा सिर्जनशीलता टक्सिनु हो भन्ने मेरो मान्यता छ ।

 ९ साउन २०६४ 'घटना र विचार' मा 'पाउनुभन्दा सम्हाल्नु चुनौतीपूर्ण (क्रमवेलको दुगर्ति भोग्नबाट जोगिने) छापिंदा खुब सन्तोष लाग्यो । किनकि खबरपत्रिका भए पनि मैले शीर्षस्थ ठानेको पत्रिकामा मेरो कविता दोहोरिएर उत्रिएको थियो । तर शीर्षक फेरेर छापेकोमा भने मलाई खल्लो भयो । 'नौलो चुनौती' भनेर शीर्षक फेरेछ । यो शीर्षक बेठीक नभएको भए पनि निजत्वमा हस्तक्षेप भएकोले मलाई अन्याय भयो । सोही कविता १३ साउन २०६४ को 'राष्ट्रिय जनमञ्च' मा र ३ भदौ २०६४ को 'तरुण' मा छापिई Hattrick गर्यो । त्यसरी तीन वटा पत्रिकामा भटाभट एउटै कविता उत्रदा म रमाउने र उत्साहित हुनुको साटो बेमतलब भएको जस्तो हुन थालेँ । जे कुरा पनि धेरै भए पछि महत्व घट्ने कुरा मनोवैज्ञानिक प्रकृया नै हो ।

'विविधताको निम्ति हुर्केकाहरू (न्यूनतम प्राप्तिको कोसिस) ५ भदौ २०६४ को 'घटना र विचार' मा फ्याट्ट छापिएको पाउँदा खुब स्वाद पाएँ । तर शीर्षक 'प्रयास कम्सेकम' बदल्ने हस्तक्षेपकारी काम भएकोले मलाई खेद पनि साथै हुँदै थियो । म सिकारु कवि ठानेकोले यस्तो कार्य भएको ठान्छु । 'घटना र विचार' जस्तो मैले रुचाउने समचारप्रधान पत्रिकामा मेरो ३ वटा कविताहरू उतारिएकोमा र यस्तो दार्शनिक कविता पनि उतारिएकोमा मलाई छुट्टै सन्तोष थियो ।

'बौलाउन नडराउनु पर्ने मैले (एकोहोरिनु नै बौलाउनु)' जस्तो अराजनीतिक कविता १६ भदौ २०६४ को 'राष्ट्रिय जनमञ्च ३१ भदौ २०६४ को 'तरुण', ३१ भदौ २०६४ 'जनमत' 'गरिमा' साहित्यिक मासिकको कार्तिक अङ्कमा भकाभक उत्रियो । ४-४ ठाउँ त्यही कविता छापिँदा वाक्क पनि लाग्दो रहेछ । तर 'किन त्यसरी धेरै ठाउँमा छापियो त' भनेर मलाई सोच्न बाध्य पार्यो । धेरै वटा कारणहरूमध्ये महाकविको बारे लेखिएको हुँदा छापिएको एक प्रमुख कारण हुन सक्छ । महाकवि देवकोटाको भर्याङले ४-४ वटा पत्रिकाहरूमा म उक्लिएँ ।

छापिएको मेरो कविता मैयालाई देखाउँदा बाख्रीलाई कविता देखाएझै बेवास्ता गरी । २ वटा कविता देखाउँदा पनि तिनले बेवास्ता गरेपछि मैले देखाउन छाडेँ । कविताले पैसा फलाउँदैन भन्ने तिनलाई विश्वास भएकोले त्यसो गरी भन्ने मेरो सोच । तिनलाई साहित्यको महत्व थाहा छैन । मलाई विश्वास छ- पाठ्यक्रमको साहित्य बाहेक तिनले फाल्टो साहित्य पढेर रोमाञ्चित, दुःखी, साहसी वा व्याकुल हुनबाट तिनी वञ्चित छिन् । मेरो अनुमानमा तिनले अनुभूतिहरू कलमको चुच्चोबाट छाद्दै सन्च हुने र कसैलाई प्रेमपत्र कोर्दै बैंस मनाउने काम नगरेकीले तिनीलाई साहित्यप्रति रुचि जागेन ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Memoir / संस्मरण category

गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो
म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए
हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)
हङकङ, जीवन र भयभीतताको पराकाष्ठा
बन्दुक, बन्दना, जुवा र जुली
रोसीका हजार छाल
नीलगिरिको केरकार
कालु पाँडे हराएको खबर
मुक्तिनाथलाई स्वस्ति-स्वस्ति !
हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिंदाको प्रभावहरू)
चोखो प्रेमको अनन्त पिडा
मेरो वाउको गाउँ
प्यारी संगीनीको अन्तिम जीवन यात्रा
हङकङबाट काठमाण्डौसम्म
फ्रान्कोनियाको मेट्रो
मेरील्याण्डका उडुस
घुम्दै जाँदा साथीसँग मुक्का हाना हान
हेल्सेको रेडियो

    Links
Column / स्तम्भ

    Random Pick
टंक सम्बाहाम्फे हङकङमा एक लोकपृय तथा कृयाशील साहित्यकर्मी हुन् । उनी कवि मात्र होइनन् राम्रा गितकार पनि हुन् । उनको आफ्ना गीतहरूको दूईवटा गीति संगालो 'मनोभाव' र 'सार' बजारमा आईसकेका छन् । हङकङमा सम्बाहाम्फेले गरेका वैचारीक, साँस्कृतिक, राजनैतीक एबं सामाजिक प्रयत्नहरू नीकै महत्वपूर्ण छन्......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
687420
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com