Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : July 30, 2012 | Author : दीप्स शाह
Category : Review / समिक्षा | Views : 1538 | Rating :

  
दीप्स शाह

परदेशमा पसिना पोख्दै बन्दुकको शिरानीमा निदाउने केदार सङ्केत हरदम कलमलाई चुम्बन गर्छन् र उद्वेलित मनका सुस्केरा-सुसेली कागजको पानामा उतार्छन् साहित्यको सुवासिलो सिर्जना बनाएर ।उनको यही हुटहुटीको एकदमै ज्वलन्त उदाहरण हो । साहित्य फाँटमा शितल र सौम्य नाम सहित बजारमा आएको यात्रास्पर्शित मनहरूका भोगाइ अनी पाइलाहरूका डोब, 'यात्रास्पर्श' नियात्रा सँगालो उनै द्वारा सम्पादित। उसो त सिरानीमा बन्दुक घुसारेरै, काँधमा राइफल भिरेरै पनि शाब्दिक बम्बारी गर्ने यि साधकका अन्य कृतिहरू बजारमा छाइसकेको छ। तर पछील्लो समयमा उनको अथक् प्रयासबाट बाहिर आएको यात्रास्पर्शले केदार सङ्केतको साहित्यिक उचाइ ह्वात्तै माथि पुर्याएकोछ जहाँ घरदेश र परदेशका अनेक सर्जकलाई एउटै पुस्तकमा उभ्याएर साहित्योत्थानमा एक अहम काम उनिबाट सम्पन्न भएकोछ।

नेपाली निबन्ध फाँटमा एक अलग र उच्चस्थान ओगटिसक्नु भएका बरिष्ठ साहित्यकार युवराज नयाँघरे ज्युले भूमिका लेख्नुभएको यस् कृतिमा केदार सङकेतले अनेक मेहनत र खोज गरेकाछन् । नेपाली साहित्यलाई असल मानेमा माया गर्ने मनहरूको लहरमा अनेक केदारहरू जन्मिनुपर्छ ,यो पुस्तक पढिरहँदा यसै भनेर उदघोष गर्न मन्लाग्छ। जो साहित्यको उत्थानमा कोसेढुंगा बन्ने जमर्को गरेकाछन् र एक जिउँदोजाग्दो उदाहरण बनेका छन्। जसको हृदय काबुलको बालुवामा पनि नेपालको माटो खोजिरहन्छ । बेलायतकोचिल्लो सडकमापनी आफ्नै गाउँको भिरखोरिया सम्झिरहन्छ। केदार सङ्केत यस पुस्तकका आडमा यती स्तूत्य बनेका छन् कि पाठकले जोसिलो उदघोष गर्छ कि म पनि यस्तै केही गरुँ। युवराज नयाघरे ज्युको नियात्रे आँखाले मिहिन शल्यकृया गरिएको यस् संग्रहलाई साहित्य संगालो डट कम-बेलायतले प्रकाशन गरेको हो भने आवरण र आकृती विन्यासमा क्रमश: रमेश पौडेल र रमेश दाहाल रहेकाछन्।सत्र वटा पठनिय नियात्रा समेटिएको यो पुस्तक लुष प्रेसमा मुद्रण गरिएको हो भने यसको मुल्य नेपाल लगायत दक्षिण एसियामा रु १५० तथा अन्यतिर अमेरिकि डलर ४५ रहेकोछ।

मुलतस् यात्रास्पर्श नियात्रासँगालो नै हो। नेपाली साहित्यमा यात्रावर्णनलाई निकै पछी आएर मात्र महत्व दिनथालेको जस्तो देखिन्छ। उतिबेला घुम्नेले लेखेनन्। नघुम्नेले देखेनन्। थोरैले लेखे र कम्सेकम सुरुवात भने भएको थियो। तर आज समय त्यस्तो रहेन। प्रबिधी, यातायातको सुगमता, मान्छेजगतमा आकाशिँदो आकांक्षा र जिज्ञासा, अभाब र बाध्यता जस्ता अनेक अवस्थाको उपज मान्छे घुम्न डुल्न र अनेक तिर छरिन पुग्छन्। यसरी बिबिध कारणले छरिनेहरूको अनुभुतीको तिब्रता र अनुष्मरणका तरेलीहरू, भोगाइका फेहरिस्त र हृदयमा खोपिनपुगेका अनेक बिम्बहरूले आज धमाधम यात्रा वर्णनको रुप धारण गरिरहेकोछ। यस्तो लाग्छ अबको केही समय नेपाली साहित्यमा यात्रास्पर्शमय हुनेछ। र निक्कै उर्बर साबित हुनेछ।

यात्रास्पर्श यस्तै एक महत्वपूर्ण कृति हो। घरदेश र परदेशका गरी १७ नियात्राकारहरूलाई समेट्दा यात्रास्पर्शले १८६ पेजमा आफुलाई फैलाएकोछ।नियात्राकार जगत नबोदित, शर्मिला खड्का दाहाल र ज्ञानेन्द्र बिवशज्युले नेपालको सेरोफेरोमा पाठकलाई अनेक अनुभुतीका घुम्तीमा डोर्याउनुहुन्छ भने हेमन्त परदेशी जी आफ्ना बिगत केलाउँदै अनुभुतीक डोब सुम्सुम्याउनुहुन्छ।

नियात्रा लेखनमा भर्खर होमिएका सर्जकहरू हरी मानन्धर, दीप्स शाह र उमा सुबेदीले मध्यपूर्बी सुन्दर मुलुक इजरायलको अदभुत ��"डारमा पसाउँदै कलात्मक बगैँचा डुलाएर भूमध्यसागरको छालमा उचाल्दै पछार्दै गर्नुहुन्छ। जया राइ जी जहाजे यात्राका अनेक तरेलीमा सबैलाई लट्ठ्याउनुहुन्छ भने इल्या भट्टराई जी ग्रिनविचको शुन्य समयसँग साक्षात्कार गराउनुहुन्छ। त्यसैगरि कृष्ण बजगाइँ जीले चिनिया कविका घरमा माछा मारेर सबैलाई मनोरञ्जन मात्र दिनुहुन्न कबी लेखक राष्ट्रका गहना हुन् भने तिनलाई दिने सम्मान कस्तो हुनुपर्छ भनेर घतिलो उदाहरण दिनुहुन्छ। भिष्म उप्रेती ज्यु बुर्का भित्रका अनुहार र तिनका हृदयमा अंकुरित अनन्त भाब, स्वपहिचानप्रतिको सजगता आदिआदी सहित भिन्न भुगोल र रस्तिबस्तीमा पाठकलाई डुलाउनुहुन्छ। यसैगरी सानु शर्मा, श्रीओम रोदन, युवराज नयाँघरे, विश्वाशदिप तिगेला ज्युले पनि बेलायत, सिड्नी, अमेरिकाका अलगलग जीवनपद्धती, रहन सहन सङ्गै डुलाईका अनेक मनमोहक अनुभुतीहरू नियात्राको रुपमा पेश गर्नुहुन्छ र ति सप्पैको एक सोलोडोलो सँगालो हो यात्रास्पर्श।

यात्रास्पर्श अनेक हिसाबले अलग छ र बिशेष छ। भिन्न भुगोलका अनेक पक्ष एकै पुस्तकमा अलंक्रित हुनुले यसको गरिमा बढाएको छ भन्न सकिन्छ। घुम्नेको सादा अनुभुती एकोहोरो मनोलाप हुनसक्ला तर यात्रास्पर्श हुन सक्दैन। अनुभुतीका अनेक दृष्य र बिम्ब, भोगाइका अनन्त फेहरिस्तलाई सरल तरल र कलात्मक व्याख्या गरिनुपर्छ र त्यही सर्त यसमा अंकित सबै नियात्राले आफुमा लागुगरेको छ। घुम्दैगर्दा, कामको शिल्शिलामा कतै बत्तिंदैगर्दा, बिरक्ती पल काट्न कतै सुस्ताउँदै गर्दा परदेश भासिएकाले नेपाल सम्झन्छन्। तुलना गर्छन् र दुख्छन् भक्कानिन्छन् तिनै अनुभुतिका तिब्रता यात्रास्पर्शले पर्गेलेको छ। आफ्नो माटोमा निर्धक्क पाइला डोर्याउँदा, जीवनबंचाइका क्रममा समय संगै उम्किएर एक

मिठो स्मृति बनेर रहेका घुमाइसङका घटनाहरू केलाएर सर्लक्क ति अनुभब अनुभुतीको बिस्कुन लगाइएकोछ यही एउटा पुस्तकमा। उसोर यात्रासाहित्यमा उम्दा सिर्जना दिइसक्नुभएका देखी शिशु सर्जकहरूको एकैथलोमा अदभूत जमघट पनि गराएकोछ यात्रास्पर्शले। यस हिसाबले पनि यात्रासाहित्यमा रुची र चिन्ता गर्नुहुने सबै अग्रज,सर्जक तथा पाठकहरूले एकपटक 'यात्रास्पर्श' छिचोल्नैपर्छ जहाँ नेपाली डाडाकाँडाको तरेली छ। इजरायलको अनेक दृष्यवर्णन र रस्तिबस्तिको जानकारीछ। अस्ट्रेलियाको बिकशित् सभ्यता छ। बेलायतको सम्पन्नता छ र अमेरिकाको भब्यता छ। अनी छ इटलिको पेरोनी दुबइको लर्बर पनि !

यात्रा साहित्यलाई मायागर्ने र माथि उठाउन चाहनुहुने सबै पाठकले यो पुस्तक एकपटक पढेर यसमा रहेबसेका त्रुटी र कमजोरी पहिल्याइ हौसला सुझाब र शुभकामना दिएर नियात्रालेख्ने हरूलाई र नियात्रामा आफुलाई हरदम समाहित गर्न रुचाउने साधक केदार सङ्केत जी लाई बधाई तथा शुभकामना दिन पनि सम्पूर्ण पाठकहरू समक्ष मेरो हार्दिक निबेदन रह्यो।

जीवन यात्रा हो अनी यात्रा जीवन। यि दुइबिचका बुझाई र अभिब्यक्तीले पाउने मानक स्थान र आँकडाका रुचिपूर्ण नालिबेलीमा आफुलाई सामेल गराउन हरएक पाठकले एकपटक 'यात्रास्पर्श' पढ्नै पर्ने मेरो जिकिर र ठहर छ।

 

इजरायल




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
भूपी तिमी गएपछि
तिम्रो शहरमा तितौरा, वट्टाई र राँगो निक्कै महँगो भएको त
सम्झाई राख्नु नपर्ला
आउने जानेहरूले अवगत गराएकै होलान्
नव मानवहरूले वर्खामासको गोरू झैं महला लाएर शहर घुमेको पनि
सम्झाई रहनु नपर्ला......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
924316
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com